Namaste Icon
Ad

कलाकारमा हुनुपर्ने सबैभन्दा ठुलो गुण भनेको अनुशासन हो : आशा विसी

कलाकारमा हुनुपर्ने सबैभन्दा ठुलो गुण भनेको अनुशासन हो : आशा विसी
गायिका आशा विसी

तनहुँ जिल्लाको भानु नगरपालिका १२ कबाजितमा जन्मिएकी आशा विसी लाइभ दोहोरी तथा रेकर्डिङमा अब्बल गायिका हुन । ऊनी अहिले लाईभ दोहोरीमा बढी व्यस्त हुन्छिन । आशालाई लाईभ दोहोरीबाट गायिका भनेर चिनाएको भएपनि उनका रेकर्ड गीतहरू पनि धेरै छन । जीवनमा आएका हरप्रकारका उत्तरचढावलाई पार गर्दै अगाडि बढेकी विसीले विक्रम संवत २०६९ सालबाट गीतसङ्गितको क्षेत्रमा यात्रा तय गरेकी हुन् । यस क्षेत्रमा लागेपछि धेरै समस्याहरु आए तर उनले कहिल्यै हार खाईनन । प्रस्तुत छ उनै संघर्षशील गायिका आशा विसीसग दर्पण दैनिकका लागि केशर विश्वकर्माले गरेको छोटो कुराकानी:


आशाजी दर्पण दैनिकमा स्वागत छ ।
धन्यवाद ।

गीतसंगित क्षेत्रमा लाग्नुभएको कति भयो ?
म कलाकारितामा लागेको लगभग एक दशक जति भयो ।

यो क्षेत्रमा लाग्ने प्रेरणा कहाँबाट पाउनु भयो ?
मलाई पढाउने मेरो गरु गाेपिबाहादुर अधिकारीबाट मलाई यो क्षेत्रमा आउन प्रेरणा मिलेको हो ।

लाईभ दोहोरीमात्रै गाउनु हुन्छ कि शब्द लेख्ने तथा गीत रेकर्ड पनि गर्नुभएको छ ?

म गायिका भनेर चिनेको त लाईभ दाेहाेरीबाट नै हो तर मैले गीतहरु रेकर्ड पनि धेरै गरेको छु । शब्द पनि लेख्ने गर्छु ।

आशा जी हालसम्म कतिजति गीत रेकर्ड गर्नुभएको छ नि ?

मैले अहिलेसम्म ३ दर्जनको हाराहारीमा गीत गाएको छ । गिलास र कचौरा यति धेरै माया लाकाे मुटुमा रचाैर, तिर्खा कलल, बुट्टे चाेलि छ, नराेए आमा मै छाेरी सम्झेर लगायतका छन ।

यो क्षेत्रमा लागेपछि के कस्ता समस्या तथा चुनौती भोग्नु परेका छन ?

सुरुका दिनमा धेरै गाह्राे थियोे तर हार कहिले खाईनँ । हुन त हरेक क्षेत्रमा आआफ्नै खालका दुख त हुन्छ नै । तर यो क्षेत्र अरुभन्दा अलि फरक छ । समस्याहरु पनि धेरै छन । तर समस्या आयो भन्दैमा पछि हट्नु हुन्न । समस्यालाई समाधान गर्दै जानुपर्छ ।


नेपालको सन्दर्भमा गितसङ्गीतबाट बाँच्न सक्ने अवस्था छ ?
अहिलेको परिस्थितिमा गीतसंगितबाट मात्रै बाँच्न गाह्रो छ । मेला महाेत्सव जस्ता कार्यक्रमहरु पाईयाे भने केही सहज । हुन्छ गित मात्र गाएर त धेरै गाह्राे छ ।


विशेष गरी तपाईंलाई कस्ता खालका गीतहरु मन पर्छ ?

पछिल्लो समयमा धेरै खालका दाेहाेरी गितहरु बजारमा आएका छन । मन त सबै प्रकारका गीतहरू पर्छन् । विशेष गरी अलि घुमेका ढिलो मेलोडीका गितहरु मन पर्छ । त्यस्तै खालका गीतहरू गाउने गर्छु ।


तपाईं एक छोरी मान्छे हुनुहुन्छ, सुटिङ गर्न, रेकर्ड गर्न घरबाट बाहिर जानुपर्ने हुन्छ त्यो वातावरण मिलाउन घरपरिवारबाट कतिको सहयोग पाउनुहुन्छ ?

सुरुका दिनहरुमा मलाई धेरै गाह्राे भयो । मेरो बाबा ममिलाई बुझाउन सम्झाउन सकिएन । त्यसकारण खासै सपाेर्ट पाईनँ । म आफ्नै जिद्दीले काठमाडौं आएँ । मैले गाएका गितहरु बजारमा आउन थाले । त्यस पछि मेरो ममि बाबाले पनि बुझ्नु भयो । अहिले त म आफ्नै खुशीले काम गर्छु । अहिले खासै अप्ठ्यारो छैन ।

यो क्षेत्रमा आउने नव आगन्तुक प्रतिभालाई के भन्नुहुन्छ ?

पछिल्लो समयमा धेरै राम्रो गाउने भाई बहिनीहरु आउनु भएको छ । यहाँहरुलाई म के भन्छु भने हामीले संगित सिकेर कहिले पनि सकिदैँन । राम्रोसँग सिक्नुस् र अझै अगाडि बढ्नुस । सबैभन्दा ठुलो त कलाकारमा हुनु पर्ने गुण नै अनुशासन हो । आफु अनुशासनमा बसेर आफ्नो काम गर्नुस् एकदिन पक्कै सफल भैईन्छ, यहीँ नै भन्न चाहान्छु ।

यदि यो क्षेत्रमा प्रवेश नगर्नु भएको भए कुन क्षेत्रमा लाग्नुहुन्थ्यो ?

म बुझ्ने र गाउँने भए देखि नै यो संगित क्षेत्र भन्दा बाहेक अरु क्षेत्र साेच्दैनथेँ । यस क्षेत्रमा नलागेको भए सायद यतिबेला बिहे भैसकेको हुन्थ्यो हाेला र पराईघरमा हुन्थेँ होला ।

अन्त्यमा केही भन्नुहुन्छ कि ?
धेरैधेरै धन्यवाद हजुर लगायत दर्पण दैनिकका सम्पूर्ण टिमलाई ।

सम्बन्धित समाचारहरु

रानिबासमा कांग्रेस एक्लै चुनाव लड्छ : डिलबहादुर रोकाय

नेपाली कांग्रेस चिङ्गाड गाउँपालिका वडा न २ का पूर्वपार्टी सचिव तथा तरुणदल जिल्ला कार्यसमिति सुर्खेतका सदस्य डिल बहादुर रोकायले चिङाडमा बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस कुनै पार्टीसँग गठबन्धन नगर्ने बताएका छन् । नेपाली कांग्रेसलाई निर्वाचनमा पराजित हुन्छु, कि भन्ने त्रास भए रानिबासबाट नेपाली कांग्रेसको नेतृत्व लिन आफु तयार रहेको बताए । पार्टी भित्रको आन्तरिक द्वन्द ६०÷४० को भागबण्डाको अन्त्य गर्नुपर्ने अधिबेसन लाई लिएर पार्टी भित्र रहेको तिक्ततालाई अन्त्य गरि पार्टी भित्र अन्तरघात गर्नेलाई कडा कारबाही गर्ने गरि सबैलाई समेटेर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए । युवा नेता डिलबहादुर रोकायसँग दर्पण दैनिक सुर्खेतका पत्रकार खगेन्द्र हमालले गरेको कुराकानी ः

नेपालमै उत्पादित ढोका बेच्न पाउँदा आफैंलाई भाग्यमानी ठान्छु  : आर्यन भट्ट

कुनै समय अरुको पसलमा मार्केटिङ तथा एकाउन्टको काम गर्ने धनगढीका आर्यन भट्ट अहिले धनगढीका सफल हार्डवेयर तथा नेपाली ढोका व्यवसायी बनेका छन् । कुनै समय काठमाडौंमा पढ्दै गर्दा उनले घरखर्च र आफ्नो पढाइ खर्च ठार्न कै लागि तीन सिफ्ट (विहान, वेलुका र दिउसो) गरि काम गर्थे । तीन सिफ्ट काम गरेर पनि काठमाडौंमा सम्भावना र भविष्य नदेखेपछि उनी धनगढी नै फर्किए । धनगढी फर्किएरपछि उनको जीवकाे टर्निङ प्वाइनट बन्यो डां मोहन साउदसँगको भेट । डां मोहन साउदसँगको भेटपछि आर्यन भट्टको जीवनले अर्कै मोड लियो । खासमा कुरो मेकिलसँग सम्बन्धीत थिएन । कुरो त नेपालमै उत्पादन हुँदै आएको टिम्बर क्राफ्टका स्किन ढोकासँग सम्बन्धित थियो । डां साउदले टिम्बर क्राफ्टसँग गराईदिएको कनेक्सनले नै आर्यन आर्यन भट्ट अहिले टिम्बर क्राफ्टको आधिकारिक डिलर भएर धनगढीबाट सुदुरपश्चिम भर ढोका बेचिरहेका छन् । उनले आज भन्दा ४ बर्ष अगाडि कैलालीको धनगढीमा राजधानी ट्रेड सप्लायर्स खोलेर व्यापार थालेका थिए । उनले सो कामको थालनी टिम्बर क्राफ्टले उत्पादन गरेका ५२ स्किन ढोकाबाटै गरेका थिए । प्रस्तुत छ – हाल बर्षमा झण्डै २ हजार ढोका बेच्दै आएका आर्यन भट्टसँग गरिएको कुराकानीको सम्पादित अंशः

प्रतिक्रिया दिनुहोस