Namaste Icon
Ad

सुर्खेतकाे चिङ्गाड एमालेको लाल किल्ला बन्नेछ : डिलबहादुर खत्री

सुर्खेतकाे चिङ्गाड एमालेको लाल किल्ला बन्नेछ : डिलबहादुर खत्री
नेकपा एमाले सुर्खेतका युवा नेता डिलबहादुर खत्री

सुर्खेतको स्थानीय तह चिङ्गाड गाउँपालिका २ रानिबासबाट एमाले राजनीतिमा होमिएका डिलबहादुर खत्री झन्डै २५ बर्ष देखि नेकपा एमालेमा क्रियाशील नेताका रूपमा चिनिन्छन् । २०४९ सालमा पार्टी सदस्यता लिएका डिल बहादुर खत्रीले पार्टीका विभिन्न महत्त्वपूर्ण जिम्मेवारी पुरा गरेका छन् । खत्रीले २०५७ सालमा इलाका कामिटिको जिम्मेवारी निभाएका थिए । इलाका कमिटी हुदै क्षेत्रीय कमिटिमा प्रवेश गरेपछि युवा नेता खत्रीले पार्टी भित्र विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् । चिङ्गाडी जनताले यसपटक पनि गल्ती गरे चिङ्गाडको विकास दश बर्ष पछाडि धकेलिने उनको भनाइ छ । चिङ्गाडको समग्र विकास नेकपा एमालेले मात्रै गर्न सक्ने भएकोले यसपटकको स्थानीय तहको निर्वाचनमा चिङ्गाडि जनताले नेकपा एमालेलाई बहुमतका साथ बिजयी गराउन अपिल गरेका छन । चिङ्गाडको समग्र विकास र चिङ्गाडि जनताको जिवन स्तर उकास्नका निम्ति एमालेको नेतृत्व अपरिहार्य भएको समेत दावि गरेका छन् । यसैसन्दर्भमा युवा नेता डिलबहादुर खत्रीसँग दर्पण दैनिककर्मी खगेन्द्र हमालले गरेको कुराकानीको सम्पादित अंशः


स्थानीय तहको निर्वाचन नजिकिदै छ चिङ्गाडमा नेकपा एमालेको कस्तो तयारी हुदैछ ?
चिङ्गाडको सन्दर्भमा हाम्रो पार्टीले पार्टीको सर्कुलर अनुसार चुनाव लक्षित राजनीतिक गतिविधि निरन्तर अगाडि बढाईरहेको छ ।पार्टीका नियमित गतिविधि निर्वाद रुपमा अगाडि बढाएको छ ।हामि निरन्तर लागिपरेका छौंं ।


चिङ्गाडमा स्थानीय सरकारले अहिलेसम्म गरेका विकास निर्माणका कार्यहरुलाई नेकपा एमालेले कस्तो समिक्षा गरेको छ ?
गत स्थानीय तहको निर्वाचनमा चिङ्गाडमा नेपाली कांग्रेसको नेतृत्वमा स्थानीय सरकार गठन भए पछि चिङ्गाडी जनतालाई शिक्षा, स्वास्थ्य, रोजगार, इन्फाटेक्चर, कृषि, पशुपालन, जडिबुटी, पर्यटनसंग जोडेर चिङ्गाडको बिकासमा आमूल परिवर्तन गर्न सक्नु पर्थ्यो।तर बिडम्बना त्यस्तो हुन सकेन् । आफ्ना पार्टीका कार्यकर्ताहरुलाई पोस्ने खुसी पार्ने काम बाहेक जनताको उत्पादन र जनजिविकासँग जोडेर बिकास गरेको देखिएन ।

सस्तो लोकपृयताका लागि अब अर्को स्थानिय चुनाव केहि महिना बाकी हुदा कर्मचारी भर्ना गर्ने गरिबी पहिचान गराउने,जनगणना गर्ने, जस्तापाता केहि थाना आफु निकटका हरुलाई वितरण गर्ने बाहेक यो सरकारले केहि काम गरेको छैन् ।जुन तवरबाट स्थानीय सरकारले विकास निर्माण र जनताका जनजीवनका सवालहरुमा गम्भीर भएर काम गर्नु पर्थ्यो त्यो चाहि गर्न सकेन।यसलाई हाम्रो पार्टीले गम्भीर समिक्षा गरेको छ । स्थानीय सरकारले गरेका गलत क्रियाकलापहरुलाई जनतामाझ लिएर जाने र प्रष्ट जनतालाई बुझाउने कार्य निरन्तर अगाडी बढेको छ ।

 

चिङ्गाडको सन्दर्भमा कम्युनिस्टहरु एकजुट हुने सम्भावना कति छ ?

राजनीतिमा असम्भव भन्ने केहि पनि हुदैन सबै सम्भव छ।चिङ्गाडको सन्दर्भमा कम्युनिस्टहरु वीच कार्यगत एकता गर्ने र निर्वाचनमा एकजुट भएर होमिने सम्भावना अहिले पनि जीवित नै छ । मलाई लाग्छ यहाँ कसले जित्ने कसले हार्ने भन्दा पनि चिङ्गाडको समग्र कम्युनिस्ट आन्दोलनले जित्नु पर्छ । चिङ्गाडी जनताले जित्नुपर्छ । यसको लागि चिङ्गाडका कम्युनिस्टहरु एकजुट भएर निर्वाचनमा होमिनुको विकल्प छैन् ।

 

रानिबासमा तपाईंको उम्मेदवारी चर्चामा छ, पार्टीले जिम्मेवारी दिएमा नेतृत्व लिन तयार हुनुहुन्छ ?
यसबारे हाम्रो वडा पार्टी नेतृत्व तहमा बृहत छलफल हुन्छ । पार्टी कमिटीले गरेको निर्णयलाई सबै कमरेडहरुले आत्मसात गर्नुपर्छ ।परिस्थिति चुनौतीपूर्ण छ हामीले मिलेरै सामाना गर्नु पर्नेछ ।गठबन्धन एमालेबिरुद्ध एक भएको अवस्थामा हामीलाई विचार कार्यान्वयन र संगठनमा एकता चाहिएको छ । नेतृत्वमा आकांक्षा राख्नुअघि परिस्थितिलाई विश्लेषण गर्नुपर्छ।विभिन्न परिस्थितिवाट गुज्रेर आउनुभएका एमालेका सबै नेताहरु नेतृत्व गर्न सक्षम हुनुहुन्छ । हाम्रो पार्टीमा नेतृत्वका लागि सबै कमरेडहरु सक्षम हुनुहुन्छ । हामीलाई गर्ब छ हाम्रो पार्टीले समय परिस्थितिलाई मुल्यांकन गरेर उम्मेदवारी छनौट गर्नेछ । त्यसमा मेरो नै उम्मेदवारी हुनुपर्छ भन्ने छैन् ।पार्टीले कसरी जित्छ त्यो परिस्थितिलाई बुझेर पार्टीले उपयुुक्त समयमा उपयुुक्त निर्णय गर्छ ।

 

गत स्थानीय तहको निर्वाचनमा तपाईंले म वडा अध्यक्षमा निर्वाचित भए भने जनप्रतिनिधिका रुपमा राज्यबाट प्राप्त गर्ने कुनैपनि सेवा सुविधा लिने छैन् भन्नुभएको थियो यसपटक यदि तपाईंको उम्मेदवारी पक्का पक्कि भयो भने बोलेको कुरा पुरा गर्नुहुन्छ ?

