Namaste Icon
Ad

नौ महिनामा साढे तीन करोडकाे मही आयात

नौ महिनामा साढे तीन करोडकाे मही आयात

काठमाडाैं । घरभरि लैना बकेर्ना भैँसी पाल्ने, दैनिक नै भरपेट मही खाने नेपालीले पछिल्ला दिनमा त्यही मही समेत विदेशबाट आयात गरेर पिउने गरेका छन् । गाउँमा युवा भेटिँदैनन् । वृद्धवृद्धाले चौपाया पाल्न सक्ने अवस्था छैन । खेतबारी बाँझो छ । सायद यसैकारण हुनसक्छ, मही समेत आयात गर्नुपर्ने अवस्था छ हाम्रो ।

भन्सार विभागका अनुसार चालु आवको नौ महिनाको अवधिमा नेपालीले दुई लाख १४ हजार लिटर मही खरिद गरेर पिएका छन् । नेपाल कृषि प्रधान देश भनिँदै आएको छ । ६५ प्रतिशत मानिस कृषिमा संलग्न रहेको सरकारी तथ्यांक पनि छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर छ । तर, मही समेत किनेर सेवन गर्नुपर्ने चरम परनिर्भर अवस्थामा नेपाली पुगेका छन् ।

विभागका अनुसार महीको आयात मूल्य तीन करोड ६४ लाख ७२ हजार रुपैयाँबराबर छ । त्यसबाट सरकारले एक करोड आठ लाख ९० हजार रुपैयाँबराबर राजस्व संकलन गरेको छ ।

बटर मिल्क मात्रै ११ हजार ८७५ लिटर आयात भएको छ । गोंग हर्ट १६ हजार २०९ लिटर आयात भएको छ । स्वादजन्य दूध र क्रिम मात्रै दुई हजार ८२१ लिटर, हल्का दुग्धजन्य पदार्थ ९२ हजार २७६ लिटर नेपालमा पैठारी भएको छ । दूध पाउडर पाँच लाख ३६ हजार १०० लिटर, बच्चालाई खुवाउने दूध दुई लाख ४० हजार ७२० लिटर, दूध र क्रिम पाउडर फरक फरक प्रकारका गरी १५ हजार लिटरभन्दा बढी आयात भएको छ ।

त्यस्तै, बच्चालाई खुवाउने प्रशोधित दूध तीन लाख ७१ हजार ८९० लिटर, प्रशोधित दूध १२ हजार ४० लिटर, दूध (फ्याक्ट कन्टेन्ट) दुई हजार ५३८ लिटर तथा दूध र क्रिम ३९ लिटर आयात भएको छ । विभागका अनुसार सो अवधिमा एक अर्ब सात करोड १९ लाख ३० हजार रुपैयाँबराबरको दूध तथा दुग्धजन्य पदार्थको आयात भएको देखिन्छ । नेपालमा नै व्यावसायिक रूपमा पशुपालन गर्न सकिए मात्रै पनि ठूलो धनराशि विदेशिनबाट जोगिन सक्थ्यो ।

सरकारले विभिन्न जोन नै तय गरेर कृषिउपजको उत्पादनमा वृद्धि तथा चौपाया पालनमा प्रेरित गरे पनि त्यसको सकारात्मक नतिजा आएको देखिँदैन । सरकारले आगामी आवमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्ने जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्ने बताइसकेका छन् । तर, कार्यान्वयनको पाटो के कस्तो हुने भन्ने विषयले सबै कुरा निर्धारण गर्ने भएकाले यसै भन्न सकिने अवस्था भने छैन । रासस

सम्बन्धित समाचारहरु

एमालेबाट काठमाडौंकाे मेयरमा भिड्दै केशव स्थापित

एमालेबाट काठमाडौंकाे मेयरमा भिड्दै केशव स्थापित

काठमाडौं । एमालेले शनिबार पार्टीको केन्द्रीय सचिवालय बैठकमा काठमाडौं महानगरपालिका मेयर उम्मेदवार केशव स्थापितलाई बनाउने निर्णय गरेको छ । स्थापित यसअघि २०५४ सालमा पनि मेयर निर्वाचित भएका थिए । एमाले विभाजन भएर माले बनेसँगै उनी मालेमा गएका थिए । २०५९ सालमा एमाले र मालेको एकता भएसँगै उनी एमाले फर्किए। तर २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएसँगै उनी दरबारसँग निकट थिए । केही समय काठमाडौं महानगरको मेयर मनोनित भएका थिए । एमाले छाडेर प्रजापरिषद आबद्ध भएका स्थापित २०६४ को संविधानसभा निर्वाचनमा एमालेमै फर्किएका थिए । एमालेको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका स्थापित त्यसपछि माओवादीसँग नजिकिएका थिए ।

पनौतीमा स्थापना गरिएको मुक्तिनाथ मन्दिरको प्राणप्रतिष्ठा

मनिष रन्जन बराल, काठमाडौं । मुक्तिनाथ मन्दिरको प्राणप्रतिष्ठा भएको छ । असोज ७ गते शिलान्यास गरिएको पनौती नगरपालिका वडा नम्बर ५ सुब्बा गाउँको मुक्तिनाथ मन्दिरको प्राण प्रतिष्ठा गरिएको हो । बिहीबार ८ गते ५ बजेदेखि पुर्वाङ्ग कार्य प्रारम्भ भए पश्चात् प्राणप्रतिष्ठा सुरु भएको थियो । बिहीबार साँझ ५ बजे देखि आरती सुरु भर्इ आरतीसँगै पूर्वाङ्ग, विश्वक्सेन आराधना, पुण्याहवाचन, अङ्कुर रोपण, ब्राह्मण वरण सम्पन्न भएको छ, भने आज अग्नि प्रतिष्ठा, चतुस्थानार्चन, कलश स्थापना, मध्यान्हमा वास्तु पूजा होम, सायमकाल मूर्ती मन्त्र होम, मूलमन्त्र होम, जलाधिवास गरिनेछ ।

प्रतिक्रिया दिनुहोस