# भर्खरै
Namaste Icon
Ad

मार्केटिङको काम गर्दा गर्दै ढोका व्यवसायी बने हुमनाथ पोख्रेल

मार्केटिङको काम गर्दा गर्दै ढोका व्यवसायी बने हुमनाथ पोख्रेल
हुमनाथ पोख्रेल, सञ्चालक एच पि ट्रेडस – न्युरोड पोखरा

विगत १२ वर्ष देखि ढोकाको व्यवसायमा लागेका हुमनाथ पोख्रेल पोखराका सफल ढोक व्यवसायी हुन् । उनी पोखरा तथा आसपासका क्षेत्रहरुमा एच पि ट्रेडसमार्फत ढोकाको बिक्रि वितरण गर्दै आएका छन् । सुरुमा अरुको पसलमा मार्केटिङको काम गरेका उनी हाल पोखराकै सफल ढोका व्यवसायीमा पर्छन । नेपाली ढोका उत्पादन गर्दै आएको टिम्बर क्राफ्टका ढोकाहरुको आधिकारिक डिलरको रुपमा पनि उनले काम गर्दै आएका छन् । नेपाली ढोकाको बजारको बिषयमा गरिएको कुराकानीको सम्पादित अंशः

 

तपाईले कहिलेदेखि ढोकाको व्यापार थाल्नु भयो ?

विगत १२ वर्ष देखि ढोकाको व्यवसायमा लागेका हुँ । म सुरुवातमा मार्केटिङ गर्न लाई अर्काको कम्पनीमा जब गर्थे पछि गएर आजभन्दा ८ वर्ष अगाडि देखि आफैंले व्यावसाय थाले । सिक्ने आधारको रुपमा मार्केटिङले राम्रो काम गरेको छ ।

टिम्बर क्राफ्टको ढोकाहरु कहिले देखि बेच्दै आउनु भयो ?

मैले टिम्बर क्राफ्टको कम्पनीले उत्पादन सुरु गरेकै दिनदेखि बेच्दै आएको छु । यसभन्दा अगाडि पनि भारतबाट मेसोनाईट कम्पनीको कच्चापदार्थ प्रयोग भएको ढोका आउथे । पछि नेपालमै टिम्बर क्राफ्टले उत्पादन थालेपछि भारतबाट भन्दा पनि नेपालमै उत्पादन भएको ढोका बेच्न थालियो ।  भारतबाट ल्याएर बेच्दा महंगो पनि पर्ने हुनाले नेपालमै उत्पादन हुँदा सस्तो तथा धेरै कुराले सजिलो भएको छ ।

 

सुरुवाती दिनको व्यापार र हालको व्यापारमा के कस्तो फरक पाउनु भएको छ ?

सवैभन्दा पहिलो कुरो त के छ भने, रेडिमेट भनेपछि ग्राहकले आफूले केहि गर्न नपरोश भन्ने चाहाना राख्छन, टिकाउ चाहिएन तर राम्रो चाहियो भन्ने थियो । पहिला पहिला ढोका आर्कषक भए ग्राहक खुसि हुन्थे । पछि विस्तार विस्तारै ढोकाहरुमा समस्या आउन थालेपछि ग्राहको रोजाई पनि फेरिएको छ । अहिले त ढोका एकछिनलाई मात्र राम्रो होईन टिकाउ पनि हुनपर्छ भन्ने ग्राहकहरुको मान्यता छ । ढोका गुणस्तरीय हुनुका साँथै भोलीका दिनमा मर्मत पनि गर्न सकिने सहजै पहुँच पुग्ने खालको ढोका प्रति ग्राहकको रुचि छ ।

सुरु सुरुमा त टिम्बर क्राफ्टको ढोका वेच्नलाई ठुलो समस्या थियो । ग्राहकलाई विश्वास दिलाउनै गाह्रो थियो । तर अहिले ग्राहकले विश्वास गरेका छन । रेडिमेड ढोकाहरुको आधारमा भन्ने हो भने अहिले त घाम र पानी पर्ने ठाँउमा टिम्बर क्राफ्टका ढोकाको विकल्प नै छैन भनेर भन्न सकिन्छ । ग्राहकहरु पनि धेरै सन्तुष्ट हुनुहुन्छ । टिम्बर क्राफ्ट नै चाहियो भनेर आउने दैनिक ग्राहक धेरै छन ।

टिम्बर क्राफ्टका ढोकाहरुमा गुनासो चाँहि कतिको आउछ ?

गुनासो नै नआउने भन्ने त होइन, गुनासो नै नआउने भन्ने त के मा छ र ? सयमा ५ प्रतिशत गुनासो आउनुलाई नराम्रो मान्न सकिदैन । भैपरि आएका समस्यालाई कम्पनीले सहज तरिकाले उत्तदायि भएर सम्बोधन गर्दै आएको कारण ग्राहको विश्वास झन बढेको छ । समस्या आएमा ग्राहकलाई मार नपर्ने गरि समाधानको लागि प्रयास गरिराखेका छौं ।

 

मासिक कति ढोका बेच्नु हुन्छ ?

ढोकाको लागि पोखरामा त्यति धेरै ठुलो बजार त छैन । तर न्युनतम भन्नुपर्दा  मासिक ४ सय भन्दा बढि ढोका टिम्बर क्राफ्ट कै बेच्ने गरेको छु । सवै गरेर ६÷७ सय ढोका विक्रि गर्ने गरेको छु । टिम्बर क्राफ्टले ढोका उत्पादनको भोलुम बढाएमा बजार विस्तार भएमा महिनाको ७÷८ सय भन्दा बढि ढोका बेच्न र ग्राहलाई सन्तुष्ट पार्न ठुलो कुरो छैन ।

 

ढोकाको व्यापार गर्नुभन्दा अगाडि के गर्नुहुन्थ्यो ?

म सुरुवातमा कोकाकोला कम्पनीमा मार्केटिङ गर्थे । त्यहिं मार्केटिङ गरेको भएर ढोका व्यापार मै छिरे । कलेज पढ्दा पार्ट टाइम जब गरौं भनि गर्दा गर्दै मार्केटिङ लाईनमा लागियो । यस लाईनमा भविष्य देखेर यसमै सक्रिय छु । परिवारबाट त्यस्तो कुनै दबाब त थिएन । आफ्नै इच्छा अनुसार यसमा लागे । म कृषकको छोरा हुँ, मलाई गाँउ घर राम्रो सँग थाहा पनि । मेरो परिवारबाट यस क्षेत्रमा मलाई पूर्ण सहयोग छ ।

 

टिम्बर क्राफ्टले के कस्ता सेवा सुविधा (सहुलियत) दिइरहेको छ ?

कम्पनीसँग त्यति धेरै अपेक्षा त छैन, कम्पनीले के दियो भन्नु भन्दा पनि कम्पनीलाई के दिन सकियो भन्ने नि मुख्य कुरा हो । मेरो त्यति ठुलो अपेक्षा छैन । यो सहकार्य दोहोरै हुन्छ ।

 

अन्तमा के भन्नु हुन्छ ?

सवैभन्दा पहिला त टिम्बर क्राफ्टको स्किन बाहिरबाट आउने भएकोले ढोका उत्पादन त्यति सहज नहोला तर निरन्तर ग्राहको रोजाई अनुसार साईज व्यवस्थापन गर्न सके राम्रो हुन्थ्यो । त्यस्तै ग्राहकहरुलाई के भन्छु भने, घर भनेको जीवनमा एकपल्ट बनाउने हो त्यसकारण वरपर वुझेर ढोका खरिद गर्नुहोला ।

सम्बन्धित समाचारहरु

रानिबासमा कांग्रेस एक्लै चुनाव लड्छ : डिलबहादुर रोकाय

नेपाली कांग्रेस चिङ्गाड गाउँपालिका वडा न २ का पूर्वपार्टी सचिव तथा तरुणदल जिल्ला कार्यसमिति सुर्खेतका सदस्य डिल बहादुर रोकायले चिङाडमा बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस कुनै पार्टीसँग गठबन्धन नगर्ने बताएका छन् । नेपाली कांग्रेसलाई निर्वाचनमा पराजित हुन्छु, कि भन्ने त्रास भए रानिबासबाट नेपाली कांग्रेसको नेतृत्व लिन आफु तयार रहेको बताए । पार्टी भित्रको आन्तरिक द्वन्द ६०÷४० को भागबण्डाको अन्त्य गर्नुपर्ने अधिबेसन लाई लिएर पार्टी भित्र रहेको तिक्ततालाई अन्त्य गरि पार्टी भित्र अन्तरघात गर्नेलाई कडा कारबाही गर्ने गरि सबैलाई समेटेर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए । युवा नेता डिलबहादुर रोकायसँग दर्पण दैनिक सुर्खेतका पत्रकार खगेन्द्र हमालले गरेको कुराकानी ः

नेपालमै उत्पादित ढोका बेच्न पाउँदा आफैंलाई भाग्यमानी ठान्छु  : आर्यन भट्ट

कुनै समय अरुको पसलमा मार्केटिङ तथा एकाउन्टको काम गर्ने धनगढीका आर्यन भट्ट अहिले धनगढीका सफल हार्डवेयर तथा नेपाली ढोका व्यवसायी बनेका छन् । कुनै समय काठमाडौंमा पढ्दै गर्दा उनले घरखर्च र आफ्नो पढाइ खर्च ठार्न कै लागि तीन सिफ्ट (विहान, वेलुका र दिउसो) गरि काम गर्थे । तीन सिफ्ट काम गरेर पनि काठमाडौंमा सम्भावना र भविष्य नदेखेपछि उनी धनगढी नै फर्किए । धनगढी फर्किएरपछि उनको जीवकाे टर्निङ प्वाइनट बन्यो डां मोहन साउदसँगको भेट । डां मोहन साउदसँगको भेटपछि आर्यन भट्टको जीवनले अर्कै मोड लियो । खासमा कुरो मेकिलसँग सम्बन्धीत थिएन । कुरो त नेपालमै उत्पादन हुँदै आएको टिम्बर क्राफ्टका स्किन ढोकासँग सम्बन्धित थियो । डां साउदले टिम्बर क्राफ्टसँग गराईदिएको कनेक्सनले नै आर्यन आर्यन भट्ट अहिले टिम्बर क्राफ्टको आधिकारिक डिलर भएर धनगढीबाट सुदुरपश्चिम भर ढोका बेचिरहेका छन् । उनले आज भन्दा ४ बर्ष अगाडि कैलालीको धनगढीमा राजधानी ट्रेड सप्लायर्स खोलेर व्यापार थालेका थिए । उनले सो कामको थालनी टिम्बर क्राफ्टले उत्पादन गरेका ५२ स्किन ढोकाबाटै गरेका थिए । प्रस्तुत छ – हाल बर्षमा झण्डै २ हजार ढोका बेच्दै आएका आर्यन भट्टसँग गरिएको कुराकानीको सम्पादित अंशः

प्रतिक्रिया दिनुहोस