Namaste Icon
Ad

'आँखाभरी तिमी देखे पछि......'

'आँखाभरी तिमी देखे पछि......'
ओम भण्डारी

ओम भण्डारी ।

आँखाभरी तिमी देखे पछि,
जीवनमा नयाँ पालुवा पलाँउछ,
लाली गुराँस !
लाली गुराँस नेपालको राष्ट्रिय फूल हो। लालीगुराँसलाई नेपालको राष्ट्रिय फूलको रूपमा २०१९ सालमा मान्यता दिइएको हो। नेपालको संविधान २०७२ ले पनि लालीगुराँसलाई राष्ट्रिय फूलको मान्यता दिएको छ । नेपालको निशान छापमा समेत लालीगुराँसलाई समावेश गरिएको छ। लाली गुराँसको राजधानी तेर्हथुमको टीएमजे क्षेत्र बसन्तपुरमा २९ प्रकारका गुराँस पाइन्छ भने नेपालका विभिन्न पहाडी भुभागमागरी ३३ प्रकारका गुराँस पाइने बताइएको छ। समुद्री सतहबाट गुराँस एक हजार ३०० देखि चार हजार ६०० मिटर सम्ममा पाइन्छ लाली गुराँस फूल अक्सर वसन्त ऋतुमा फुल्छ भने हावापानी र पहाडी भेगको फरक बनावटले पुस देखि बैशाख सम्म पनि फुलेको भेटिन्छ।


यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो। फूलको रंग रातो हुन्छ। नेपालको राष्ट्रिय फूल भएका कारण लालीगुराँस धेरैपटक हुलाक टिकट तथा हुलाक वस्तुमा प्रकाशन भइसकेको छ । फूलको आकार औसत अरु फूलहरू भन्दा केही ठूलो हुन्छ भनिन्छ साना देखि कतै कतै त नाङ्ग्लो जात्रा गुराँस पनि भेटिन्छन । यसको पात लामो हुन्छ। पातको लम्बाई लगभग ५ देखि १० से.मी.सम्म हुन्छ। यसको रुखको उँचाई र आकार ठाउँ अनुसार फरक हुन्छ। निम्न पहाडी भू-भागमा यसको रुख मध्यम खालको हुन्छ भने उच्च पहाडी भागमा यसको रुख धेरै ठूलो र झ्याम्म परेको हुन्छ।अङ्ग्रेजीमा ‘रोडोडेनड्रन’ भनेर चिनिने यो मनमोहक फूलका विभिन्न प्रजाति संसारभरि नै पाइन्छ। नेपालका पहाड पर्वतमा लाली गुराँस फूलेर बनजंगल ढकमक्क हुँदा पुरै बन जंगल रंगीन भै सिङ्गारिएको दुलही घरजस्तै सुन्दर देखिन्छ।


विश्वमा लालिगुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य ५ गुराँसहरू पनि पाइन्छन्। यसै वर्गमा पर्ने सेतो गुराँस अर्थात चिमाली ३ हजार मीटर भन्दा माथिको उचाइमा पाइन्छ। यसको फूललाई जुस बनाउने काममा प्रयोग गरिन्छ। यो पतझड वर्गमा पर्दछ। यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ। उच्च पहाडी भेकमा पाइने यो वनस्पति धेरै जसो ठाउँमा चैं फागुन-चैत्र-बैशाख महिनामा फूल्ने गर्दछ। नेपालमा पाइने लाली गुराँसका प्रजातिहरू औषधि मानिन्छन्। लाली गुराँस घाँटीमा खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा खाँदा खड्किएको चीज निस्कन्छ भनिन्छ, मान्यता चैं रमाइलो छ मान्छे वा पशु चौपायाले कहिँ खानेकुरा अड़काए गुराँस -गुराँस भनेर सुनाउदा मात्रै पनि अड्केको खानेकुरा कि निलिन्छ कि ओकलिञ्छ ! त्यसैले पनि यसलाई औषधि मानिन्छ ।

 

लाली गुराँस !


यो फूल नेपालको राष्ट्रिय फूल भएकाले यसप्रति हाम्रो भावनात्मक प्रेम र सम्मान पनि छ । यो फूल हेर्नमा जति राम्रो छ,उत्तिकै गुणकारी पनि छ । आयुर्वेद औषधिहरूमा गुराँस फूलको प्रयोग हुँदै आएको छ । रातो रङ्गको गुराँस पोषक तत्वले भरिपूर्ण मानिन्छ भने गुराँसको जुस कलेजो, मृगौलाजस्ता समस्यामा निकै उपयोगी हुन्छ । हृदय रोग लगायत केही गम्भीर रोगमा गुराँसको जुस सेवन गर्नु लाभदायक मानिन्छ । यसको जुसले हड्डीको दुखाइ र उच्च रक्तचापमा फाइदा पुर्याउछ। गुराँस एउटा मौसममा मात्र पाइने भएकाले अन्य बेला प्रयोग गर्न यसको फूललाई सुकाएर राख्न सकिन्छ । गुराँसको फूल घरको मूल ढोकामा सजाउँदा घरमा नकारात्मक ऊर्जा भित्रिँदैन भन्ने मान्यता छ । विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा रहेको छ। इलाम जिल्लाको मंगलबारेमा रहेको १६.१ मीटर अग्लो सो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ।

लेखक भण्डारी रेडियो थाहा सञ्चारमा आवद्ध सञ्चारकर्मी हुन् ।

सम्बन्धित समाचारहरु

गठबन्धनको हुकुमी चुनावी तालमेल : निरास छन् तलका कार्यकर्ता

रामबहादुर जिसी । स्थानीय निर्वाचनको समय नजिकिदै छ, दलहरु उमेदवार छनोटमा व्यस्त छन् । उमेदवारका आकांक्षीहरु आफ्नो पक्षमा निर्णय गराउन अन्तिम दवाव सिर्जना गर्दैछन् । यस पटकको निर्वाचन अलि फरक छ । हिजो स्वतस्फूर्त चुनावी तालमेल हुन्थ्यो, स्थानीय आवश्यकताका आधारमा दलहरु सहकार्य गर्दथे । आज त्यो अवस्था छैन । परमादेशबाट बनेको सरकार समर्थित दलहरु हुकुमी गठबन्धनको पक्षमा छन् र त्यही खालको निर्देशन दिइरहेका छन् । हुकुमी चुनावी तालमेलका कारण गठबन्धनमा रहेका दलका कार्यकर्ताहरुमा नैरास्यता छ । यस्तो पनि हुन्छ ? भन्दै उनीहरु भित्र भित्र मुर्मिरिएका छन्, हेरौला चुनावको दिन भन्दै कति तटस्थ बस्ने तयारी गर्दैछन् भने कति त पार्टी छोडेर निष्क्रिय हुने, अर्को पार्टीमा लागिरहेका छन् । जनताको चाहना, कार्यकर्ताको भावना भन्दा पनि मुख्य तीन ठुला नेताको जुंगा जोगाउनका लागि गठबन्धनले हुकुमी चुनावी तालमेललाई अनिवार्य ठानेको छ ।

समय परिवर्तनसँगै ढोकामा पनि नविनता : नेपालमै उत्पादित ढोका प्रयोग गरौं

एउटा सिंगो घर मात्र होइन घर । समग्र सामग्रीको संयोजन हो, घर । त्यसमा विविध निर्माण सामग्री, इन्टेरियर र आउटडोर डिजाइन, शैली आदि मुख्य पर्छ । त्यसभित्र पनि समयको माग र प्रविधिको विकाससँगै नवीन सामग्रीको प्रयोग स्वाभाविकै हो । यिनै प्रविधिको विकासले ढोकामा नवीनता थप्दै गएको देख्न सकिन्छ । हाल नेपाली बजार धेरै खालका रेडिमेड ढोकाहरु पाइन्छन । जसमा सवैभन्दा धेरै नेपालबाहिर बाट आयात हुदैं आएका छन् । मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक अर्वौंको काठ तथा काठजन्य सामग्री आयात हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस