'आदरणीय प्रचण्डलाई म भन्न चाहन्छु, तपाइँले गज्जबको छोरी पाउनुभएको छ'

भरतपुर । कमेडियन एवं अभिनेता सन्दीप क्षेत्रीले चितवनको भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मेयरका आकांक्षी रेणु दाहाललाई सचेत गराएका छन् । उनले चितवनमा सबै दाजुभाइहरुले दीदी रेणु दाहालबाट धेरै अपेक्षा गरेको बताए । 'म तपाइँलाई दिदी सम्बोधन गर्न चाहेँ। दिदी सम्बोधन गर्दैगर्दा यहाँका तमाम दाजुभाइहरुले तपाइँबाट धेरै अपेक्षा गरेका छन् । तपाइँलाई जितको लागि यहाँका दाजुभाइहरुको अवश्य सहयोग रहनेछ । तर सचेत पनि गराउन चाहन्छु, तपाइँलाई उनीहरुको श्राप नलागोस् ।'
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गज्जबको छोरी पाएको भन्दै ढाड्स दिए । 'आदरणीय प्रचण्डलाई म भन्न चाहन्छु, तपाइँले गज्जबको छोरी पाउनुभएको छ । अध्यक्षको हैसियतमा चिन्ता लागे पनि पिताको रुपमा गौरव गर्नुस्,' उनले भने ।
काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए । इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए ।
काठमाडौं । नेपाली फिल्म 'हल्कारा : द पोस्टम्यान' ब्रिटिश एकेडेमी फिल्म अवार्ड(बाफ्टा)को क्वालिफाइङ फेस्टिभलमा छनोट भएको छ । विक्रम सापकोटाको निर्देशनमा बनेको फिल्म बाफ्टाको कर्माथन बे फिल्म फेस्टिभलअन्तर्गत छनोट भएको हो ।