पत्रकार तथा साहित्यकार समीरलाई १ लाखको पुरस्कार दिइने

काठमाडौं । पत्रकार तथा साहित्यकार प्रकाश समीरलाई भद्रकुमारी घले सेवा सदनद्धारा रु. १ लाखको पुरस्कार घोषणा गरिएको छ । सेवा सदनले समीरको साहित्य, पत्रकारिता र सामाजिक योगदानको मूल्याङ्कन गर्दै उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
गोधूलि साहित्य प्रतिष्ठानका अध्यक्ष, अर्को आँखा साप्ताहिकका सम्पादक रहेका समीर सेवा सदनका पूर्व महासचिवसमेत हुन । उक्त पुरस्कार आगामि शनिवार सेवा सदनको वार्षिक साधारणसभा मार्फत प्रदान गरिने जानकारी सेवा सदनका सदस्य जयराज भट्टले जानकारी दिए ।
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ ।
काठमाडौं । खोटाङका संगीतकार शान्तिराम राई र वालिङकी साहित्यकार डा. रजनी ढकाल, जसराज किराती प्रतिभा पुरस्कारद्वारा पुरस्कृत भएका छन् । खोटाङ बुइपाका वरिष्ठ कवि जसराज किरातीको नाममा स्थापित ‘जसराज किराती प्रतिभा प्रतिष्ठान’ नेपाल/बेलायतले नेपाली संगीत विधामा उल्लेखनीय योगदान पुर्याएबापत २०७७ का लागि संगीतकार राईलाई उक्त पुरस्कार प्रदान गरिएको छ ।