Namaste Icon
Ad

नेपालमै उत्पादित ढोका बेच्न पाउँदा आफैंलाई भाग्यमानी ठान्छु : आर्यन भट्ट

ऋण निकालेर डेढलाखबाट सुरु गरिएको नेपाली ढोका पसलमा अहिले बार्षिक डेढ करोडाबढिको कारोबार हुन्छ

नेपालमै उत्पादित ढोका बेच्न पाउँदा आफैंलाई भाग्यमानी ठान्छु  : आर्यन भट्ट
आर्यन भट्ट, सञ्चालक - राजधानी ट्रेड सप्लायर्स धनगढी कैलाली

कुनै समय अरुको पसलमा मार्केटिङ तथा एकाउन्टको काम गर्ने धनगढीका आर्यन भट्ट अहिले धनगढीका सफल हार्डवेयर तथा नेपाली ढोका व्यवसायी बनेका छन् । कुनै समय काठमाडौंमा पढ्दै गर्दा उनले घरखर्च र आफ्नो पढाइ खर्च ठार्न कै लागि तीन सिफ्ट (विहान, वेलुका र दिउसो) गरि काम गर्थे । तीन सिफ्ट काम गरेर पनि काठमाडौंमा सम्भावना र भविष्य नदेखेपछि उनी धनगढी नै फर्किए । धनगढी फर्किएरपछि उनको जीवकाे टर्निङ प्वाइनट बन्यो डां मोहन साउदसँगको भेट । डां मोहन साउदसँगको भेटपछि आर्यन भट्टको जीवनले अर्कै मोड लियो । खासमा कुरो मेकिलसँग सम्बन्धीत थिएन । कुरो त नेपालमै उत्पादन हुँदै आएको टिम्बर क्राफ्टका स्किन ढोकासँग सम्बन्धित थियो । डां साउदले टिम्बर क्राफ्टसँग गराईदिएको कनेक्सनले नै आर्यन आर्यन भट्ट अहिले टिम्बर क्राफ्टको आधिकारिक डिलर भएर धनगढीबाट सुदुरपश्चिम भर ढोका बेचिरहेका छन् । उनले आज भन्दा ४ बर्ष अगाडि कैलालीको धनगढीमा राजधानी ट्रेड सप्लायर्स खोलेर व्यापार थालेका थिए । उनले सो कामको थालनी टिम्बर क्राफ्टले उत्पादन गरेका ५२ स्किन ढोकाबाटै गरेका थिए । प्रस्तुत छ – हाल बर्षमा झण्डै २ हजार ढोका बेच्दै आएका आर्यन भट्टसँग गरिएको कुराकानीको सम्पादित अंशः


राजधानी ट्रेड सप्लायर्स सुरु गर्नु भन्दा पहिला के गर्नुहुन्थ्यो ?
म यो भन्दा पहिला सर काठमाडौं बिटि सप्लार्समा २ वर्ष एकाउन्टमा काम गरे । त्यो भन्दा अगाडि धनगढी मै २ वर्ष चौलानी पुस्तक भण्डारमा २ वर्ष काम गरे । पढ्दै काम गर्दै जादा मार्केटिङ गर्न त्यहिंबाट सिके । अरुसाथीहरु घुम्न जान्थे, विदा मनाउथे भने म तीन सिफ्टमा काम गर्थे, किनकी मेरो घरायसी अवस्था आर्थिक हिसाबले सम्पन्न थिएन ।

आमा–बुवाको इच्छा त्यति ठुलो खास नभएपनि आर्थिक अवस्था कमजोर भएको कारण पढेर राम्रो नोकरी गरिदिए हुन्थ्यो भन्ने थियो । काम गर्दा गर्दै धनगढीबाट काठमाडौं पुगे पनि म अर्काको काम (जागिर खाएर) गरेर जीवन धान्नु पर्ने अवस्थामा म खुसि थिइन । घरपरिवारले बैंकक वित्तिय संस्था एवंम सरकारी क्षेत्रममा काम गरोस भन्ने भएपनि पुरा गर्न सकेको छैन, तर परिवारलाई खुसि भने दिएको छु जस्तो लाग्छ । अहिले मेरो घरपरिवार निकै खुसि हुनुहुन्छ । म सँगै पढेका साथीहरु, छिमेकीहरु विदेश तीर हुदाँ म चाँहि विदेशमा कमाउने जति यहिं बसेर कमाइरहेको छु । साँझ–विहान छोरो घरमै आएर आफ्नो काम गएको देख्दा मेरा आमा–बुवा खुसि हुनुहुन्छ । उहाँहरुको खसि नै मेरौ संसारको ठुलो खुसि भएकोले उर्जा प्राप्त भइरहेको छ ।

