Namaste Icon
Ad

समय परिवर्तनसँगै ढोकामा पनि नविनता : नेपालमै उत्पादित ढोका प्रयोग गरौं

समय परिवर्तनसँगै ढोकामा पनि नविनता : नेपालमै उत्पादित ढोका प्रयोग गरौं

एउटा सिंगो घर मात्र होइन घर । समग्र सामग्रीको संयोजन हो, घर । त्यसमा विविध निर्माण सामग्री, इन्टेरियर र आउटडोर डिजाइन, शैली आदि मुख्य पर्छ । त्यसभित्र पनि समयको माग र प्रविधिको विकाससँगै नवीन सामग्रीको प्रयोग स्वाभाविकै हो । यिनै प्रविधिको विकासले ढोकामा नवीनता थप्दै गएको देख्न सकिन्छ । हाल नेपाली बजार धेरै खालका रेडिमेड ढोकाहरु पाइन्छन । जसमा सवैभन्दा धेरै नेपालबाहिर बाट आयात हुदैं आएका छन् । मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक अर्वौंको काठ तथा काठजन्य सामग्री आयात हुने गरेका छन् ।

यसैभित्र रेडिमेड ढोकाले पनि प्रमुख स्थान ओगटेको छ । भारत, इन्डोनेसिया, चीन, म्यान्मा, मलेसिया, सिङ्गापुर, जर्मनी, युक्रेन, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्सलगायत मुलुकबाट सो रकम बराबरका काठका गोलिया, चिरान, प्लाई, बोर्ड, झ्यालढोकामा प्रयोग हुने फ्रेम, टेबल, सजावटका सामग्री तथा अन्य काठजन्य सामान आयात भइरहेका छन् ।

नेपालबाट काठको निर्यात भने नगण्य मात्रामा छ । निर्यातको परिमाण करोड रुपैयाँको समेत पुग्न सकेको छैन् । नेपालबाट प्लाई तथा काष्ठकलाका विविध सामग्री भारत, चीन, अमेरिका, बेल्जियम, नेदरल्यान्डलगायत मुलुकमा निर्यात भएको तथ्यांकले देखाउछ । दिनप्रतिदिन वन विनासका कारण नेपालमा काठ अभाव हुँदै गएको छ । काँचो वा चिसो र कमसल काठको प्रयोगले पछि गएर ढोकामा किरा लाग्ने एवं बांगो हुने समस्या आउन सक्ने सम्भावना बढी हुन्छ ।

अग्राख (सिसौ) जस्तो महँगो काठ प्रयोग गर्न सबैका लागि सम्भव छैन । अन्य काठमा पछि समस्या आउन सक्ने सम्भावनालाई दृष्टिगत गरेर रेडिमेड (तयारी) ढोकाहरू प्रयोग गर्न विज्ञले सुझाव दिने गरेको पाइन्छ । सामान्यतया ढोकाको प्रयोग कोठा छुट्याउन, वातावरण नियन्त्रण गर्न र गोपनीयता कायम गर्न गरिन्छ । अहिले बजारमा विभिन्न किसिमका ढोका उपलब्ध छन् । हाल नेपामा टिम्बर क्राफ्टका स्किन ढोका लोकप्रिय हुँदै गएको छन् । नेपालमै उत्पादन हुने, ग्राहकको रुचि तथा आवश्यकता अनुसारको साईज फ्याक्ट्रीबाटै तयार हुने भएकाले पनि यो ढोका लोकप्रिय बन्दै गएको देखिन्छ ।

काठलाई घामपानी र हावाले बिगार्न सक्छ । घामपानीले भेट्ने स्थानमा काठको ढोका छिटो बिग्रने डर हुन्छ किनभने काठ पानीमा भिजे धेरै लामो समयपछि मक्किने र सड्दै जाने गर्छ । त्यसैले पानी पर्ने स्थानमा काठको ढोका छिटो बिग्रने भएकाले यस्तो स्थानमा स्किन ढोका नै उत्तम मान्न सकिन्छ । कतिपयले काठलाई सुरक्षित राख्न सनमाईका प्रयोग गरेको पाइन्छ ।

अहिले बजारमा केमिकल प्रयाेग गरेर प्लाई उडलाइ पनि घामपानी प्रतिरोधी बनाएकाे पाइन्छ, तर खर्चको बचत, सस्तो, टिकाउ र आकर्षक भएकोले स्किन ढोका सबैको रोजाइ बन्दै गएको छ । साथै, यसको प्रयोगले वन संरक्षणमा समेत टेवा पुग्न सक्छ । नेपालमा यस्ता खालका ढोका फ्याक्ट्री खोल्न तथा नेपालको आवश्यकता पुरा हुने गरि ढोका तथा अन्य काठमा बस्तु उत्पादन गर्न सरकारले भरपुर पहल गर्नु पर्ने देखिन्छ । यसरि नेपाली उद्योगलाई प्रबद्र्धन गर्न सरकाले व्यवसायीमैत्री नीति निर्माण गरेर सहयोग गर्नुपर्ने आवश्यक छ । दक्ष जनशक्ती र कच्चा पदार्थ सहजरूपमा पाइने हाे भने नेपालमा स्किन ढाेका उत्पादन गरेर  निर्यात गर्न सकिन्छ । 

सम्बन्धित समाचारहरु

गठबन्धनको हुकुमी चुनावी तालमेल : निरास छन् तलका कार्यकर्ता

रामबहादुर जिसी । स्थानीय निर्वाचनको समय नजिकिदै छ, दलहरु उमेदवार छनोटमा व्यस्त छन् । उमेदवारका आकांक्षीहरु आफ्नो पक्षमा निर्णय गराउन अन्तिम दवाव सिर्जना गर्दैछन् । यस पटकको निर्वाचन अलि फरक छ । हिजो स्वतस्फूर्त चुनावी तालमेल हुन्थ्यो, स्थानीय आवश्यकताका आधारमा दलहरु सहकार्य गर्दथे । आज त्यो अवस्था छैन । परमादेशबाट बनेको सरकार समर्थित दलहरु हुकुमी गठबन्धनको पक्षमा छन् र त्यही खालको निर्देशन दिइरहेका छन् । हुकुमी चुनावी तालमेलका कारण गठबन्धनमा रहेका दलका कार्यकर्ताहरुमा नैरास्यता छ । यस्तो पनि हुन्छ ? भन्दै उनीहरु भित्र भित्र मुर्मिरिएका छन्, हेरौला चुनावको दिन भन्दै कति तटस्थ बस्ने तयारी गर्दैछन् भने कति त पार्टी छोडेर निष्क्रिय हुने, अर्को पार्टीमा लागिरहेका छन् । जनताको चाहना, कार्यकर्ताको भावना भन्दा पनि मुख्य तीन ठुला नेताको जुंगा जोगाउनका लागि गठबन्धनले हुकुमी चुनावी तालमेललाई अनिवार्य ठानेको छ ।

यस कारण टिम्बर क्राफ्टका ढोकाहरू ग्राहकले मन पराउछन्

म विगत साढे २ वर्ष देखि टिम्बर क्राफ्टसँग जोडिएको छु । कोरोनाको माहामारीले समग्र विश्व प्रभावित भएको थियो, तयसको असर हामीलाई नपर्ने त कुरै भएन । अहिले भने टिम्बर क्राफ्टको बजार निकै बढेको छ । वजार व्यवस्थापनमा पनि निकै खटिएका छौं । कोरोनाको समयमा बाहिरबाट आउने कच्चा पदार्थमा केहि ढिलाईले गर्दा केहि प्रभावित भएको थियो । तर अहिले सम्रग बजार लयमा फर्किसकेको छ ।

प्रतिक्रिया दिनुहोस