Namaste Icon
Ad

कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग

कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग

काठमाडाैं । नेपाल व्यावसायिक बाख्रापालन महासंघले सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्न माग गरेको छ । किसान क्रेडिट कार्डको व्यवस्था, कृषि तथा पशुपक्षीपालन उद्यमीलाई संरक्षण गर्न विद्युत् तथा पूर्वाधारको विकास, कर्जामा सहुलियतलगायत सुविधा उपलब्ध गराउन महासङ्घले माग गरेको हो ।

महासंघका अध्यक्ष प्रेमसागर पौडेलले बाख्रालाई खोरेत र पिपिआर पूर्ण खोपको व्यवस्था, दुर्घटना बीमा, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहन भक्ताको व्यवस्था गरी कृषकलाई बैंकिङ सेवामा सहज पहुँचको सुनिश्चितता सरकारले गर्न सकेमा देशमा कृषि क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे ।

महासंघका कोषाध्यक्ष दीपक गौतमले कृषिमा लागेका जनसङ्ख्याको ६० प्रतिशतले बाख्रापालन गर्ने भए पनि स्वदेशी उत्पादनका लागि सरकारले उचित नीति बनाउन नसकेकाले भारतबाट बाख्रा आयात भइरहेकामा चिन्ता व्यक्त गरे । पशुपालन क्षेत्रमा बीमा कम्पनीले बीमा लिन नखोज्ने, लिएकाको भुक्तानी ढिलाइ गर्ने समस्या रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरु

सामूहिकरुपमा गरिएको जडीबुटी र घाँसखेतीबाट आयआर्जन

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्त समूहद्वारा बिजुलीको तार बिछ्याएको स्थानमा सामूहिकरुपमा गरिएको जडीबुटी र घाँसखेतीबाट आयआर्जन गर्न थालिएको छ । उक्त समूहका विपन्न, दलित र जनजाति महिलाले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै आएका छन् । समूहकी अध्यक्ष चम्पामाया परियारले सामूहिकरूपमा जडीबुटी खेती र घाँसको बिरुवा रोपेर बाख्रापालन गरी आम्दानी गर्न सहयोग पुगेको बताइन् । उनले भननिन्, ‘यसरी आम्दानी गर्न सकिन्छ जस्तो लागेको थिएन, गरे नहुने केही रहेनछ ।’

भकान्जे विश्वकै सबैभन्दा गुणस्तरीय चिया उत्पादन हुने ठाउँ

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका ५ भकान्जेका कृषकहरुले चिया खेतिमा चासो दिएका छन । भकान्जेका कृषकहरुले समुन्द्री सतहदेखि ३ हजार ४ सय मिटरसम्म चिया खेति गर्दै आएका छन । यहाँका मानिसहरुको पछिल्लो समयमा जीविकोपार्जन गर्ने माध्यम चिया खेती बनेको छ । कृषकले उत्पादन गरेको चियाको मुना भकान्जे टीस्टेट नामक सँस्थाले खरिद गर्ने गर्दछ । भकान्जे टीस्टेटमा बल्याक टी, ग्रीन टी र गोल्डेन टी प्रशोधन गरेर बनाउने गरिन्छ । यस टीस्टेटमा उत्पादन गरिएको चिया डेनमार्क निर्यात गरिन्छ ।

प्रतिक्रिया दिनुहोस