 

टिम्बर क्राफ्टसँग सहकार्य कसरि भयो ?
म काठमाडौंबाट धनगढी फर्केर आएको थिँए । टिम्बर क्राफ्टका प्रबन्ध निर्देशक ज्यु योगेन्द्रजंग बस्नेतको बहिनी ज्वाँइ मोहन साउदसँग मेरो भेट भएको थियो । त्यहिं भेट पछि योगेन्द्र सर सँग भेट भयो र ढोकाको लागि कुरा भएपछि २ प्रतिशत व्याजदरमा स्थानीयबाटै डेढलाख ऋण निकालेर पहिलो पटक ५२ वटा ढोका ल्याए । आज भन्दा ४ वर्ष अगाडि धनगढीमा राजधानी ट्रेड सप्लायर्स धनगढी खोलेर हार्डवेयर तथा ढोकाको व्यापार थालेको थिए ।

हाल मेरोमा ढोकाको मात्रै डेढ करोडको कारोबार हुन्छ । मेरो आल्मुनियम उद्योग पनि छ मेरो भाइले चलाउछ । ढोकाको क्षेत्रमा भन्ने हो भने टिम्बर क्राफ्टको आधिकारीक डिलर भएर नेपाली स्किन ढोका बेचिरहेको छु, भने भारतीय कम्पनीको प्लाइको ढोका पनि बेच्ने गरेको छु ।

सुदुरपश्चिमा ग्राहकहरुको प्रतिक्रिया के कस्तो छ ?
सुदुरपश्चिम प्रदेश भरिमै टिम्बर क्राफ्टका मेरो पहिलो डिलर हो । मैले लगभग ९ वटै जिल्लामा ढोका पुर्याउन सफल भएको छु । धनगढीबाट सुदुरका सबै जिल्लामा ढोका पठाउने गरेको छु । विशेष गरि हाइप्रोफाइ मानिसहरु भने टिम्बरको स्किन डोर मात्र प्रयोग गर्नुहुन्छ । ग्राहक त सबै वर्गका छन् । मेरा जति पनि ग्राहक हुनुहुन्छ सबैजना खुसि हुनुुहुन्छ । यो चार बर्षको समयमा एउटा ढोका पनि रिप्लेसमेन्टको लागि कम्पनीमा पठाएको छैन् । यसकारण पनि ग्राहक निकै खुसि हुनुहुन्छ भन्ने बुझ्नु पर्यो ।

 

टिम्बर क्राफ्टका ढोका ग्राहकको रोजाईमा पर्नुको मुख्य कारण के हो ?
टिम्बर क्राफ्टका ढोकाहरु आफ्नो इच्छा अनुसार कलर (रङ) लगाउन मिल्छ । वाटर प्रुफ छन् । ट्वाइलेट, बाथरुम, बाल्कोनी जुनसुकै ठाँउमा पनि निर्धक्क लगाउन पाइन्छ । किरा धमिरा लाग्दैन् । बांगोटिंगो हुदैन् । १० वर्षे रिप्लेसमेन्ट वारेन्टी लगायतका कारणले टिम्बर क्राफ्टका स्किन ढोकाहरुमा ग्राहको रोजाई बढ्दै गएको छ । औषतजसो मानिसहरु जीवनमा एकपल्टमात्र घर बनाउछन्, उहाँहरुले नै टिम्बरका ढोका बढि प्रयोग गर्नुहुन्छ ।

ढोकाको बजार विस्तार कसरि भइरहेको छ ?
विकास र शहरीकरणको क्रममा रहेको सुदुरपश्चिममा निर्माण सामाग्री सँगै ढोकाको पनि बजार द्रुत गतिमा बढिरहेको छ । टिम्बरका ढोकाहरुबारे हामीले जानकारी गराउछौं । मार्केटिङ आफै गर्छौं । अझ भन्नु पर्दा इन्टरनेट र सोसल मिडियामा हेरेर पनि ग्राहक हामीकहाँ आउनुहुन्छ । बर्षमा मेरोबाट २००० पिस सम्म ढोका बेच्ने गरेको छु । यहाँको ठुलो बजार भनेको कैलाली को धनगढी बजार नै हो । टिकापुर, महेन्द्रनगर, अत्तरिया लगायतका ठाँउमा पनि जान्छ ।


ग्राहकको घरसम्म ढोका कसरी ढुवानी हुन्छ ?
सकेसम्म ग्राहकलाई दुख मर्का नपर्ने गरि हामीले ढोका पठाउने गरेका छौं । सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा भने बस तथा ट्रक मार्फत पठाउने गरेका छौं ।

 

नेपाली ढोकाहरु देशव्यापी पुर्याउन के गर्नुपर्ला ?
सबैभन्दा पहिला त उत्पादन बढाउनु पर्यो । समयमै ढोका पाउनु पर्यो ।

 

टिम्बर क्राफ्टका ढोकामात्र किन बेच्नु भयो ?
अहिले अरु रेडिमेड ढोकाहरु जस्तै प्लाईको ढोकाहरु जसले पनि बेच्ने, जहाँ पनि पाउने तर विश्वासिलो नभएको कारण ग्राहकले दुख पनि पाउन थाले । स्किन ढोका नेपाली उत्पादन भएकोले पनि मैले झन झन व्यापार विस्तार गर्दै गएको छु । नेपालमै उत्पादित अन्तरराष्ट्रिय स्तरको ढोका बेच्न पाउनु भाग्यमानी पनि ठान्छु । किनकी मैले ढोका बेचेका ग्राहक कसैले पनि ढोका नराम्रो रहेछ भनेर समेत भन्नु भएको छैन । बेच्न पनि सजिलो छ । त्यसकारण मैले टिम्बर क्राफ्टका ढोका बेच्न बल गरेको हुँ ।

सम्बन्धित समाचारहरु

रानिबासमा कांग्रेस एक्लै चुनाव लड्छ : डिलबहादुर रोकाय

नेपाली कांग्रेस चिङ्गाड गाउँपालिका वडा न २ का पूर्वपार्टी सचिव तथा तरुणदल जिल्ला कार्यसमिति सुर्खेतका सदस्य डिल बहादुर रोकायले चिङाडमा बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस कुनै पार्टीसँग गठबन्धन नगर्ने बताएका छन् । नेपाली कांग्रेसलाई निर्वाचनमा पराजित हुन्छु, कि भन्ने त्रास भए रानिबासबाट नेपाली कांग्रेसको नेतृत्व लिन आफु तयार रहेको बताए । पार्टी भित्रको आन्तरिक द्वन्द ६०÷४० को भागबण्डाको अन्त्य गर्नुपर्ने अधिबेसन लाई लिएर पार्टी भित्र रहेको तिक्ततालाई अन्त्य गरि पार्टी भित्र अन्तरघात गर्नेलाई कडा कारबाही गर्ने गरि सबैलाई समेटेर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए । युवा नेता डिलबहादुर रोकायसँग दर्पण दैनिक सुर्खेतका पत्रकार खगेन्द्र हमालले गरेको कुराकानी ः

सुर्खेतकाे चिङ्गाड एमालेको लाल किल्ला बन्नेछ : डिलबहादुर खत्री

सुर्खेतको स्थानीय तह चिङ्गाड गाउँपालिका २ रानिबासबाट एमाले राजनीतिमा होमिएका डिलबहादुर खत्री झन्डै २५ बर्ष देखि नेकपा एमालेमा क्रियाशील नेताका रूपमा चिनिन्छन् । २०४९ सालमा पार्टी सदस्यता लिएका डिल बहादुर खत्रीले पार्टीका विभिन्न महत्त्वपूर्ण जिम्मेवारी पुरा गरेका छन् । खत्रीले २०५७ सालमा इलाका कामिटिको जिम्मेवारी निभाएका थिए । इलाका कमिटी हुदै क्षेत्रीय कमिटिमा प्रवेश गरेपछि युवा नेता खत्रीले पार्टी भित्र विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् । चिङ्गाडी जनताले यसपटक पनि गल्ती गरे चिङ्गाडको विकास दश बर्ष पछाडि धकेलिने उनको भनाइ छ । चिङ्गाडको समग्र विकास नेकपा एमालेले मात्रै गर्न सक्ने भएकोले यसपटकको स्थानीय तहको निर्वाचनमा चिङ्गाडि जनताले नेकपा एमालेलाई बहुमतका साथ बिजयी गराउन अपिल गरेका छन । चिङ्गाडको समग्र विकास र चिङ्गाडि जनताको जिवन स्तर उकास्नका निम्ति एमालेको नेतृत्व अपरिहार्य भएको समेत दावि गरेका छन् । यसैसन्दर्भमा युवा नेता डिलबहादुर खत्रीसँग दर्पण दैनिककर्मी खगेन्द्र हमालले गरेको कुराकानीको सम्पादित अंशः

प्रतिक्रिया दिनुहोस