जनताबाट निर्वाचित जनप्रतिनिधिको हैसियतमा म कुनै पनि राज्यबाट प्राप्त हुने सेवा सुविधा लिने छैन यो मेरो रानिबासका मतदाताहरु सँग प्रतिबद्धता छ । मैले पाउने सेवा सुविधा अति विपन्न गरिव परिवार र वृद्ध आमा बुवा लाई सहयोग गर्नेछु ।राष्ट्रनिर्माणका लागि राजनीतिमा होमिएकोले राज्यको सम्पत्ति दुरुपयोग नगर्ने र त्यसलाई सहि ठाउँमा सदुपयोग गर्ने मेरो प्रतिबद्धता छ ।

सम्बन्धित समाचारहरु

रानिबासमा कांग्रेस एक्लै चुनाव लड्छ : डिलबहादुर रोकाय

नेपाली कांग्रेस चिङ्गाड गाउँपालिका वडा न २ का पूर्वपार्टी सचिव तथा तरुणदल जिल्ला कार्यसमिति सुर्खेतका सदस्य डिल बहादुर रोकायले चिङाडमा बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस कुनै पार्टीसँग गठबन्धन नगर्ने बताएका छन् । नेपाली कांग्रेसलाई निर्वाचनमा पराजित हुन्छु, कि भन्ने त्रास भए रानिबासबाट नेपाली कांग्रेसको नेतृत्व लिन आफु तयार रहेको बताए । पार्टी भित्रको आन्तरिक द्वन्द ६०÷४० को भागबण्डाको अन्त्य गर्नुपर्ने अधिबेसन लाई लिएर पार्टी भित्र रहेको तिक्ततालाई अन्त्य गरि पार्टी भित्र अन्तरघात गर्नेलाई कडा कारबाही गर्ने गरि सबैलाई समेटेर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए । युवा नेता डिलबहादुर रोकायसँग दर्पण दैनिक सुर्खेतका पत्रकार खगेन्द्र हमालले गरेको कुराकानी ः

नेपालमै उत्पादित ढोका बेच्न पाउँदा आफैंलाई भाग्यमानी ठान्छु  : आर्यन भट्ट

कुनै समय अरुको पसलमा मार्केटिङ तथा एकाउन्टको काम गर्ने धनगढीका आर्यन भट्ट अहिले धनगढीका सफल हार्डवेयर तथा नेपाली ढोका व्यवसायी बनेका छन् । कुनै समय काठमाडौंमा पढ्दै गर्दा उनले घरखर्च र आफ्नो पढाइ खर्च ठार्न कै लागि तीन सिफ्ट (विहान, वेलुका र दिउसो) गरि काम गर्थे । तीन सिफ्ट काम गरेर पनि काठमाडौंमा सम्भावना र भविष्य नदेखेपछि उनी धनगढी नै फर्किए । धनगढी फर्किएरपछि उनको जीवकाे टर्निङ प्वाइनट बन्यो डां मोहन साउदसँगको भेट । डां मोहन साउदसँगको भेटपछि आर्यन भट्टको जीवनले अर्कै मोड लियो । खासमा कुरो मेकिलसँग सम्बन्धीत थिएन । कुरो त नेपालमै उत्पादन हुँदै आएको टिम्बर क्राफ्टका स्किन ढोकासँग सम्बन्धित थियो । डां साउदले टिम्बर क्राफ्टसँग गराईदिएको कनेक्सनले नै आर्यन आर्यन भट्ट अहिले टिम्बर क्राफ्टको आधिकारिक डिलर भएर धनगढीबाट सुदुरपश्चिम भर ढोका बेचिरहेका छन् । उनले आज भन्दा ४ बर्ष अगाडि कैलालीको धनगढीमा राजधानी ट्रेड सप्लायर्स खोलेर व्यापार थालेका थिए । उनले सो कामको थालनी टिम्बर क्राफ्टले उत्पादन गरेका ५२ स्किन ढोकाबाटै गरेका थिए । प्रस्तुत छ – हाल बर्षमा झण्डै २ हजार ढोका बेच्दै आएका आर्यन भट्टसँग गरिएको कुराकानीको सम्पादित अंशः

प्रतिक्रिया दिनुहोस