Namaste Icon
Ad

साढे ७ अर्बको आलु आयात

साढे ७ अर्बको आलु आयात

काठमाडौं । एक बर्षमा भारतबाट साढे ७ अर्ब रुपैयाँको आलु आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब ३० करोड ७० लाख रुपैयाँको आलु आयात भएको थियो । यो हालसम्मकै उच्च हो । आयातित आलुबाट नेपालले ६८ करोड १३ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको थियो । चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा ६ अर्ब ५४ करोड ५५ लाख रुपैयाँको २६ करोड २४ लाख रुपैँयाको ५१ हजार केजी आलु आयात भएको छ । उक्त आलुबाट नेपालले ६० करोड ६२ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

कृषिप्रधान देश भनिए पछि हरेक वर्ष आलुको आयात वृद्धि उच्च भइरहेको छ । पछिल्लो पाँच वर्षदेखि नेपालमा आलु आयातको ग्राफ बढ्दो अवस्थामा रहेको छ । हरेक सिजनमा आन्तरिक कृषकले उत्पादन गरेको आलु बजारमा आउछ । तर, आन्तरिक उत्पादनले बजार धान्न नसक्ने भएपनि उच्च रूपमा आयात हुने गरेको सरोकारवालाको भनाई छ ।

मुलुकमा हरेक वर्ष आलु आयात उच्चदरले वृद्धि भइरहेको छ । नेपालले आव २०७६/७७ मा ६ अर्ब ३२ करोड ८५ लाख रुपैयाँको २५ करोड २२ लाख ३९ हजार केजी आयात गरेको थियो । आव २०७५/७६ मा ५ अर्ब ८१ करोड १७ लाखको २७ करोड ३९ लाख ८४ हजार केजी र आव २०७४/७५ मा ५ अर्ब ७४ करोड २४ लाख रुपैयाँको ३५ करोड ५४ लाख ४१ हजार केजी आलु आयात गरेको थियो । उक्त आलु नेपालले भारत र बंगलादेशबाट आयात गर्दै आएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब ३० करोड ७० लाख रुपैयाँको आलु आयात भएकोमा चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा ६ अर्ब ५४ करोड ५५ लाख रुपैयाँको २६ करोड २४ लाख रुपैँयाको आलु आयात भएको भन्सार बिभागले जनाएको छ ।

नेपालले खानाका लागि मात्रै नभएर उत्पादनका लागि आवश्यक आलुको बिउ पनि उच्च रूपमा आयात गरेको विभागको तथ्याकले देखाएको छ । नेपालले ५ वर्षको अवधिमा मात्रै २ करोड रुपैयाँ बढीको आलुको बिउ आयात गरेको छ । नेपालले आव २०७४/७५ देखि चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा २ करोड १८ लाख ८३ हजार केजी आलुको बिउ आयात गरेको छ ।

नेपालले आव २०७४/७५ मा १ करोडको आलुको बिउ आयात गरेको थियो भने आव २०७५/७६ मा ७४ लाख ५९ हजारको, आव २०७६/७७ मा २ लाख ८१ हजार, आव २०७७/७८ मा २७ लाखको र चालु आवको फागुन मसान्तसम्ममा १३ लाख ४० हजारको आलुको बिउ मात्रै आयात गरेको विभागको तथ्याक रहेको छ ।

आलुको बिउसँगै आलुको चिप्स ‘फ्रेन्चफ्राई’ पनि उच्च रूपमा आयात भइरहेको छ । वार्षिक रूपमा नेपालले आलुको चिप्स मात्रै करिब साढे १ अर्बको आयात गरेको तथ्याकले देखाएको छ । गत वर्षमात्रै नेपालले १ अर्ब ४६ करोड १४ लाख रुपैयाँको ५ करोड ७६ लाख ८९ हजार केजी आलु चिप्स आयात गरेको थियो ।

त्यस्तै, चालु आवको ८ महिनाको अवधिमा मात्रै नेपालले २६ करोड ७२ लाखको आलु चिप्स आयात गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालले १ अर्ब ९६ करोड ३९ लाखको ७ करोड ९७ लाख ५७ हजार केजी, आव २०७५/७६ मा १ अर्ब ५० करोड ५१ लाखको ७ करोड २८ लाख ८८ हजार केजी र आव २०७४/७५ मा ६० करोड ३२ लाख रुपैयाँको २ करोड ९० लाख ६२ हजार केजी आलुको चिप्स आयात गरेको थियो ।

सम्बन्धित समाचारहरु

सामूहिकरुपमा गरिएको जडीबुटी र घाँसखेतीबाट आयआर्जन

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्त समूहद्वारा बिजुलीको तार बिछ्याएको स्थानमा सामूहिकरुपमा गरिएको जडीबुटी र घाँसखेतीबाट आयआर्जन गर्न थालिएको छ । उक्त समूहका विपन्न, दलित र जनजाति महिलाले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै आएका छन् । समूहकी अध्यक्ष चम्पामाया परियारले सामूहिकरूपमा जडीबुटी खेती र घाँसको बिरुवा रोपेर बाख्रापालन गरी आम्दानी गर्न सहयोग पुगेको बताइन् । उनले भननिन्, ‘यसरी आम्दानी गर्न सकिन्छ जस्तो लागेको थिएन, गरे नहुने केही रहेनछ ।’

भकान्जे विश्वकै सबैभन्दा गुणस्तरीय चिया उत्पादन हुने ठाउँ

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका ५ भकान्जेका कृषकहरुले चिया खेतिमा चासो दिएका छन । भकान्जेका कृषकहरुले समुन्द्री सतहदेखि ३ हजार ४ सय मिटरसम्म चिया खेति गर्दै आएका छन । यहाँका मानिसहरुको पछिल्लो समयमा जीविकोपार्जन गर्ने माध्यम चिया खेती बनेको छ । कृषकले उत्पादन गरेको चियाको मुना भकान्जे टीस्टेट नामक सँस्थाले खरिद गर्ने गर्दछ । भकान्जे टीस्टेटमा बल्याक टी, ग्रीन टी र गोल्डेन टी प्रशोधन गरेर बनाउने गरिन्छ । यस टीस्टेटमा उत्पादन गरिएको चिया डेनमार्क निर्यात गरिन्छ ।

प्रतिक्रिया दिनुहोस