Namaste Icon
Ad

पाकिस्तानका २३औँ प्रधानमन्त्री बने शेहबाज सरिफ

पाकिस्तानका २३औँ प्रधानमन्त्री बने शेहबाज सरिफ

एजेन्सी । पकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग (नवाज) का अध्यक्ष शेहबाज सरिफ निर्वाचित भएका छन् । सोमबार पाकिस्तानी संसद्मा भएको मतदानमा १ सय ७४ जनाले शेहबाजका पक्षमा मत दिएका हुन् । पाकिस्तान पिपल्स पार्टी (पिपिपी) को समेत समर्थनमा शेहबाज पाकिस्तानका २३औँ प्रधानमन्त्री बनेका हुन् । निवर्तमान प्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टीले भने संसद् बहिष्कार गरेको थियो । शेहबाज सरिफ पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ हुन् । ७० वर्षीय शेहबाज सरिफ यसअघि तीनपटक पञ्जाब प्रान्तको मुख्यमन्त्री भएका थिए ।


नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा जानुअघि निवर्तमान प्रधानमन्त्री इमरान खान पदमुक्त भएका थिए । उनले संसद्मा आफ्नो पक्षको बहुमत गुमाएका थिए । उनले गत साता संसद् विघटन गरेकोमा सर्वाेच्च अदालतले पुनःस्थापना गरिदिएको थियो । अदालतको आदेशबमोजिम शनिबार पाकिस्तानको संसद्मा प्रधानमन्त्री खानको पक्षमा विश्वास नरहेको भन्दै मतदान भएको थियो । संसद्मा दोस्रोपटक भएको मतदान कार्यक्रममा प्रधानमन्त्री खानले आफ्नो बहुमत गुमाएका थिए ।


उनलाई बर्खास्त गर्न विपक्षीलाई जम्मा १ सय ७२ मत आवश्यक पर्नेमा उनको विपक्षमा १ सय ७४ मत परेको थियो । बढ्दो मुद्रास्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण पाकिस्तानमा पनि आर्थिक संकट देखिएको छ । विविध कारण देखाएर पाकिस्तानको संसद्मा विपक्षी सांसदले अविश्वासको मत दर्ता गरेका थिए । त्यस लगत्तै प्रधानमन्त्रीले संसद् विघटन गरेका थिए । इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।

सम्बन्धित समाचारहरु

भारतकाे एक भवनमा आगलागी हुँदा २० जनाको मृत्यु, ४० व्यक्ति घाइते

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । भारतीय राजधानी नयाँ दिल्लीको मुन्डका मेट्रो स्टेसनमा रहेको एक भवनमा शुक्रबार राति आगो लागेको हो ।

यूएईका राष्ट्रपति शेख खालिफाको निधन

यूएईका राष्ट्रपति शेख खालिफाको निधन

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस