# भर्खरै
Namaste Icon
Ad

१८ औं राष्ट्रिय कफी दिवस नुवाकोटमा मनाइँदै

१८ औं राष्ट्रिय कफी दिवस  नुवाकोटमा मनाइँदै

काठमाडौं । ‘व्यावसायिक कफी खेतीमा जोड, गुणस्तरीय उत्पादन हाम्रो अठोट’ मुल नाराका साथ १८ औं राष्ट्रिय कफी दिवस मनाइँदै छ । यो दिवस यसपटक नुवाकोटमा मनाउन लागिएको छ । प्रत्येक वर्षको मंसिर १ गते मनाउने कफी दिवस चुनावको आचारसहिंताका कारण तोकिएको समयमा मनाउन सकिएको थिएन । त्यही दिवसलाई मंसिर १६ गते मनाउन लागिएको राष्ट्रिय चिया कफी विकास बोर्डले जनाएको छ ।

विश्वभर लोकप्रिय पेय पदार्थको रुपमा रहेको कफीको इतिहास नेपालमा लगभग ८४ वर्ष पुरानो छ । स्पेसियालिटी कफीको रूपमा नाम कमाइसकेको नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको माग आन्तरिक बजारमा पनि व्यापक वृद्धि भएको देखिन्छ ।

बोर्डका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १० करोड ६७ लाख बराबरको १९८.७ मेट्रिक टन कफी आयात हुँदा नौ करोड ६० लाख बराबरको ७२.४८ मेट्रिकटन कफी विदेश निर्यात भएको थियो । भन्सार विभागको आर्थिक वर्ष २०७८/०७९ को तथ्याङ्क अनुसार १२ करोड ७६ लाख बराबरको २७९.८ मेट्रिक टन कफी नेपालमा आयात हुँदा ११ करोड ७० लाख रूपैयाँ बराबरको ६९.५ मेट्रिक टन मात्रै कफी निर्यात भएको छ ।


आर्थिक वर्ष २०७८/७९ मा नेपालभर ३५५ मेट्रिक टन ग्रीन वीन कफी उत्पादन भएको छ भने कुल उत्पादनको झन्डै २० प्रतिशत कफी विदेश निर्यात भएको देखिन्छ । नेपाली कफीले अन्तराष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त गर्दै आएको बार्डका कार्यकारी निर्देशक डा.विष्णु प्रसाद भट्टराईले बताए ।

अन्तर्राष्ट्रिय कफी संगठनको विशेष सहयोगमा बोर्डले सञ्चालन गरेको अनुगमनबाट आन्तरिक बजारमा प्रत्येक वर्ष न्यूनतम् दुई हजार १६० मेट्रिक टन भन्दा बढी कफी खपत भइरहेको छ

सम्बन्धित समाचारहरु

बुढा दम्पतीकाे सन्देश - ‘काम सानो ठूलो हुँदैन’

बुढा दम्पतीकाे सन्देश - ‘काम सानो ठूलो हुँदैन’

सुर्खेत । बिहानै झिसमिसेमै पर्शुराम र श्रीमती धर्मा बुढा तरकारी बारीमा पुग्छन् । तरकारी बारीमा उम्रिएको झार उखेल्दै तरकारी गोडमेल गर्न बुढा दम्पतीलाई भ्याइनभ्याइ हुन्छ । बिक्रीका लागि योग्य भएको तरकारी टिपेर बजार लैजाने तयारी गर्छन् । बिक्री गर्न मिल्ने तरकारी टिपेर बोरामा राख्ने र खाना खाइसकेपछि तरकारी बिक्रीका लागि बजारतिर लाग्नु बुढा दम्पतीको दिनचर्या हो ।

कागेश्वरी मनोहरा २ आलापोटमा खुल्याे हरहर महादेव कृषि केन्द्र

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषि केन्द्रको शुभारम्भ भएको छ । सदस्य उद्यमशिलता कार्यक्रम अन्र्तगत उक्त परियोजनाको उद्घाटन नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गरे । हरहर महादेव साकोस (सहकारी संस्था) को भागिनी संस्थाको रुपमा रहेको हरहर महादेव कृषि केन्द्रको उद्घाटन नगरपालिकाका नगर प्रमुख कार्कीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad