Namaste Icon
Ad

पनौतीमा स्थापना गरिएको मुक्तिनाथ मन्दिरको प्राणप्रतिष्ठा

पनौतीमा स्थापना गरिएको मुक्तिनाथ मन्दिरको प्राणप्रतिष्ठा

मनिष रन्जन बराल, काठमाडौं । मुक्तिनाथ मन्दिरको प्राणप्रतिष्ठा भएको छ । असोज ७ गते शिलान्यास गरिएको पनौती नगरपालिका वडा नम्बर ५ सुब्बा गाउँको मुक्तिनाथ मन्दिरको प्राण प्रतिष्ठा गरिएको हो । बिहीबार ८ गते ५ बजेदेखि पुर्वाङ्ग कार्य प्रारम्भ भए पश्चात् प्राणप्रतिष्ठा सुरु भएको थियो । बिहीबार साँझ ५ बजे देखि आरती सुरु भर्इ आरतीसँगै पूर्वाङ्ग, विश्वक्सेन आराधना, पुण्याहवाचन, अङ्कुर रोपण, ब्राह्मण वरण सम्पन्न भएको छ, भने आज अग्नि प्रतिष्ठा, चतुस्थानार्चन, कलश स्थापना, मध्यान्हमा वास्तु पूजा होम, सायमकाल मूर्ती मन्त्र होम, मूलमन्त्र होम, जलाधिवास गरिनेछ ।

शनिबार प्रातः चतुस्नार्चन नित्य पूजा, कलश कर्माङ्ग स्नापनं, मध्यान्हस् नित्य पूर्णाहुती, साँझ धान्यापिवासं शय्यादिवासं, तत्वन्यास होम पूर्णाहुती, गर्भालये यन्त्र स्थापना गर्त पूजा, रत्न न्यास आयोजना गरिनेछ । ११ गते नित्य पूजा तत्वन्यास होम, महापूर्णाहूती, सम्पादाज्य श्रीविग्रहमा सेचन दिनको ३ बजेको शुभ मुहूर्तमा भगवानको नेत्रोन्मिलन, प्रथम भगवद् आराधना, राजभोग अर्पण, मूल आरती, तीर्थ प्रसाद वितरण, आचार्य ब्राह्मण बिदाइ कार्यक्रम आयोजना गरिएको छ ।

मन्दिरको २०७८ दशैको पञ्चमी तिथि अथार्त असोज २५ गते सोमबारबाट शुभारम्भ गरिएको थियो । मन्दिर शुभारम्भ सँगै सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । छोटो समयमा नै मन्दिरमा भक्तजनहरूको घुँईचो लागेको छ । स्वामी कमलनयानाचार्यद्वारा शिलान्यास गरिएको मुक्तिनाथ मन्दिरको शुभारम्भ कमलनयानाचार्यबाटै गरिएको थियो ।

मन्दिरको पूर्वाधार निर्माण सम्पन्न भएकाले असोज २५ गते प्राण प्रतिष्ठा गरेर वैदिक विधि अनुसार नियमित पूजा सुरु गरिएको थियो । समितिका अध्यक्ष गोपालबहादुर थापाले ‘निर्माणका धेरै काम सकिएको बताए । । उनले भने, ‘प्राण प्रतिष्ठा सम्पन्न भए थप सहजता हुनेछ।’

मुक्तिनाथ मन्दिरका अलावा मन्दिरमा बस्ने पुजारी भवन, पानीका लागि डिप बोरिङ, २७ हजार लिटर क्षमता भएको पानी ट्याङ्की २ वटा, बहुउद्देश्यीय भवन, शौचालय, धारामा नुहाए पछि महिला पुरुषका लागि अलग अलग चेन्जिङ्ग रुम, पोखरी, १ सय ८ धारा र बगैँचा निर्माणको कार्य सम्पन्न भएको अध्यक्ष गोपालबहादुर थापाले बताए । पछि सर्वसाधारण मन्दिरमा आउँदा भोज खानका लागि ट्रस्ट निर्माण गरिएको छ ।

‘‘मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पछिको विधि अनुसार धामको रूपमा स्थापना गरिएको यो दोस्रो मन्दिर रहेछ’–अध्यक्ष थापाले भने, ‘तीन तल्ले यो मन्दिरमा प्राण प्रतिष्ठासँगै दुई वटा पाटी, १०८ धारा, महिला पुरुषका लागि अलग अलग चेन्जिङ्ग रुम, बाथरुम, बहुउद्देश्यीय भवन, मन्दिर प्रवेशद्वार, प्रवेशद्वारबाट मन्दिरसम्म जाने सिँढी, वरिपरि वाल सहितको कम्पाउन्ड लगायतका अन्य संरचनाहरू निर्माण सम्पन्न भई सकेका छन्। थप अन्य संरचना निर्माण भइरहेका छन् ।’

मन्दिर भित्र प्रवेश गरे लगत्तै भक्तजनहरूको मनमा आनन्द उत्पन्न हुने छ । २०७७ भित्र निर्माण कार्य सम्पन्न गरी प्राण प्रतिष्ठा गर्ने योजनामा कोभिड तथा अन्य केही प्राविधिक कारण रहेको अध्यक्ष थापाले बताए । गत वर्ष माघ महिनामा सम्पन्न मकर मेलामा देशभरका झत्तजनहरुले मुक्तिनाथ मन्दिरको दर्शन गर्ने अवसर प्राप्त गरेका थिए । अहिले पनि दैनिक भक्तजनहरू उक्त मन्दिरमा नियमित आउने गरेका छन् ।

सम्बन्धित समाचारहरु

नौ महिनामा साढे तीन करोडकाे मही आयात

नौ महिनामा साढे तीन करोडकाे मही आयात

काठमाडाैं । घरभरि लैना बकेर्ना भैँसी पाल्ने, दैनिक नै भरपेट मही खाने नेपालीले पछिल्ला दिनमा त्यही मही समेत विदेशबाट आयात गरेर पिउने गरेका छन् । गाउँमा युवा भेटिँदैनन् । वृद्धवृद्धाले चौपाया पाल्न सक्ने अवस्था छैन । खेतबारी बाँझो छ । सायद यसैकारण हुनसक्छ, मही समेत आयात गर्नुपर्ने अवस्था छ हाम्रो ।

एमालेबाट काठमाडौंकाे मेयरमा भिड्दै केशव स्थापित

एमालेबाट काठमाडौंकाे मेयरमा भिड्दै केशव स्थापित

काठमाडौं । एमालेले शनिबार पार्टीको केन्द्रीय सचिवालय बैठकमा काठमाडौं महानगरपालिका मेयर उम्मेदवार केशव स्थापितलाई बनाउने निर्णय गरेको छ । स्थापित यसअघि २०५४ सालमा पनि मेयर निर्वाचित भएका थिए । एमाले विभाजन भएर माले बनेसँगै उनी मालेमा गएका थिए । २०५९ सालमा एमाले र मालेको एकता भएसँगै उनी एमाले फर्किए। तर २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएसँगै उनी दरबारसँग निकट थिए । केही समय काठमाडौं महानगरको मेयर मनोनित भएका थिए । एमाले छाडेर प्रजापरिषद आबद्ध भएका स्थापित २०६४ को संविधानसभा निर्वाचनमा एमालेमै फर्किएका थिए । एमालेको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका स्थापित त्यसपछि माओवादीसँग नजिकिएका थिए ।

प्रतिक्रिया दिनुहोस