Namaste Icon
Ad

देशलाई फर्निचरमा आत्मनिर्भर बनाइ निर्यात गर्न सक्ने ठुलो सम्भावना

देशलाई फर्निचरमा आत्मनिर्भर बनाइ निर्यात गर्न सक्ने ठुलो सम्भावना
लोकराज पाण्डेय, सिइओ–फर्निवल्र्ड प्रा.लि,

फर्निवल्र्डले ग्राहक समक्ष ल्याएका प्रोडक्ट, सेवा–सुविधाको बारेमा बताइदिनुहोस् न ?
हामीले फर्निवल्डलाई सुरु गर्दा पूर्ण रुपमा सोरुमबाट सामानहरु बेच्ने भनेर गएका थियौ । एकदमै गुणस्तर र बिक्री पछिको सेवा (आफटर सेल्स) दुइ ओटालाई ध्यान दिए सामान बजारमा ल्याएका थियौं । राम्रो सामान दिने र कसैको घरमा कुनै समस्या पर्यो भने तुरुन्तै विक्रिपछीको सेवा दिने गर्न थाल्यौ । दुइ चीजलाई फोकस गरेर अघि बढेका थियौं । यसो गर्दै जाँदा मान्छेहरुसँग कनेक्टिीभि बढ्दै गयो र ग्राहकको अत्यन्तै विश्वास बढेर गयो । मान्छेलाई घरमै डेकोरेशन गर्नुपर्ने, डिजाइन गर्नुपर्ने, साना साना समस्याहरु जस्तो लाइटहरुको समस्या पर्ने खालका समस्याहरु भेट्यौ । जसले हामीलाई ठुलो स्कोप आन्तरिक सजावट(इन्टेरियर)को देखायो । विगत ५ बर्ष यतादेखि इन्टेरियर डिजाइनिङको अलग बिभाग बनाएर काम गरिरहेका छौं ।


अहिले हामी दुइ लाइनमा काम गरिरहेका छौ । एउटा इन्टेरियर सर्भिस दिने । त्यो भनेको प्रोजेक्ट बेशिस काम हो । जस्तो एउटा कलेजको वा हस्पिटलको कुनै प्रोजेक्ट लिने । त्यसमा हामी लाइट, एसि, टायल, मार्बल, गे्रनहाइट, युपिभिसी, झ्याल ढोका, किचेन, रेष्टरुमको टाइलहरु, रेलिङहरु सबै गछौ । हाम्रो सर्भिस अहिले प्रोजेक्ट वरियन्टेडमा गयो । तपाइलाइ रेडि टु मुभ दिने । हाम्रो डिजाइन टीमले डिजाइन गर्ने । टेक्निकल टीमले काम गर्ने अनि पुरै हयान्डवभर गर्ने । बिक्री पछि समस्या आएका आफटर सेल्स टिमले सेवा दिने । चालु बर्ष हामीले १२८ भन्दा बढी एसी बेच्यौ, बिजुली पसल नभएपनि हामीले २ करोड भोलुममा बिजुली बेचेका छौ । त्यो विजुुली सामान बेचेको होइन् बिजली पसल हाम्रो होइन । प्रोजेक्ट वर्क हाम्रो हो । प्रोजेक्ट गर्दा त्यो गर्छौ । त्यसैले हामीले इन्टेरियर डिजाइनरमा सबै चिज डिजाइनीङ टु हयाडओभर गछौ । अर्को भनेको हजुरलाइ प्रोडक्ट मात्रै चाहियो । प्रोडक्ट सेल गर्नलाइ स्वरुम भयो । वाकिङ कस्टुमर जो पनि आउनुहुन्छ उहाँहरुलाई सामानहरु हाम्रो आउटलेट ३ (नया बानेश्वर, मध्य बानेश्वर र सामाखुसी) ठाँउमा छ त्यहाँँँबाट हामी सर्भिस दिन्छौ ।


फर्निवल्र्ड अरु यस्तै संस्था भन्दा के कुरामा फरक छ ?
बजारमा यस्ता थुप्रै संस्था छन् । नया बानेश्वरमै हेर्नुहुन्छ भनेपनि हामीलाई नै अनुसरण गरेर ५० भन्दा बढी फर्निचर होलान । हामी अरुभन्दा गुणस्तरमा फरक छौ । हाम्रो प्रतिस्पर्धा भनेको जो विदेशबाट सामान ल्याउनुहुन्छ एक किसिमले राम्रो सामान भएका व्यवसायीहरुसँग हो । विदेशबाट आयातित सामान हेर्दा राम्रा तर टिकाउ कम भएको पाएका छौं । हाम्रो सामान गुणस्तरमा उच्च र मुल्य पनि आयातित भन्दा तुलनात्मक रुपमा सस्तो दिनसक्छौ । आफुलाई चाहिने सामान आफै उत्पादन गर्ने हुँदा ग्यारेन्टी गर्न पनि मिल्यो । हाम्रो सामान कस्तो छ हामीलाई थाहा छ । अर्काको नबेच्दा खेरी त हामीले क्वालीटि बनाएका छौ भन्ने हामीलाई थाहा छ नि त ।


त्यसैले अरु भन्दा पृथक भनेको हामी अत्यन्तै गुणस्तरीय फर्निचर सामाग्री उत्पादन र विक्रि गर्छौ । तपाइको बजेट के छ र त्यसमा कति गुणस्तरिय दिन सकिन्छ भन्ने सोच्दछौ । हामी अर्काको सामान बेच्दैनौ । आफै बनाउँछौ, आफै बेच्छौ । समय मै सामानको ढुवानी गर्ने गर्दछौं । गुणस्तर, समयमा सामान ढुवानी र बिक्री पछि आवस्यक सेवा ( यी तिन कुरामा हामी सम्झौता गर्दैनौ । बजारमा सामान बेचेपछि मतलब नै नगर्ने टे«ड छ । सामान बेच्यो, नाफा भइसक्यो सिद्धियो । तर हामीले के गरेका छौ भने तपाइले सामान लानुभयो । ३ दिनपछि तपाइलाइ फोन सम्पर्क गर्छौ । हामीले त्यहाँ डेलिभरी गर्दा, राख्दा कुनै टुटफुट वा ड्यामेज पो भयो कि ? ठुला समान हुन्छन् हयान्डेलिङमा समस्या छ । गाडीमा लान पर्नेहुन्छ, घरको सिँढी सानो हुन्छ । त्यही पनि लाँदालाँदै पनि विग्रिएको हुनसक्छ । हामी विक्रिपछीको सेवामा एकदमै मजबुत छौ । प्लस माइनस ३ डे भन्छौ । ३ दिनभित्र विक्रिपछीको सेवा दिन्छौ । कहिले–काहँी हाम्रोमा कुनै समस्या छ भने फ्रिमा गर्छौ । ग्राहकलाई कुनै सेवा थप्नुछ भने न्युनतम शुल्कमा गर्छौ । यसरी क्वालिटी गुणस्तर, समयमा सामान ढुवानी र बिक्री पछि आवस्यक सेवा नै हो अरु भन्दा हामी पृथक हुने आधार ।


फर्निवल्र्डको अहिलेसम्म कति लगानी पुगेको छ । नाफा घाटाको अवस्था के छ ?
यो धेरै नै उदयीमान उद्योग हो नेपालको सापेक्षतामा । खासगरी आयातले धेरै हिस्सा लिइरहेको छ । विदेशीहरुले नेपाल पठाउने सामान गुणस्तरिय हुदैन । काठमाण्डौ उपत्यकामा आफै उत्पादन गर्ने, गुणस्तरीय सामान दिने र आफै सम्पुर्ण काम गर्ने केहि मध्ये हामी पनि हौ । उदयीमान बजार छ । लगानी ठुलो छ । बजारमा के नयाँ सामान आएको छ, संसारमा भएको सामानहरु बुझिराख्नु पर्यो ।

ठुलो लगानी चाहिने व्यवसाय हो यो । ठुलो केलाई भन्ने भन्दा कुन भोलुममा जाने भन्नेमा पनि भरपर्छ । अहिले औसत ४० करोडको काम हामीले बर्षको गरिरहेका छौ । त्यसको लागि कम्तिमा २५ प्रतिशत लगानी चाहिन्छ नै । त्यो भनेको ७–८ करोड लगानी नभइकन हुदैन । गत बर्ष हाम्रो लगानी ३० करोड पुगेको थियो अहिलेसम्म १० करोड थपिएर ४० करोड पुगेको अवस्था छ । हाम्रो ३ ओटा स्वरुम छ । मध्ये वानेश्वर, नया वानेश्वर र सामाखुशीमा छ । कारखाना ललितपुरको लामाटारमा १४ रोपनीमा गरेका छौ । अहिले भर्खरै हामीले वानेश्वरमा पनि २ रोपनी जग्गा लिएर नयाँ कारखाना सञ्चालनमा ल्याएका छौ । विक्रीपछीको सेवा राम्ररी दिन सकियोस् भनेर वानेश्वरमा पनि कारखाना राखेका हौ ।

लोकराज पाण्डेय, सिइओ–फर्निवल्र्ड प्रा.लि,

 


फर्निचर तथा फर्निसिङ सामानमा नेपाल आत्मनिर्भर हुन नसक्नुमा के कारण छ ?
नेपालको यो उद्योग काठमा आधारीत छ । विदेशमा जस्तो कम्प्रेसड काठहरु छैनन् । विदेशमा काठमा विकल्पहरु धेरै छन् । तर नेपालमा त्यस्तो छैन । कच्चा पर्दाथ नै पहिलो समस्या हो । अर्को हाम्रो प्रतिस्पर्धा विदेशी सामानसँग हुन्छ । हाम्रो त्यत्रो क्षमता छैन किन त्यो लेभलमा काम गर्ने । चाइनाको कुरा गर्दा उसको सयौं देशसँग बिजनेसको इतिहास छ । नेपालले आफनै देशमा गर्नको लागि त नेपालको त्यो मार्केट, त्यो मेशिन ल्याएर स्थापित गर्न त भ्याउँदैन नेपालले । त्यो कारणले नेपालले विदेशी प्रोडक्टसँग प्रतिस्पर्धा गर्न नसकेको हो । नेपाली जनशक्ती, नेपाली कच्चा पदार्थ प्रयोग गरेर गुणस्तर दिन सके सम्भावना नभएको होइन ।


नेपालमा फर्निचर आयातको अवस्था कस्तो छ ?
पmर्निचर मात्रै भन्दा नेपालमा ८–९ सय करोडको आयात हुन थालेको छ । त्यो भन्दा ठुलो भोल्युम चाँही प्रोजेक्टहरु जस्तो कुनै ठुलो हस्पिटल खुल्यो भने उनीहरुले प्रत्यक्ष आयात गरिरहेका छन् । त्यो आयातको डाटा त भन्न सकिदैन । तर मलाई लाग्छ दुबै गरेर २ सय करोड भन्दा ज्यादाको आयात छ । निर्यात यो उद्योगबाट छँदैछैन भन्दा हुन्छ ।

यो उद्योको समस्या र चुनौतीहरु के छन् ?
काठमा आश्रित उद्योग भएकोले काठका विकल्पहरुको उद्योग खोल्नतर्फ जानुपर्यो या कच्चा पर्दाथ आयातमा लाग्ने कर त्यसलाई प्रतिस्पर्धी बनाइदिनुपर्यो । सरकारको नीतिको उतार चढावले विदेशबाट आउने सामानले हाम्रो उद्योगलाई माथ गर्नसक्ने अवस्था नहोस् । सरकारले ध्यान दिएर आयातमा कर बढाइदियो भने र काठजन्य कच्चा पर्दाथमा घटाइदिने वित्तिकै नेपालका उद्योग फष्टाउने अवसर पाउँछन् । सरकारले अलिकति यस उद्योगलाई सहयोग गर्ने हो भने भारत र चीनजस्ता देशमा हामीले निर्यात पनि बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने हुन्छ । हामीले भारतमा सामान निर्यात गर्न सकिने गरी योजना ल्याउने हो भने त धेरै गर्न सकिन्थ्यो । विडम्बना कोभिडको समयमा पनि हामीले सरकारबाट आवश्यक साथ पाएनौ । कच्चा पर्दाथ आयातमा छुट दिन सक्थ्यो, हामीले गरेको सेल्समा दिन सक्थ्यो । हामीले रोजगारी सिर्जना जो गरेका छौ । हामीले कुनैपनि रोजगारलाई कटअफ गरेका छैनौ भने हाम्रा स्टाफलाई भ्याक्सिनेशन मै समस्या भयो । तर सरकारबाट सहयोग भएन । यद्यपी राष्ट बैकले केही राहत दिएको हो । मौद्रीक नीति मार्फत कोभिड अवधिमा केही राहत भयो तर वित्तिय नीति मार्फत प्रत्यक्ष रुपमा सरकारबाट राहत मिलेन ।

फर्निचर उद्योगबाट सम्बृद्धिको सम्भावना कस्तो रहेको छ ?
एउटा देशलाई फर्निचरमा आत्मनिर्भर गर्नसक्ने र अर्को निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना हुन्छ । नेपाल भित्रको कुरा गर्ने हो भने धेरै नै ठुलो सम्भावना छ । अहिले युवा पुस्ता विकास भइरहेको छ संसार देखिरहेको छ । प्रविधिको जमाना छ । अमेरिकामा कुन फर्निचर छ त्यो नेपालमा डिमाण्ड गर्ने पुस्ता आएको छ । त्यसकारण क्वाललिटी र फिनिसिङमा कम्प्रोमाइज नगर्ने पुस्ता भएकोले नेपाल भित्र अवको समयमा १० बर्षमा यो उद्योग डबल भएर जान्छ । तर त्यसको लागि दिर्घकालिन सोच चाहिन्छ । हामीले फिजिकल आउटलेटबाट डिजिटलमा जानुपर्यो । अफलाइनबाट अनलाइनमा जानुपर्यो ।


हामीले टेक्नोलोजी आयात गर्नुपर्यो । ठुला ठुला मेशिनहरुमा लगानी गर्नुपर्यो । काठको ठाउँमा काठको प्रतिस्थापन चीजमा बढी फोकस गर्नुपर्यो । काठ त सिमित छ । हामी जस्तो पढेलेखेको मान्छेले काठमै निर्भर भएर काम गर्नु भन्दा काठको विकल्पमा पनि जानुपर्यो । त्यो नभएको होइन । तर त्यसको लागि प्रविधि चाहियो । त्यसैले प्रविधिगत रुपमा गर्न सक्यौ भने हामीले विश्व हेर्नुपदैन । भारत वा हाम्रो रेन्जको फार्निचर हाम्रै इकोनोमिक स्केल भएको देश हो । भारतमा मात्रै हामीले निर्यात गर्न सक्यौ भने धेरै नै सम्भावना छ । ब्राण्डिङको पनि सम्भावना छ । फर्निवल्डले पनि अव गर्न खोजेको ब्राण्डिङ हो । जस्तो चाउचाउमा वाइवाइ भनेजस्तो फर्निचरमा फर्निवल्र्ड बनाउने हाम्रो सपना छन् । त्यही ढंगले कामहरु गरिरहेका छौ । फर्निवल्डको फर्निचर राम्रो हो, गुणस्तरीय हो, आधुनिक हो भन्ने बनाउन हामी लागेका छौ । त्यसकारण यस उद्योगमा ठुलो सम्भावना छन् ।
प्रस्तुती : सगिता सुवेदी

 

 

 

सम्बन्धित समाचारहरु

रानिबासमा कांग्रेस एक्लै चुनाव लड्छ : डिलबहादुर रोकाय

नेपाली कांग्रेस चिङ्गाड गाउँपालिका वडा न २ का पूर्वपार्टी सचिव तथा तरुणदल जिल्ला कार्यसमिति सुर्खेतका सदस्य डिल बहादुर रोकायले चिङाडमा बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस कुनै पार्टीसँग गठबन्धन नगर्ने बताएका छन् । नेपाली कांग्रेसलाई निर्वाचनमा पराजित हुन्छु, कि भन्ने त्रास भए रानिबासबाट नेपाली कांग्रेसको नेतृत्व लिन आफु तयार रहेको बताए । पार्टी भित्रको आन्तरिक द्वन्द ६०÷४० को भागबण्डाको अन्त्य गर्नुपर्ने अधिबेसन लाई लिएर पार्टी भित्र रहेको तिक्ततालाई अन्त्य गरि पार्टी भित्र अन्तरघात गर्नेलाई कडा कारबाही गर्ने गरि सबैलाई समेटेर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए । युवा नेता डिलबहादुर रोकायसँग दर्पण दैनिक सुर्खेतका पत्रकार खगेन्द्र हमालले गरेको कुराकानी ः

नेपालमै उत्पादित ढोका बेच्न पाउँदा आफैंलाई भाग्यमानी ठान्छु  : आर्यन भट्ट

कुनै समय अरुको पसलमा मार्केटिङ तथा एकाउन्टको काम गर्ने धनगढीका आर्यन भट्ट अहिले धनगढीका सफल हार्डवेयर तथा नेपाली ढोका व्यवसायी बनेका छन् । कुनै समय काठमाडौंमा पढ्दै गर्दा उनले घरखर्च र आफ्नो पढाइ खर्च ठार्न कै लागि तीन सिफ्ट (विहान, वेलुका र दिउसो) गरि काम गर्थे । तीन सिफ्ट काम गरेर पनि काठमाडौंमा सम्भावना र भविष्य नदेखेपछि उनी धनगढी नै फर्किए । धनगढी फर्किएरपछि उनको जीवकाे टर्निङ प्वाइनट बन्यो डां मोहन साउदसँगको भेट । डां मोहन साउदसँगको भेटपछि आर्यन भट्टको जीवनले अर्कै मोड लियो । खासमा कुरो मेकिलसँग सम्बन्धीत थिएन । कुरो त नेपालमै उत्पादन हुँदै आएको टिम्बर क्राफ्टका स्किन ढोकासँग सम्बन्धित थियो । डां साउदले टिम्बर क्राफ्टसँग गराईदिएको कनेक्सनले नै आर्यन आर्यन भट्ट अहिले टिम्बर क्राफ्टको आधिकारिक डिलर भएर धनगढीबाट सुदुरपश्चिम भर ढोका बेचिरहेका छन् । उनले आज भन्दा ४ बर्ष अगाडि कैलालीको धनगढीमा राजधानी ट्रेड सप्लायर्स खोलेर व्यापार थालेका थिए । उनले सो कामको थालनी टिम्बर क्राफ्टले उत्पादन गरेका ५२ स्किन ढोकाबाटै गरेका थिए । प्रस्तुत छ – हाल बर्षमा झण्डै २ हजार ढोका बेच्दै आएका आर्यन भट्टसँग गरिएको कुराकानीको सम्पादित अंशः

प्रतिक्रिया दिनुहोस