Namaste Icon
Ad

अनुजाको त्यो खुसि !

नेपाली ढोकाको मार्केटिङमा उत्कृष्ट काम गर्ने अनुजा चौधरी सम्मानित

अनुजाको त्यो खुसि !

इटहरी । काम ठुलो र सानो भन्ने हुँदैन र त्यो कामले दिएको सुसि पनि सम्बन्धीत व्यक्तिको लागि ठुलो सानो हुँदैन । यस्तैमा एक युवती जो भविष्यमा अरु नै पेशा व्यवसाय गर्छु भनेर पढ्दै थिइन् तर आफ्नो खर्च जुटाउन उनलाई काम गर्नु परिरहेको थियो । सोहि बेला उनले काम पाईन नेपाली ढोका बेच्ने कार्यालय (मामा भान्जा ट्रेडस) मा । मार्केटिङ भनेपछि नाक खुम्च्याउने हाम्रो समाजमा उनले मार्केटिङकै काम गर्नु पर्यो । दैनिकरुपमा दर्जनौंसँग नेपाली ढोकाबारे जानकारी दिनु र ढोका किन्न उत्प्रेरित गर्ने उनको त्यो काम जसले आज उनलाई सम्मानित बनायो ।

अरुको लागि यो सम्मान सानो होला तर एक युवती जो केहि गर्छु भन्दै मार्केटिङकाे काम गरिन र सिक्दै गर्दा सम्मानित हुन पुगिन त्यो उनको लागि जीवनमै एउटा अमुल्य छ । जागिर गर्दै गर्दा जति राम्रो गरेपनि राम्राे भएन भनेर मालिकहरु रिसाउछन भन्ने सुनेकी अनुजाले तीन वर्ष काम गर्दै गर्दा  मामा भान्जा ट्रेडसमा को मालिक ? को कामदार ? छुट्याउन पनि सकिनन् । उनले सबै समान पाईन् । एउटा बच्चालाई सानो उत्प्रेरणले भविष्यमा ठुलो मान्छे बन्न सहयोग पुगेजस्तै यो सम्मानले अनुजालाई पनि भविष्यमा केहि राम्रो गर्न उत्प्ररेण पुग्नेमा दूईमत छैन् ।

आजभन्दा तीन वर्ष अगाडि इटहरीकी अनुजा चौधरी १२ कक्षा पढ्दै थिइन । उनी पढाईसँगै काम खोज्दै थिइन् । सोहि समयमा आफन्तबाट टिम्बर क्राफ्टका ढोकाहरु बिक्री गर्दै आएको मामा भान्जा ट्रेडसमा काम गर्न थालिन् । उनी पढ्दै काम गर्दै जादा हाल स्नातक दोश्रो वर्षमा पढ्दै छिन । सेल्स म्यानेजर भएर सक्रियरुपमा काम गरिरहेकी अनुजालाई मार्केटिङको क्षेत्रमा उत्कृष्ठ काम गरेको भन्दै सम्मान गरिएको छ । उनलाई नेपाली स्किन ढोकाहरुको क्षेत्रमा विगत लामो समयदेखि इटहरीबाट पूर्वाञ्चलमा सेवा दिंदै आएको मामा भान्जा ट्रेडसको आयोजनामा गरिएको डिलर मिट कार्यक्रममा टिम्बर क्राफ्टका प्रबन्ध निर्देशक योगेन्द्रजंग बस्नेतले सम्मान गरे ।

चौधरी विगत ३ वर्षदेखि मामा भान्जा ट्रेडसमा कायर्रत छिन् । सम्मान पाएपछि खसि व्यक्त गर्दै चौधरीले आफ्नोलागि जीवनकै महत्वपूर्ण क्षण भएको र आगामी दिनमा थप काम गर्ने हौसल प्राप्त भएको बताईन । उनले भनिन, ‘यो मेरो लागि निकै ठुलो उपलब्धि हो । म यहाँ काम गर्दै जादा घर परवारकै वातावरण पाए । यहाँ काम गर्दै गर्दा पढ्न पाएकी छु ।’ चौधरीले यति राम्रो कार्यालय छोडेर अन्त काम गर्न जान मन नै नलागेको सुनाइन । उनले भनिन, ‘यति राम्रो ठाँउ अन्त पाइएदैन होला भनेर म यतै अडिए । अब त झन जिम्मेवारी थपियो ।’

 

सम्बन्धित समाचारहरु

नौ महिनामा साढे तीन करोडकाे मही आयात

नौ महिनामा साढे तीन करोडकाे मही आयात

काठमाडाैं । घरभरि लैना बकेर्ना भैँसी पाल्ने, दैनिक नै भरपेट मही खाने नेपालीले पछिल्ला दिनमा त्यही मही समेत विदेशबाट आयात गरेर पिउने गरेका छन् । गाउँमा युवा भेटिँदैनन् । वृद्धवृद्धाले चौपाया पाल्न सक्ने अवस्था छैन । खेतबारी बाँझो छ । सायद यसैकारण हुनसक्छ, मही समेत आयात गर्नुपर्ने अवस्था छ हाम्रो ।

एमालेबाट काठमाडौंकाे मेयरमा भिड्दै केशव स्थापित

एमालेबाट काठमाडौंकाे मेयरमा भिड्दै केशव स्थापित

काठमाडौं । एमालेले शनिबार पार्टीको केन्द्रीय सचिवालय बैठकमा काठमाडौं महानगरपालिका मेयर उम्मेदवार केशव स्थापितलाई बनाउने निर्णय गरेको छ । स्थापित यसअघि २०५४ सालमा पनि मेयर निर्वाचित भएका थिए । एमाले विभाजन भएर माले बनेसँगै उनी मालेमा गएका थिए । २०५९ सालमा एमाले र मालेको एकता भएसँगै उनी एमाले फर्किए। तर २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएसँगै उनी दरबारसँग निकट थिए । केही समय काठमाडौं महानगरको मेयर मनोनित भएका थिए । एमाले छाडेर प्रजापरिषद आबद्ध भएका स्थापित २०६४ को संविधानसभा निर्वाचनमा एमालेमै फर्किएका थिए । एमालेको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका स्थापित त्यसपछि माओवादीसँग नजिकिएका थिए ।

प्रतिक्रिया दिनुहोस