Namaste Icon
Ad

एउटा बिश्राम!

एउटा बिश्राम!
माधव नेपाल

माधव नेपाल । २०५६ सालमा जिल्ला सदस्यमा चयन भएसँगै प्रेस चौतारी नेपालको सांगठिन यात्रा सुरु भएको थियो । त्यसपछि जिल्ला सचिवको रुपमा काम गरियो । जिल्ला सचिवपछि जिल्ला अध्यक्षको भूमिकामा काम गर्ने अवसर प्राप्त भयो । जिल्ला अध्यक्ष भएकै बेला किर्तिपुरमा भएको केन्द्रीय महाधिबेशनमा केन्द्रीय सदस्य निर्वाचित भएको हो । त्यसपछि बुटवल अधिबेशनमा केन्द्रीय सचिवको भूमिकामा निर्वाचित भएको थिएँ । बिराटनगरमा भएको अधिबेशनले महासचिवमा निर्वाचित गराएको थियो । काठमाडौंमा सम्पन्न अधिबेशनले बरिष्ठउपाध्यक्षमा चयन गर्यो । यो बेला पनि महासचिवमा कृयाशिल भएका कारण अध्यक्षको दावेदार थिएँ । तर, अग्रजको आग्रह र अनुजको अनुरोधमा पछि हटेको साँचो हो । यो बीचमा बिभिन्न प्रेस स्वतन्त्रताको आन्दोलनमा सकृय सहभागिता हुँदै अघिल्लो बर्ष भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार बनेको थिएँ । (जतिवेला प्रतिगामीको आरोप लगाउँदै सवै सञ्चार आवद्ध संगठन एक भएका थिए । महासंघमा प्रेस चौतारी पराजित हुने निश्चय भएकै बेला प्रेस चौतारीको मत सम्मान गर्नैका लागि उम्मेदवार बनियो । ) पोखरामा भएको नवौं महाधिबेशनमा अध्यक्ष पदमा दावेदारी थियो । तर, निर्वाचन प्रकृया नगर्ने भनिएपछि त्यो अवसर प्राप्त भएन । यो सँगै प्रेस चौतारी नेपालको २३ बर्षसम्मको कमिटीगत आवद्धतामा पूर्णबिराम लागेको छ । यो बीचमा माया र सद्भाव ब्यक्त गर्ने हरेकप्रति उच्च सम्मान छ ।

पोखरा अधिबेशनमा अध्यक्ष चयन हुन सकेको भए जिल्ला सदस्यदेखि केन्द्रीय अध्यक्षसम्म बनेको ईतिहास बन्ने थियो । तर, त्यो अवसर प्राप्त भएन । तैपनि कसैप्रति गुनासो छैन । एउटा सामान्य गाउँबाट उठेर यो अवस्थासम्म आईपुग्नु पनि सानो कुरा होईन । जसले सद्भाव राख्नु भयो उहाँहरुप्रति आभारी छु । जो बिपक्षमा लाग्नु भयो उहाँहरुप्रति पनि सम्मान छ । म रामायण र महाभारत पनि पढेको मानिस हुँ । रामायणका अनुसार राजा दशरथका पुत्र हरेक कुरामा निपुण थिए । तर, दशरथको प्राण जाने बेला कुनै छोरा साथमा थिएनन् । रामायणमा बर्णन भए अनुसार रावण बलशाली र धनवान थिए । तर, एउटा बाँदरको पुच्छरमा लागेको आगोले सारा लंका जलाउँदा पनि रावणको बैभवको केही लागेन । महाभारतमा बर्णन भएअनुसार द्रौपतिका पाँच पति थिए ।

उनीहरु मध्य सवै एक एक बिषयमा पोख्त थिए । तर, जव राजसभामा द्रौपदीलाई नाङ्गो बनाउने योजना बन्यो तर, पाँच पति निरीह भए । पाँच जना पति श्रीमतीको लाज ढाक्न कोही सक्षम भएनन् । महाभारतमै बर्णन भएका अभिमन्यू आमाको पेटमा नै शस्त्रको बारेमा निपुण ब्यक्ति थिए । तर, जव उनी चक्रब्युहमा परे । उनी पनि मारिए । यी सवै कुराले ब्यक्ति जतिसुकै निपुण र सक्षम भएपनि परिबन्दमा परेपछि निरिह हुनै पर्ने पुष्टि गर्दछ । यही मेसोमा प्रेस चौतारी नेपालको कमिटीगत आवद्धतामा पूर्णबिराम लगाउँदै बिदा भएको छु । यो बीचमा माया सद्भाव गर्ने सवैमा सम्मान छ । मूल नेतृत्वमा असक्षम मापन गर्नेहरुमा पनि सम्मान छ । प्रतिनिधिबीच नै परिक्षण हुने ठूलो रहर थियो । तर, त्यो अवसर पनि प्राप्त भएन । तरपनि दुख लागेको छैन । दुःख मानेर पनि केही हुनेवाला छैन । जो सक्षम हुनु भयो उहाँहरुलाई बधाई छ । जो म जस्तै असक्षम हुनु भयो उहाँहरु सँगै छु ।
अन्त्यमा,
सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्जन: । सवैको जय होस सवैको भलो होस् ।

(प्रेस चाेतारी नेपालमा इमान्दार त्यागी नेताकाे पहिचान बनाएका नेपाल हालै पाेखरामा सम्पन्न महाअधिवेसनबाट प्रेस चाैतारीबाट बाहिरिएका हुन् ।)

सम्बन्धित समाचारहरु

गठबन्धनको हुकुमी चुनावी तालमेल : निरास छन् तलका कार्यकर्ता

रामबहादुर जिसी । स्थानीय निर्वाचनको समय नजिकिदै छ, दलहरु उमेदवार छनोटमा व्यस्त छन् । उमेदवारका आकांक्षीहरु आफ्नो पक्षमा निर्णय गराउन अन्तिम दवाव सिर्जना गर्दैछन् । यस पटकको निर्वाचन अलि फरक छ । हिजो स्वतस्फूर्त चुनावी तालमेल हुन्थ्यो, स्थानीय आवश्यकताका आधारमा दलहरु सहकार्य गर्दथे । आज त्यो अवस्था छैन । परमादेशबाट बनेको सरकार समर्थित दलहरु हुकुमी गठबन्धनको पक्षमा छन् र त्यही खालको निर्देशन दिइरहेका छन् । हुकुमी चुनावी तालमेलका कारण गठबन्धनमा रहेका दलका कार्यकर्ताहरुमा नैरास्यता छ । यस्तो पनि हुन्छ ? भन्दै उनीहरु भित्र भित्र मुर्मिरिएका छन्, हेरौला चुनावको दिन भन्दै कति तटस्थ बस्ने तयारी गर्दैछन् भने कति त पार्टी छोडेर निष्क्रिय हुने, अर्को पार्टीमा लागिरहेका छन् । जनताको चाहना, कार्यकर्ताको भावना भन्दा पनि मुख्य तीन ठुला नेताको जुंगा जोगाउनका लागि गठबन्धनले हुकुमी चुनावी तालमेललाई अनिवार्य ठानेको छ ।

समय परिवर्तनसँगै ढोकामा पनि नविनता : नेपालमै उत्पादित ढोका प्रयोग गरौं

एउटा सिंगो घर मात्र होइन घर । समग्र सामग्रीको संयोजन हो, घर । त्यसमा विविध निर्माण सामग्री, इन्टेरियर र आउटडोर डिजाइन, शैली आदि मुख्य पर्छ । त्यसभित्र पनि समयको माग र प्रविधिको विकाससँगै नवीन सामग्रीको प्रयोग स्वाभाविकै हो । यिनै प्रविधिको विकासले ढोकामा नवीनता थप्दै गएको देख्न सकिन्छ । हाल नेपाली बजार धेरै खालका रेडिमेड ढोकाहरु पाइन्छन । जसमा सवैभन्दा धेरै नेपालबाहिर बाट आयात हुदैं आएका छन् । मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक अर्वौंको काठ तथा काठजन्य सामग्री आयात हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस