# भर्खरै
Namaste Icon
Ad

'प्रचण्ड'को बेइमानी फेरि एकपटक उदांगियाे

'प्रचण्ड'को बेइमानी फेरि एकपटक उदांगियाे
रामप्रसाद रिजाल

रामप्रसाद रिजाल । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट फुटेर गएका नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा र एमाले फुटाउदा धेरैले भनेका थिए सत्ता र पदले छटपटिएका भनेर । राष्ट्र राष्ट्रीयता र संविधान जोगाउन नेकपा फुटाउनु परेको, एमाले फुटाउनु परेको प्रचण्ड र माधव नेपालहरूको तर्क थियो । प्रचण्ड र माधव नेपालको यो तर्क कसैले पत्ताएका थिएनन् । सबैले सत्ता र पद मोहको चरम नाटक हो भनेका थिए । प्रतिनिधि सभामा दर्ता भएर पनि छलफलको लागि टेवल हुन नसकेको अमेरिकी सहयोग सम्झौता 'एमसीसी'को विषय नँया देउवा नेतृत्वको गठबन्धन सरकार बनेपछि एकाएक उठ्यो । एमसीसी पास गर्ने पत्र अमेरिकालाई पठाएर माओवादी अध्यक्ष प्रचण्डले नियोजित रुपमा त्यसको विरोधमा पार्टीको कार्यकर्तालाई उचालेर आफ्नो पक्षमा जनमत बनाउन प्रयास गरे जब प्रचण्डले एमसीसी पास गर्ने याचना पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवासँग हस्ताक्षर गरेर पठाएको पत्र सार्वजनिक भएसँगै प्रचण्डको असली चरित्र नाङ्गियाे । प्रचण्डले गठबन्धन र सरकार जोगाउन सो पत्रमा हस्ताक्षर गर्नुपरेको भन्नै पर्यो ।

खुलेर सरकार र गठबंधन जोगाउन पत्रमा हस्ताक्षर गरेको बताउने प्रचण्डले कार्यकर्तालाई एमसिसि राष्ट्रघाती हो भनेर उचाली रहे त्यसमा माधव नेपालले पनि एमसीसीको विरूद्धमा कार्यकर्ता उचाली रहे । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रचण्डले एमसीसी संसदबाट पास हुने हो भने गठबन्धन टुटाउने र सरकार छाड्ने धम्की पनि दिए । एकातिर आफै सरकारमा बसेर प्रतिनिधि सभामा एमसीसी सम्झौता सरकारको तर्फबाट टेवल गर्न लगाउने अर्को तिर बाहिर सडकमा कार्यकर्ता उचालेर तोडफोड गर्ने र प्रहरीलाई ढुङ्गा मुढा गर्न लगाउने काम प्रचण्ड र माधव नेपालले गरिरहे । प्रचण्ड र माकुनेको नाडी छामिसकेका प्रधानमन्त्री देउवाले प्रचण्ड र माधव नेपालको धम्कीबाट डराएनन् । प्रचण्ड र माधव नेपालको धम्कीको देउवाले वास्ता नै गरेनन् ।

प्रचण्ड र माधव नेपालले हानेको तीर देउवाले उनीहरू तिरै फर्काइदिए । एमसीसी पास नगर्ने हो भने गठबन्धन टुटाउने र माओवादी र एकीकृत समाजवादीका मन्त्रीलाई हटाउने धम्की देउवाले दिए । अन्तमा प्रचण्ड र माधव नेपालले दिने भए तातोपानी देउ नभए चिसै पानीले नुहाउने भन्नेमा पुगे । तातोपानी नपाए पछी प्रचण्ड र माधव नेपाल चिसै पानीमा नुहाउन तयार भए । प्रचण्ड माकुने हरू देउवाले भने जस्तै जस्ता को तस्तै एमसीसी पास गर्न तयार भए ।

एमसिसि सम्झौता राष्ट्रघाटी हो भनेर सडक भत्काउने सार्वजनिक देखि व्यक्तिगत संरचना तोडफोड गरेर दुनियाँलाई भ्रम छर्ने प्रचण्ड र माधवले अहिले संकल्प प्रस्ताव जारी गर्दै एमसीसी पास गर्ने ठाँउमा पुगे । जुन संसारलाई ढाट्ने प्रयत्न बाहेक होइन । प्रचण्ड र माधव र उनीहरूका कार्यकर्ता हरू सोचे जस्तो नेपाली जनता हरू अबुझ छैनन । नेपालको संसदले व्याख्यात्मक प्रस्ताव पारित गरेर MCC सम्झौंता परिवर्तन हुनेवाला छैन । यो देउवा प्रचण्ड र माकुने हरुले लाज ढाक्न ल्याएको पारदर्शी लुगा मात्र हो । पारदर्शी लुगा लगाएर लाज ढाक्न खोज्ने देउवा, प्रचण्ड र माधव नेपाल जनताका अगाडि नाङ्गै भएका छन ।

प्रचण्ड र माधव हरूको राष्ट्रवाद सत्ता जोगाउने र एमाले सिद्ध्याउने रणनीति भएको प्रमाणित भएको छ । तय एमाले होइन माओवादी र एकीकृत समाजवादी सिद्धिसकेको छ । जसको प्रमाण चुनावले दिने छ, भने कांग्रेस पनि निक्कै कमजोर भएको छ । एमाले प्रति देखिएको देशव्यापी जनलहरले एमालेलाई बहुमत मात्र होइन दुईतिहाई नै ल्याउन कुनै तागतले रोक्न सक्दैन । व्याख्यात्मक घोषणा लाई MCC बोर्डले ठाडै अस्वीकार गर्छ, किनभने MCC बोर्डले पहिले नै भनिसकेको छ कि यो सम्झौंता कुनै पनि हालतमा परिमार्जन हुदैन । यो देश र जनतालाई झुक्याउने देउवा प्रचण्ड र माधवको रणनीति मात्र हो । जीवनभर ढांट र बेइमानी को राजनीति गर्दै आएका प्रचण्डको बेइमानी फेरि एकपटक उदांगिएको छ । सधै सत्ता शक्ति र मान मात्र खोज्ने माधव नेपाल त्यसको लागि के के गर्न सम्म तयार हुन्छन भन्ने कुरो प्रष्टिएको छ ।

(रिजाल एमालेका युवा नेता हुन् ।)

सम्बन्धित समाचारहरु

गठबन्धनको हुकुमी चुनावी तालमेल : निरास छन् तलका कार्यकर्ता

रामबहादुर जिसी । स्थानीय निर्वाचनको समय नजिकिदै छ, दलहरु उमेदवार छनोटमा व्यस्त छन् । उमेदवारका आकांक्षीहरु आफ्नो पक्षमा निर्णय गराउन अन्तिम दवाव सिर्जना गर्दैछन् । यस पटकको निर्वाचन अलि फरक छ । हिजो स्वतस्फूर्त चुनावी तालमेल हुन्थ्यो, स्थानीय आवश्यकताका आधारमा दलहरु सहकार्य गर्दथे । आज त्यो अवस्था छैन । परमादेशबाट बनेको सरकार समर्थित दलहरु हुकुमी गठबन्धनको पक्षमा छन् र त्यही खालको निर्देशन दिइरहेका छन् । हुकुमी चुनावी तालमेलका कारण गठबन्धनमा रहेका दलका कार्यकर्ताहरुमा नैरास्यता छ । यस्तो पनि हुन्छ ? भन्दै उनीहरु भित्र भित्र मुर्मिरिएका छन्, हेरौला चुनावको दिन भन्दै कति तटस्थ बस्ने तयारी गर्दैछन् भने कति त पार्टी छोडेर निष्क्रिय हुने, अर्को पार्टीमा लागिरहेका छन् । जनताको चाहना, कार्यकर्ताको भावना भन्दा पनि मुख्य तीन ठुला नेताको जुंगा जोगाउनका लागि गठबन्धनले हुकुमी चुनावी तालमेललाई अनिवार्य ठानेको छ ।

समय परिवर्तनसँगै ढोकामा पनि नविनता : नेपालमै उत्पादित ढोका प्रयोग गरौं

एउटा सिंगो घर मात्र होइन घर । समग्र सामग्रीको संयोजन हो, घर । त्यसमा विविध निर्माण सामग्री, इन्टेरियर र आउटडोर डिजाइन, शैली आदि मुख्य पर्छ । त्यसभित्र पनि समयको माग र प्रविधिको विकाससँगै नवीन सामग्रीको प्रयोग स्वाभाविकै हो । यिनै प्रविधिको विकासले ढोकामा नवीनता थप्दै गएको देख्न सकिन्छ । हाल नेपाली बजार धेरै खालका रेडिमेड ढोकाहरु पाइन्छन । जसमा सवैभन्दा धेरै नेपालबाहिर बाट आयात हुदैं आएका छन् । मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक अर्वौंको काठ तथा काठजन्य सामग्री आयात हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस