Namaste Icon
Ad

रजनी र शान्तिरामलाई जसराज प्रतिभा पुरस्कार

रजनी र शान्तिरामलाई जसराज प्रतिभा पुरस्कार

काठमाडौं । खोटाङका संगीतकार शान्तिराम राई र वालिङकी साहित्यकार डा. रजनी ढकाल, जसराज किराती प्रतिभा पुरस्कारद्वारा पुरस्कृत भएका छन् । खोटाङ बुइपाका वरिष्ठ कवि जसराज किरातीको नाममा स्थापित ‘जसराज किराती प्रतिभा प्रतिष्ठान’ नेपाल/बेलायतले नेपाली संगीत विधामा उल्लेखनीय योगदान पुर्‍याएबापत २०७७ का लागि संगीतकार राईलाई उक्त पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै नेपाली साहित्यमा सक्रिय डा. रजनी ढकाललाई २०७८ का लागि उक्त पुरस्कार प्रदान गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि बैरागी काइँलाले जनही ५० हजार राशि र सम्मानपत्रसहित सर्जकहरू राई र ढकाललाई पुरस्कृत गरे । कोभिड महामारीका कारण दुई वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको हो ।

सम्बन्धित समाचारहरु

नवौँ शताब्दीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका

नवौँ शताब्दीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ ।

‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ कलाचित्र प्रदर्शनी

‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ कलाचित्र प्रदर्शनी

काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्ट्स बीएफए चौथो वर्षमा पढिरहेका विद्यार्थीले तयार गरेको ‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ नामक कलाचित्र प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण बढेको छ । कलाकार कविराज लामाको प्रशिक्षणमा विद्यार्थीले तयार गरेका ४३ वटा कला प्रदर्शनीमा राखिएको छ । गत चैत २९ गतेदेखि सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनी यही वैशाख २९ गतेसम्म जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस