Namaste Icon
Ad

 ओपो F19प्रो को मुल्य घट्यो

 ओपो F19प्रो को मुल्य घट्यो

काठमाडौं । ओपोको एफ सिरीजयुवा ट्रेन्डसेटरहरु बीचको उच्चतम रोजाईको रुपमा पर्न सफल मानिन्छ । यस सिरीजले तिनीहरुको जीवन र काममा महत्वाकांक्षाहरु बढाउन मद्दत गर्दछ र तिनीहरुको व्यक्तिगत शैलीलाई पनि प्रतिनिधित्व गर्दछ । यसले आफ्ना प्रयोगकर्ताहरुमा नयाँ प्रविधि र भिडियो क्याप्चरिङ सुविधाहरुको साथमा रचनात्मकतालाई बाहिर ल्याउँन मद्दत गरेको छ ।

F19प्रो ओपोको पहिलोप्रिमियम स्मार्टफोन हो जसले नवीन प्रवृतिहरुलाई मूर्त रुप दिन्छ र रमाइलो पलहरु खिच्न सकिन्छ । F19प्रो सँग यसका डिजाइन र प्रविधिसँगैे ट्रेन्डसेटरहरुका बीचमा ३० वाट VOOC फ्लास चार्ज ४.० प्रविधि, ColorOS 11.1 जसले दैनिक कार्य क्षमतालाई बढाउनका साथै बिनाकुनै रुकावट दिनभरीको कार्य सम्पादनमा मद्दत पुर्याउँछ ।

यस बाहेक, F19प्रो ले अझ शक्तिशाली र प्राकृतिक देखिने भिडियोहरु खिच्दछ । जेनेरेशन अपग्रेडको साथ आएको यो फोनमा एआई कलर पोट्र्रेट भिडियो र डुअल भ्यु भिडियोको साथएआई सञ्चालित पोट्र्रेट फोटोग्राफीको सुविधा छ जसले उत्कृष्ट भिडियो खिच्न सक्षम बनाउँछ ।

F19प्रो ४८ एमपी क्वाड क्यामेराको साथ फोटो र भिडियोहरुमा गहिराइ थप्नको लागि८ एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपीम्याक्रो क्यामेरा २ एमपीमोनो क्यामेराको साथ तालमेलमा काम गर्दछ । निसन्देह, प्रयोगकर्ताहरुको लागि सेल्फी उत्तिकै महत्वपूर्ण भएकोले फोनमा३२ एमपी फ्रन्ट फेसिङ क्यामेरा पनि रहेको छ ।

F सिरीज अल्ट्रा स्लिम डिजाइनका लागि प्रख्यात छ र F19प्रो मा पनि यो विशेषता रहेको छ । F19प्रो का प्रयोगकर्ताहरुले ७.८MMअल्ट्रा स्लिम बडी मात्रनभई 172g weigh  र थ्रीडी ब्याट्री कभरको अनुभवलिन सक्नेछन् । ओपोF19प्रो रु. ३९,९९०/– बाट रु. ४००० वचतका साथ अब रु.३५,९९०/–मा बजारमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरु

घट्यो टेलिकमको नाफा

घट्यो टेलिकमको नाफा

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा नाफा घटेको कम्पनीले जानकारी दिएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ थियो । जुन, यो वर्षको सोही अवधिमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँमा आइपुगेको छ । यो, ४४ करोड ९१ लाख २५ हजार रुपैयाँको गिरावट हो ।

स्थानीय निर्वाचन लक्षित एनसेलको बोनस डेटा अफर

स्थानीय निर्वाचन लक्षित एनसेलको बोनस डेटा अफर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा एनसेल एपमार्फत ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबीदेखि ५ सय एमबी डेटा प्राप्त गर्न सक्ने उल्लेख छ । यो अफर वैशाख २३ बाट लागू भइसकेको छ । जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् । एपमार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्नेले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा, १ सय देखि १ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ३ दिन समय सीमा भएको २ सय एमबी डेटा पाउने एनसलेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस