Namaste Icon
Ad

तीन जिल्लाका ५ स्थानमा एकै पटक पन्चश्रीमहायज्ञ गरिँदै

तीन जिल्लाका ५ स्थानमा एकै पटक पन्चश्रीमहायज्ञ गरिँदै

काठमाडाैं । स्वामी कमलनयनाचार्यको नेतृत्वमा नयाँ वर्षमा ५ स्थानमा एकै पटक पन्चश्रीमहायज्ञ सुरुवात हुने भएको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी श्रीकमलनयनाचार्यजी महाराजका सत्संकल्पमा धौलागिरीका बिकट र ऐतिहासिक स्थानहरुमा आउदो नयाँ वर्षकाको अबसरमा पन्चश्रीमहायज्ञ गरिने भएको हो । पर्वतको कालन्जर हम्पाल पर्वत, बाग्लुंगको रारायीकोट (राजराजेश्वरी देवीको तपोभूमि), मालिका भगवति, म्याग्दीको तपोभूमि सिद्धथान (टोडके), गौस्वारामा आउदो बैशाख १ गतेवाट ५ गते सम्म एउटै मुहुर्तमा महायज्ञ हुने भएको हाे ।

महायज्ञ आयोजना गरिने स्थलमा शनिवार हेलिकप्टरवाट स्वामी कमलनयनाचार्य सहितको टोलिले स्थलगत अवलोकन गरेकाे छ । ती सबै स्थानमा एउटै मिति र समयमा पन्चश्रीमहायज्ञ हुने भएको छ । बैदिक कालमा बिभिन्न ऋषिमुनिहरुको तपोभूमिका रुपमा चिनिएका ति स्थलहरुलाई तिर्थस्थल र धार्मिक पर्यटकिय क्षेत्रका रुपमा त्यहा पन्चश्रीमहायज्ञ लगाइने भएको हो ।

रारायीकोट देखि केहि तल पर्ने पन्चकोट स्वामी कमलनयानचार्यको जन्मथलो समेत हो । पन्चकोटमा स्वामीजीका संकल्पमा भब्य मन्दिर निर्माण भैसकेको छ । नयाँ वर्षका अबसरमा गरिने यज्ञस्थलहरुमा शनिवार स्वामीले त्यस क्षेत्रका निर्माण गरिएका समितिलाई दिशा निर्देशन दिएका थिए ।

जानकारहरुका अनुसार नयाँ वर्षका अबसरमा हुने यज्ञस्थलहरुमा स्वामी कमलनयनाचार्यवाट २५ र ३२ वर्ष अघि ध्यान जप र तप गरिएका स्थलहरु हुन । पर्यटकीय स्थल टोड्केका स्थानीय ८४ वर्षिय टोलनाथ गैरेले स्वामीवाट करिब ३ दशक अघि तपस्या गरिएका स्थलमै नयाँ वर्षका अबसरमा यज्ञ आयोजना हुनु धार्मिक दृष्टिकोणवाट अत्यन्त सकारात्मक कुरा रहेको सुनाए । हालै ती सबै स्थानमा यज्ञ सम्पादन मुल समिति, सल्लाहकार समिति,गजेन्द्रमोक्ष संस्कृत परिषद् मिलेर कार्य अघि बढेको छ ।

महायज्ञवाट संकलित रकम त्यहाको बिकासमा लगाइने स्वामीको प्रतिबद्धता रहेको छ भने यस खबरले स्थानीय खुसी भएको रारायीकोटका स्थानिय टंक गैरेले बताए । स्वामीले गरेकाे संकल्पले यहाको धार्मिक पर्यटन बिकासमा कोशेढुंगा सावित हुनेछ । एउटा महात्माले गरेको अथक साधना, संकल्प र प्रयासले धौलागिरि क्षेत्रकै बिकासमा ठुलो टेवा पुग्ने उहाले बताउनु भयो । मुक्तिनाथ सन्तसेवा आश्रम पोखराका अध्यक्ष महेश पराजुली , स्वामीका शिष्य ऋषि ठकुर र नेपाल पत्रकारमहासंघ गण्डकीका अध्यक्ष नारायण शर्मा सो अबसरमा स्वामीजीसंगै यज्ञ स्थलमा पुग्नुभएको थियो।

मुक्तिनाथ पिठाधिश कमलनयानचार्यजी महाराजका सत्संकल्पले नेपालमा धेरै ऐतिहासिक र धार्मिक कार्यहरु भैरहेको अध्यक्ष पराजुलीले बताए । पोखरा मुक्तिद्धार भएकाले पोखरा र आसपासका धार्मिक स्थलहरुको संरक्षण र प्रर्बधनमा स्वामीको योगदान सह्राहनिय रहेको पराजुलीले वताउनु भयो । एउटै तिथि मितिमा शुरु भएर एउटै बिधि बिधान अनुसार पन्चश्रीमहायज्ञ गरिने भएकाले यस महायज्ञमा सबैको सकृय सहभागिताकालागि पराजुलीले अनुरोध गरेका छन् ।

५ फरक फरक स्थानमा गरिने महायज्ञको तैयारीमा स्थानियको ठुलो सहभागिता रहने पराजुलीको भनाई छ । आउदो बैशाख १ देखि ५ गते सम्म महायज्ञ हुने भएको हो । शनिवार ति स्थानमा पुग्नु भएका स्वामीजीले महायज्ञ गरिने बिधि, बिधानको बिधवत घोषणा गरेका छन् ।

सम्बन्धित समाचारहरु

यी स्थानमा आज पानी पर्ने सम्भावना

यी स्थानमा आज पानी पर्ने सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा आज पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

युवा नेता रामप्रसाद रिजालको पहलमा आर्थिक अभावमा रहेका भण्डारीको निशुल्क उपचार

सुनसरी । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले आर्थिक अभावले उपचार नपाएका एकजनाको निशुल्क उपचार गर्न पहल गरेका छन् । सुनसरी जिल्ला ईटहरी २० तरहरा निवासी ५५ बर्षिय कृष्णबहादुर भण्डारी आर्थिक अभावको कारणले उपचार सेवा नपाएर घरमै पीडाले छटपटी रहेका थिए । कृष्णबहादुर भण्डारीको विषयमा थाहा पाएपछि नेता रिजालको पहलमा धरानको वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस