Namaste Icon
Ad

गौँश्वारा समाज समृद्धि महायज्ञको समापन

गौँश्वारा समाज समृद्धि महायज्ञको समापन

मनिषरन्जन बराल, गण्डकी । गौँश्वारा समाज समृद्धि महायज्ञको समापन भएको छ । अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी श्रीकमलनयनाचार्य (मुक्तिनाथ बाबा) को सत्संकल्पमा पञ्चश्री शुभकामना महायज्ञ अन्तर्गत गौँश्वारा समाज समृद्धि महायज्ञको पूर्णाहुती (समापन) ०३:३५ मा भएको हो ।

कार्यक्रमबाट विश्व शान्ती, राष्ट्र कल्याण एवं समृद्धिको लागि सामुहिक प्रार्थना गरिएको थियो । मुक्तिनाथ बाबाका उत्तराधिकारी अग्निहोत्री करपात्री स्वामी श्रीकृष्ण प्रपन्नाचार्यको सत्सान्निध्यतामा गजेन्द्र मोक्ष संस्कृत परिषद्का सचिव सनातन शास्त्री (सागर) रिजालको आचार्यत्वमा यज्ञको समापन भएको हो । यज्ञमा धेरै भक्तहरुको सहभागीताका साथै सामुहिक रुपमा मन्त्र उच्चारण,मन्त्र लेखन, भजन संकीर्तन, प्रवचन भएको थियो ।

कार्यक्रमको तेस्रो दिन अर्थात् शनिबार स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) ले सामुहिक प्रार्थना सहित सम्बोधन गरेका थिए । महायज्ञमा वैशाख १ गते बिहान ०७:०५ मिनेट्मा बालिएको दीप अखण्ड रुपमा महायज्ञ अवधिभर बालिएको थियो । यज्ञमा गण्डकी क्षेत्र, मुक्तिक्षेत्रको महत्वलाई उजागर गर्दै धर्म संस्कार र संस्कृतिको संरक्षण गर्ने कार्य भएको थियो । यस्तै बाग्लुङको रायरायकोट, मालिका भगवती, म्याग्दीको सिद्ध भूमी (टोड्के), पर्वतको हम्पाल (कालान्जर पर्वत) मा पनि एकै तिथि मितीमा शुभरम्भ भएको थियो ।

सम्बन्धित समाचारहरु

यी स्थानमा आज पानी पर्ने सम्भावना

यी स्थानमा आज पानी पर्ने सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा आज पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

युवा नेता रामप्रसाद रिजालको पहलमा आर्थिक अभावमा रहेका भण्डारीको निशुल्क उपचार

सुनसरी । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले आर्थिक अभावले उपचार नपाएका एकजनाको निशुल्क उपचार गर्न पहल गरेका छन् । सुनसरी जिल्ला ईटहरी २० तरहरा निवासी ५५ बर्षिय कृष्णबहादुर भण्डारी आर्थिक अभावको कारणले उपचार सेवा नपाएर घरमै पीडाले छटपटी रहेका थिए । कृष्णबहादुर भण्डारीको विषयमा थाहा पाएपछि नेता रिजालको पहलमा धरानको वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस