Namaste Icon
Ad

भकान्जे विश्वकै सबैभन्दा गुणस्तरीय चिया उत्पादन हुने ठाउँ

भकान्जे विश्वकै सबैभन्दा गुणस्तरीय चिया उत्पादन हुने ठाउँ

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका ५ भकान्जेका कृषकहरुले चिया खेतिमा चासो दिएका छन । भकान्जेका कृषकहरुले समुन्द्री सतहदेखि ३ हजार ४ सय मिटरसम्म चिया खेति गर्दै आएका छन । यहाँका मानिसहरुको पछिल्लो समयमा जीविकोपार्जन गर्ने माध्यम चिया खेती बनेको छ । कृषकले उत्पादन गरेको चियाको मुना भकान्जे टीस्टेट नामक सँस्थाले खरिद गर्ने गर्दछ । भकान्जे टीस्टेटमा बल्याक टी, ग्रीन टी र गोल्डेन टी प्रशोधन गरेर बनाउने गरिन्छ । यस टीस्टेटमा उत्पादन गरिएको चिया डेनमार्क निर्यात गरिन्छ ।

हिजो एक कार्यक्रम गरेर चिया खेती गर्ने कृषकहरुलाई सम्मान गरिएको छ । जुन कार्यक्रम हिमालय प्रोजेक्ट डेनमार्कका कुर्ट लोम्बर्गको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो कार्यक्रममा बोल्ने वक्ताहरुले भकान्जेमा विश्वकै सबैभन्दा गुणस्तरीय चिया उत्पादन हुन सक्ने अनुमान गरेका छन् ।

सम्बन्धित समाचारहरु

सामूहिकरुपमा गरिएको जडीबुटी र घाँसखेतीबाट आयआर्जन

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्त समूहद्वारा बिजुलीको तार बिछ्याएको स्थानमा सामूहिकरुपमा गरिएको जडीबुटी र घाँसखेतीबाट आयआर्जन गर्न थालिएको छ । उक्त समूहका विपन्न, दलित र जनजाति महिलाले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै आएका छन् । समूहकी अध्यक्ष चम्पामाया परियारले सामूहिकरूपमा जडीबुटी खेती र घाँसको बिरुवा रोपेर बाख्रापालन गरी आम्दानी गर्न सहयोग पुगेको बताइन् । उनले भननिन्, ‘यसरी आम्दानी गर्न सकिन्छ जस्तो लागेको थिएन, गरे नहुने केही रहेनछ ।’

बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन

गलकोट । बागलुङको ताराखोला गाउँपालिका–३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ । बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँच/सात घरमा मात्रै बसोबास छ । उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस