Namaste Icon
Ad

यस कारण टिम्बर क्राफ्टका ढोकाहरू ग्राहकले मन पराउछन्

यस कारण टिम्बर क्राफ्टका ढोकाहरू ग्राहकले मन पराउछन्
चुणाध्वज थापा, सेल्स मेनेजर – टिम्बर क्राफ्ट

म विगत साढे २ वर्ष देखि टिम्बर क्राफ्टसँग जोडिएको छु । कोरोनाको माहामारीले समग्र विश्व प्रभावित भएको थियो, तयसको असर हामीलाई नपर्ने त कुरै भएन । अहिले भने टिम्बर क्राफ्टको बजार निकै बढेको छ । वजार व्यवस्थापनमा पनि निकै खटिएका छौं । कोरोनाको समयमा बाहिरबाट आउने कच्चा पदार्थमा केहि ढिलाईले गर्दा केहि प्रभावित भएको थियो । तर अहिले सम्रग बजार लयमा फर्किसकेको छ ।

हामीकहाँ धेरै जसो त आफूबस्नको लागि बनाएको घरको लागि ढोका खोज्न आउनुहुन्छ । घर बनाएर अरुलाई बेच्ने खालका ग्राहक पनि आउनुहुन्छ । आफू बस्नको लागि घर बनाएका ग्राहकले एकदमै मन पराउनु हुन्छ, भने बेच्नको लागि घर बनाउनेहरु पनि यहाँ आइसकेपछि रित्तै हात फर्किनुहुन्न । किनकी अनलाईनमा हेरेर अथवा अरुले भनेको भरमा ढोका खोज्दै आउनु भएको ग्राहकले यहाँ आइसकेपछि प्रत्यक्ष ढोका हेर्नुहुन्छ, प्रत्यक्ष हेरि तथा बुझिसकेपछि हाम्रो ढोका प्रति झन विश्वास गर्नुहुन्छ र रित्तै फर्किने त कुरै भएन ।

अहिले समय परिवर्तन भइसकेको छ । विगतमा राम्रो भए नि नराम्रो भएनि एउटै मात्र प्रयोग गर्थे विकल्प थिएन । तर अहिले त प्रतिष्प्रर्धात्मक बजार भएकोले बजारमा थुप्रै विकल्प छन् । ती थुप्रै विकल्प मध्येको उत्तम विकल्प नेपाली स्किन डोर नै भएकोले यहाँ आइसकेका ग्राहक ढोका लिएरै जानुहुन्छ ।

टिम्बर क्राफ्टका ढोकाहरुमा १० वर्षे रिप्लेसमेन्ट वारेन्टी दिएका छौं । किरा नलाग्ने, आफ्नो इच्छ्या अनुसार रङ लगाउन मिल्ने, वाथरुम वा कौशीमा समेत लगाउन मिल्ने भएपछि यो ढोका प्रति ग्राहकको रोजाइ बढेको हो । यो ढोकामा एउटा रंङ लगाए पछि अर्को रंङ लगाउछु भन्न पनि पाइयो । नेपालमै बनेको भएर पनि धेरैजसो ग्राहकले नेपाली ढोका नै प्रयोग गर्छु भन्नुहुन्छ ।

यहाँ आइसकेपछि ग्राहक हेरेर मात्र फर्किने खासै छैनन्, ९० प्रतिशतले आइसकेपछि ढोका लिएरै जानुहुन्छ । किनकी अहिले जति पनि ग्राहक आउनुहुन्छ कुनै न कुनै माध्यमबाट केहि न केहि जानकारी पाएरै आउनुहुन्छ । यस्ता जानकारी दिने माध्यमहरुमा सामाजिक सञ्जाल, वेभसाइट तथा नजिकको छिमेकी र विदेशमा बस्ने नेपाली दाजुभाइ समेत हुन् । जसले राम्रो ढोकाबारे जानकारी गराउनुहुन्छ ।

हाम्रो ढोका प्रयोग गरिसकेका ग्राह पनि निकै सुखि हुुनुहुन्छ । हाम्रा ग्राहक खुसि भएकै कारण बजार माग धान्न धौ धौ परिरहेको अवस्था छ । टिम्बर क्राफ्टका स्किन नेपाली ढोकाको अप्रत्यक्ष रुपमा प्रचारप्रसार तथा माकर्केटिङ नै हाम्रा पुराना ग्राहकहरु ले नै गरिदिनुभएको छ ।

हामीसँग रङ नगरिकन आउने ढोका भनेको गोल्डेन प्राइमरमा हो । हामी यतै पनि ढोकामा कलर गरिदिन्छौं । साइजको हिसाबमा भन्ने हो भने औषतमा प्रयोग हुने साइज नै बढि जान्छ । ग्राहक आफैले आफ्नो साइज अर्डर गर्न पनि सक्नुहुन्छ । हामीसँग भएका ढोकामा चारवटा बुट्टा भएकोलाई फोर प्यानल, ६ वठा बुट्टा भएको लाई ६ प्यानल भन्निछ ।

विग्रिने ढोका १/२ वर्षमै विग्रिने भएकोले यो ढोका १० पछि विग्रिन्छ नै भनेर नसोच्न र घर रहुन्जेल रहन्छ भन्ने सोच बनाउन मेरो व्याक्तिगत अनुरोध छ । ‘नेपाली ढोका नेपाली उत्पादनलाई माया गरौं, नेपाली हुनुमा गर्व गरौं ।’

(चुणाध्वज थापा, सेल्स मेनेजर – टिम्बर क्राफ्ट)

सम्बन्धित समाचारहरु

गठबन्धनको हुकुमी चुनावी तालमेल : निरास छन् तलका कार्यकर्ता

रामबहादुर जिसी । स्थानीय निर्वाचनको समय नजिकिदै छ, दलहरु उमेदवार छनोटमा व्यस्त छन् । उमेदवारका आकांक्षीहरु आफ्नो पक्षमा निर्णय गराउन अन्तिम दवाव सिर्जना गर्दैछन् । यस पटकको निर्वाचन अलि फरक छ । हिजो स्वतस्फूर्त चुनावी तालमेल हुन्थ्यो, स्थानीय आवश्यकताका आधारमा दलहरु सहकार्य गर्दथे । आज त्यो अवस्था छैन । परमादेशबाट बनेको सरकार समर्थित दलहरु हुकुमी गठबन्धनको पक्षमा छन् र त्यही खालको निर्देशन दिइरहेका छन् । हुकुमी चुनावी तालमेलका कारण गठबन्धनमा रहेका दलका कार्यकर्ताहरुमा नैरास्यता छ । यस्तो पनि हुन्छ ? भन्दै उनीहरु भित्र भित्र मुर्मिरिएका छन्, हेरौला चुनावको दिन भन्दै कति तटस्थ बस्ने तयारी गर्दैछन् भने कति त पार्टी छोडेर निष्क्रिय हुने, अर्को पार्टीमा लागिरहेका छन् । जनताको चाहना, कार्यकर्ताको भावना भन्दा पनि मुख्य तीन ठुला नेताको जुंगा जोगाउनका लागि गठबन्धनले हुकुमी चुनावी तालमेललाई अनिवार्य ठानेको छ ।

समय परिवर्तनसँगै ढोकामा पनि नविनता : नेपालमै उत्पादित ढोका प्रयोग गरौं

एउटा सिंगो घर मात्र होइन घर । समग्र सामग्रीको संयोजन हो, घर । त्यसमा विविध निर्माण सामग्री, इन्टेरियर र आउटडोर डिजाइन, शैली आदि मुख्य पर्छ । त्यसभित्र पनि समयको माग र प्रविधिको विकाससँगै नवीन सामग्रीको प्रयोग स्वाभाविकै हो । यिनै प्रविधिको विकासले ढोकामा नवीनता थप्दै गएको देख्न सकिन्छ । हाल नेपाली बजार धेरै खालका रेडिमेड ढोकाहरु पाइन्छन । जसमा सवैभन्दा धेरै नेपालबाहिर बाट आयात हुदैं आएका छन् । मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक अर्वौंको काठ तथा काठजन्य सामग्री आयात हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस