Namaste Icon
Ad

माधव नेपाललाई महानायक भनेकाेमा पछुतो लागेकाे छ

माधव नेपाललाई महानायक भनेकाेमा पछुतो लागेकाे छ
रामप्रसाद रिजाल

रामप्रसाद रिजाल । मैलै हिजो नेकपामा हुँदा र पछि एमालेमा पनि कमरेड माधवकुमार नेपाललाई संचार माध्यम र अनलाईन मिडिया मार्फत मैले महानायक भनेकोमा सो मेरो बोली वा शब्द फिर्ता लिन बाध्य भएको छु । किनभने नेता नेपालले एमाले फुटाउनु भयो आफ्नै पार्टी केपी शर्मा ओली नेतृत्व को सरकार ढालेर कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभयो । त्यति मात्र होइन प्रदेश सरकारमा पनि एमालेलाई हटाएर कांग्रेस-माओवादी फोरमलाई सरकारमा ल्याउने काम नेपालले गरे सूर्य चिन्हबाट प्राप्त जनमतलाई लिलाम गरेर सरकार को चाबी कांग्रेसलाई दिनुभयाे ।

त्यसकारण उहाँको पार्टी नेकपा एकिकृत समाजवादीबाट बनेका मन्त्रीहरू नेपाल भूमिलाई भारतले लुटिरहदा पनि मौन भएर भारतलाई भूमि लुटाउदै मन्त्रीले बोल्न मिल्दैन भनेर नेपालका कालापानी लिपुलेक र लिम्पियाधुरा लगाएत का भूमि हरू खुलेलाम भारतलाई सुम्पिरहेका छन्, त्यसकारण माधव नेपाल महानायक होइन खलनायक रहेछन ।

यो मुलुकको सार्वभौमसत्ता स्वतन्त्रता स्वाभिमान अखण्डता राष्ट्रीयता जस्ता राष्ट्रका महत्वपूर्ण तत्वहरू वा अंगहरुको रक्षा नेकपा एमाले र एमालेकै अध्यक्ष राजनेता केपी शर्मा ओलीले मात्र गर्न सक्ने ओलीलाई परामादेशको आदेशमा प्रधानमन्त्रीबाट हटाएपछि एक पछि अर्को राष्ट्रलाई संकट विपत्ति पर्दै गएको र विदेशी हस्तक्षेपले नेपालको अस्तित्व संकटमा परेकोले म राजनेता ओली ज्यूलाई नेपाल र नेपाली नागरिकलाई बचाउनुहोस भन्दै नेपाल र यो देशको भूमि विदेशी लाई प्रयोग गर्न बाट रोक्नुहोस भन्दै हार्दिक अपील गर्दछु ।

यो देशको महानायक केपी शर्मा ओली हुन् मैले माधव नेपाललाई महानायक भनेकोमा मलाई उनको व्यवहारले गर्दा अहिले महानायक किन भनेकाे रहेछु ? किन संचार माध्यममा लेखे बोले भनेर पछुतो लाग्यो र रातभरि सुत्न सकिन र आज ओलीलाई महानायक भनेपछि र नेपाललाई खलनायक भनेपछि मेरो मन मेरो आत्मालाई शान्त भएको छ ।

(रिजाल एमालेका नेता हुन्)

सम्बन्धित समाचारहरु

गठबन्धनको हुकुमी चुनावी तालमेल : निरास छन् तलका कार्यकर्ता

रामबहादुर जिसी । स्थानीय निर्वाचनको समय नजिकिदै छ, दलहरु उमेदवार छनोटमा व्यस्त छन् । उमेदवारका आकांक्षीहरु आफ्नो पक्षमा निर्णय गराउन अन्तिम दवाव सिर्जना गर्दैछन् । यस पटकको निर्वाचन अलि फरक छ । हिजो स्वतस्फूर्त चुनावी तालमेल हुन्थ्यो, स्थानीय आवश्यकताका आधारमा दलहरु सहकार्य गर्दथे । आज त्यो अवस्था छैन । परमादेशबाट बनेको सरकार समर्थित दलहरु हुकुमी गठबन्धनको पक्षमा छन् र त्यही खालको निर्देशन दिइरहेका छन् । हुकुमी चुनावी तालमेलका कारण गठबन्धनमा रहेका दलका कार्यकर्ताहरुमा नैरास्यता छ । यस्तो पनि हुन्छ ? भन्दै उनीहरु भित्र भित्र मुर्मिरिएका छन्, हेरौला चुनावको दिन भन्दै कति तटस्थ बस्ने तयारी गर्दैछन् भने कति त पार्टी छोडेर निष्क्रिय हुने, अर्को पार्टीमा लागिरहेका छन् । जनताको चाहना, कार्यकर्ताको भावना भन्दा पनि मुख्य तीन ठुला नेताको जुंगा जोगाउनका लागि गठबन्धनले हुकुमी चुनावी तालमेललाई अनिवार्य ठानेको छ ।

समय परिवर्तनसँगै ढोकामा पनि नविनता : नेपालमै उत्पादित ढोका प्रयोग गरौं

एउटा सिंगो घर मात्र होइन घर । समग्र सामग्रीको संयोजन हो, घर । त्यसमा विविध निर्माण सामग्री, इन्टेरियर र आउटडोर डिजाइन, शैली आदि मुख्य पर्छ । त्यसभित्र पनि समयको माग र प्रविधिको विकाससँगै नवीन सामग्रीको प्रयोग स्वाभाविकै हो । यिनै प्रविधिको विकासले ढोकामा नवीनता थप्दै गएको देख्न सकिन्छ । हाल नेपाली बजार धेरै खालका रेडिमेड ढोकाहरु पाइन्छन । जसमा सवैभन्दा धेरै नेपालबाहिर बाट आयात हुदैं आएका छन् । मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक अर्वौंको काठ तथा काठजन्य सामग्री आयात हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस