# भर्खरै
Namaste Icon
Ad

सरकारविरुद्ध आन्दोलनमा नाडा

सरकारविरुद्ध आन्दोलनमा नाडा

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । ८ महिनादेखि कार, जिप, भ्यानको आयात रोकी सरकारले एलसीमा समेत ५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गर्दै अटो व्यवसायलाई नै धराशायी बनाउन रोल खेलेको भन्दै नाडा आन्दोलित हुन पुगेको हो ।

नाडाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा मंसिर २२ गतेसम्म शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ । ५ दिनसम्म कालो व्यानरमा विरोधका नारा प्रदर्शन गर्ने र छैटौं दिनमा मंसिर २२ गते तीन घण्टा ११–२ बजेसम्म शान्तिपूर्ण र्यालीसहित धर्ना कार्यक्रम गर्ने नाडाले जनाएको छ । यति गर्दा पनि सरकारले माग सुनुवाइ नगरे आन्दोलनको अर्को चरणमा जाने अध्यक्ष ध्रुव थापाले बताए । खासगरी गत वैशाखदेखि प्रतिबन्धित कार, जिप भ्यान लगायत १५० सिसि इन्जिन क्षमता माथिका मोटरसाइकलको आयात फुकुवा गर्नुपर्ने, नगद एलसी मार्जिनको व्यवस्था खारेज गर्नुपर्ने, चालू पुँजी कर्जालाई पुनर्विचार गर्नुपर्ने र बैंकिङ ब्याजदरलाई नियन्त्रण गर्नुपर्ने नाडाको माग छ।


सोही कार्यक्रममार्फत नाडाले सरकारको व्यवसाय अमैत्रीका कारण अटो व्यवसायीहरु व्यवसायबाटै पलायन हुन पुगेको बताएको छ । ८ महिनामा ५८ वटा अटो डिलर, शोरुमहरु बन्द हुन पुगेको र प्रत्यक्ष परोक्ष रुपमा ३० हजार व्यवसायी कर्मचारी प्रभावित हुन पुगेको नाडाको भनाइ छ । थप एकसय अटोमोबाइल्स डिलरहरु बन्द हुने क्रममा रहेको नाडाका अध्यक्ष ध्रुव थापाले बताए ।

सम्बन्धित समाचारहरु

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Ad