Namaste Icon
Ad

एसईई परीक्षा आजबाट सुरु

एसईई परीक्षा आजबाट सुरु

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन । यस पटक एसईई भौतिक रुपमै हुन लागेको हो ।

एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको छ । बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी छन् । एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

सम्बन्धित समाचारहरु

त्रिभुवन विश्वविद्यालयले आइतबार विदा नदिने

त्रिभुवन विश्वविद्यालयले आइतबार विदा नदिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हप्ताको ६ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु संचालन गर्ने भएको छ । नेपाल सरकारले परीक्षणका रूपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यही सन्दर्भमा विश्वविद्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि साबिकबमोजिम नै आइतबारसमेत विश्वविद्यालयका सेवाहरु संचालनमा रहने जनाएको हो ।

आइतबार विद्यालयमा बिदा नदिन आग्रह

आइतबार विद्यालयमा बिदा नदिन आग्रह

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन) ले विद्यालयमा हप्तामा दुई दिन (आइतबारसमेत) बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ । नेसनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले आज विज्ञप्ति जारी विभिन्न बन्द हडताल र कोभिड–१९ का कारण विगत दुई वर्षयता नियमित पठनपाठन नभई विद्यार्थीको सिकाइमा असर परेका कारण दूरगामी असर पर्ने गरी कुनै निर्णय नगर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस