Namaste Icon
Ad

रानिबासमा कांग्रेस एक्लै चुनाव लड्छ : डिलबहादुर रोकाय

रानिबासमा कांग्रेस एक्लै चुनाव लड्छ : डिलबहादुर रोकाय
डिलबहादुर रोकाया, नेता – नेपाली कांग्रेस, सुर्खेत

नेपाली कांग्रेस चिङ्गाड गाउँपालिका वडा न २ का पूर्वपार्टी सचिव तथा तरुणदल जिल्ला कार्यसमिति सुर्खेतका सदस्य डिल बहादुर रोकायले चिङाडमा बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस कुनै पार्टीसँग गठबन्धन नगर्ने बताएका छन् । नेपाली कांग्रेसलाई निर्वाचनमा पराजित हुन्छु, कि भन्ने त्रास भए रानिबासबाट नेपाली कांग्रेसको नेतृत्व लिन आफु तयार रहेको बताए । पार्टी भित्रको आन्तरिक द्वन्द ६०÷४० को भागबण्डाको अन्त्य गर्नुपर्ने अधिबेसन लाई लिएर पार्टी भित्र रहेको तिक्ततालाई अन्त्य गरि पार्टी भित्र अन्तरघात गर्नेलाई कडा कारबाही गर्ने गरि सबैलाई समेटेर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए । युवा नेता डिलबहादुर रोकायसँदर्पण दैनिक सुर्खेतका पत्रकार खगेन्द्र हमालले गरेको कुराकानी ः


नेपाली कांग्रेस नेतृत्वको स्थानीय सरकारले रानिबासमा जनआपेक्षा अनुसार विकास गरेको छ ?

जनताले आपेक्षा गरेअनुसारको परिणाम दिन नसके पनि केहि पनि विकास भएको छैन्, भनेर प्रचारप्रसार गर्नु गलत हुन्छ । जति नेतृत्वले रिजल्ट दिनुपर्ने थियोे, त्यति जनताले परिणाम प्राप्त नगरेता पनि रानिबासमा विकास चाहि नभएको भने होईन् । शिक्षा स्वास्थ्य सडक खानेपानी लगायतका क्षेत्रमा राम्रो विकास भएको छ । खानेपानी टोल–टोलमा छ साना सिचाँई ट्याङी टोल टोलमा निर्माण भएका छन्। यतिमात्र पुग्दैन रानिबासलाई दिगो विकासको आवस्यकता छ।त्यो संभावना तबमात्र छ जब नेतृत्व सबल हुन्छ।नेपाली काङ्ग्रेस रानिबासले अहिलेको अवस्थामा त्यस्तो खालको नेतृत्व खोजिरहेको छ।


गत निर्वाचनमा जनता माझ नेपाली कांग्रेस रानिबासले गरेका प्रतिबद्धताहरु साच्चिकै कार्यन्वयन भएका छन त ?

गत चुनाबमा कांग्रेसले गरेका प्रतिबद्धता र उम्मेदारले गरेका घोषणा पत्रमा के के प्रतिबद्धता थिए । त्यो त उम्मेद्वारले कति पूरा गरे गरेनन् रानिबासका जनतालाई प्रष्ट थाहा छ । जनताको पक्षमा राम्रो काम गरे जनताले जिताउछन ।


जनताबाट निर्वाचित नेतृत्वले जनआपेक्षा अनुसार किन विकास निर्माण गर्न किन सकेनन् ?

बिल्कुलै गरेनन् भन्ने चाहि होईन जति गर्नुपर्ने थियो जुन परिणाम जनतालाई दिनुपर्थ्यो त्यति परिणाम दिन नसकेको प्रष्ट यथार्थ हो ।

 

चिङ्गाडमा काङ्ग्रेसले गठबन्धन गर्छ कि एक्लै चुनावमा होमिन्छ ?

मेरो बिचारमा पार्टी जोगाउनका लागि पनि गठबन्धन गर्नु हुदैन् । चिङ्गाडमा नेपालीकांग्रेस एक्लै चुनावमा होमिन सक्ने ल्याकत राख्छ ।


अबको नेतृत्व कस्तो होस भन्ने नेपाली कांग्रेसको चाहाना हो ?

वडा अध्यक्षको नाममा भोटका लागि सत्तामा पुग्ने त्यसपछि ब्यक्तिगत स्वार्थमा रमाउनेहरुको अन्त्य होस र रानिबासको समग्र विकासमा परिणाम देखाउने नेतृत्व अबको आवस्यकता हो र त्यस्तो नेतृत्व आउनुपर्छ भन्ने हो । भाषण र कागजी सम्झौता गरेर सधै जनतालाई राजनीतिक भर्‍याङका रुपमा प्रयोग गरिरहने नेतृत्वको अन्त्य गरि सबल र अब्बल नेतृत्व कांग्रेसले चुनोस भन्ने हो ।


रानिबासमा नेपाली कांग्रेस वडाध्यक्षको उम्मेदवारीमा तपाईको पनि चाहना छ भन्ने चर्चा चलिरहेको छ कति सत्य हो ?

मेरो चाहना हुनु स्वभाविक नै हो । अहिले नै मैले घोषणा गर्न मिल्दैन । टिकट पार्टीले दिने हो ।अहिलेका रानिबासका जनताहरु छिटो परिणाम चाहान्छन । त्यो परिणाम अहिलेको युवा पुस्ताले सजिलै दिन सक्छन । मलाई लाग्छ यो मेरो मात्रै दावी भन्नु भन्दा पनि समय परिस्थितिको माग हो ।रानिबासका आम जनताको चाहाना हो । टिकट दिने कुरामा हाम्रो पार्टीले उपयुक्त समयमा उपयुक्त निर्णय लिनेछ भन्नेमा म निकै आशावादी छु ।

सम्बन्धित समाचारहरु

नेपालमै उत्पादित ढोका बेच्न पाउँदा आफैंलाई भाग्यमानी ठान्छु  : आर्यन भट्ट

कुनै समय अरुको पसलमा मार्केटिङ तथा एकाउन्टको काम गर्ने धनगढीका आर्यन भट्ट अहिले धनगढीका सफल हार्डवेयर तथा नेपाली ढोका व्यवसायी बनेका छन् । कुनै समय काठमाडौंमा पढ्दै गर्दा उनले घरखर्च र आफ्नो पढाइ खर्च ठार्न कै लागि तीन सिफ्ट (विहान, वेलुका र दिउसो) गरि काम गर्थे । तीन सिफ्ट काम गरेर पनि काठमाडौंमा सम्भावना र भविष्य नदेखेपछि उनी धनगढी नै फर्किए । धनगढी फर्किएरपछि उनको जीवकाे टर्निङ प्वाइनट बन्यो डां मोहन साउदसँगको भेट । डां मोहन साउदसँगको भेटपछि आर्यन भट्टको जीवनले अर्कै मोड लियो । खासमा कुरो मेकिलसँग सम्बन्धीत थिएन । कुरो त नेपालमै उत्पादन हुँदै आएको टिम्बर क्राफ्टका स्किन ढोकासँग सम्बन्धित थियो । डां साउदले टिम्बर क्राफ्टसँग गराईदिएको कनेक्सनले नै आर्यन आर्यन भट्ट अहिले टिम्बर क्राफ्टको आधिकारिक डिलर भएर धनगढीबाट सुदुरपश्चिम भर ढोका बेचिरहेका छन् । उनले आज भन्दा ४ बर्ष अगाडि कैलालीको धनगढीमा राजधानी ट्रेड सप्लायर्स खोलेर व्यापार थालेका थिए । उनले सो कामको थालनी टिम्बर क्राफ्टले उत्पादन गरेका ५२ स्किन ढोकाबाटै गरेका थिए । प्रस्तुत छ – हाल बर्षमा झण्डै २ हजार ढोका बेच्दै आएका आर्यन भट्टसँग गरिएको कुराकानीको सम्पादित अंशः

सुर्खेतकाे चिङ्गाड एमालेको लाल किल्ला बन्नेछ : डिलबहादुर खत्री

सुर्खेतको स्थानीय तह चिङ्गाड गाउँपालिका २ रानिबासबाट एमाले राजनीतिमा होमिएका डिलबहादुर खत्री झन्डै २५ बर्ष देखि नेकपा एमालेमा क्रियाशील नेताका रूपमा चिनिन्छन् । २०४९ सालमा पार्टी सदस्यता लिएका डिल बहादुर खत्रीले पार्टीका विभिन्न महत्त्वपूर्ण जिम्मेवारी पुरा गरेका छन् । खत्रीले २०५७ सालमा इलाका कामिटिको जिम्मेवारी निभाएका थिए । इलाका कमिटी हुदै क्षेत्रीय कमिटिमा प्रवेश गरेपछि युवा नेता खत्रीले पार्टी भित्र विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् । चिङ्गाडी जनताले यसपटक पनि गल्ती गरे चिङ्गाडको विकास दश बर्ष पछाडि धकेलिने उनको भनाइ छ । चिङ्गाडको समग्र विकास नेकपा एमालेले मात्रै गर्न सक्ने भएकोले यसपटकको स्थानीय तहको निर्वाचनमा चिङ्गाडि जनताले नेकपा एमालेलाई बहुमतका साथ बिजयी गराउन अपिल गरेका छन । चिङ्गाडको समग्र विकास र चिङ्गाडि जनताको जिवन स्तर उकास्नका निम्ति एमालेको नेतृत्व अपरिहार्य भएको समेत दावि गरेका छन् । यसैसन्दर्भमा युवा नेता डिलबहादुर खत्रीसँग दर्पण दैनिककर्मी खगेन्द्र हमालले गरेको कुराकानीको सम्पादित अंशः

प्रतिक्रिया दिनुहोस