Namaste Icon
Ad

फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र विकासबारेको पुस्तक सार्वजनिक

फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र विकासबारेको पुस्तक सार्वजनिक

काठमाडौं । काठमाडौंको उत्तरी भेगमा रहेको फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको छ । झण्डै दुई दशकदेखि सामाजिक विकास र सञ्चार क्षेत्रमा क्रियाशील श्रीराम फुटुङ्गको पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तकमा फुटुङ्गको इतिहास, संस्कृति र विकासका विविध पक्ष तथा बदलिएको जीवन र आगामी दिन गर्नुपर्ने विषय समेटिएको लेखकको भनाइ छ । फुटुङ्गको पहिचानलाई चिनाउने र फुटुङ्गको बारेमा लिखित सामग्रीको अभावलाई पूर्ति गर्ने अभिप्रायले पुस्तक लेखिएको उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु

नवौँ शताब्दीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका

नवौँ शताब्दीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ ।

रजनी र शान्तिरामलाई जसराज प्रतिभा पुरस्कार

रजनी र शान्तिरामलाई जसराज प्रतिभा पुरस्कार

काठमाडौं । खोटाङका संगीतकार शान्तिराम राई र वालिङकी साहित्यकार डा. रजनी ढकाल, जसराज किराती प्रतिभा पुरस्कारद्वारा पुरस्कृत भएका छन् । खोटाङ बुइपाका वरिष्ठ कवि जसराज किरातीको नाममा स्थापित ‘जसराज किराती प्रतिभा प्रतिष्ठान’ नेपाल/बेलायतले नेपाली संगीत विधामा उल्लेखनीय योगदान पुर्‍याएबापत २०७७ का लागि संगीतकार राईलाई उक्त पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस