# भर्खरै
Namaste Icon
Ad

टिकटकले ७५ लाख भन्दा धेरै पाकिस्तानी भिडियो हटायो

टिकटकले ७५ लाख भन्दा धेरै पाकिस्तानी भिडियो हटायो

काठमाडौं । छोटो भिडियो शेयर गर्न मिल्ने एप टिकटकले पाकिस्तानका ६५ लाख भन्दा धेरै भिडियो हटाएको पत्ता लागेको छ । कम्युनिटी गाइडलाइन इनफोर्समेन्ट रिपोर्टले जनाएअनुसार टिकटकले सन् २०२१ को पछिल्लो तीन महिनामा ६५ लाख ६३ हजार ५ सय ९४ भिडियोहरु हटाएको हो ।


योसहित टिकटकले विश्वभरबाट ८ करोड ५७ लाख ९४ हजार २ सय २२ वटा भिडियो हटाएको उक्त रिपोर्टमा उल्लेख छ । यसअनुसार टिकटकले सबैभन्दा धेरै भिडियो हटाएको मुलुकको सूचीमा पाकिस्तानको नाम तेश्रो स्थानमा आउने जनाइएको छ ।

उक्त रिपोर्टअनुसार तीमध्ये ९४ दशमलब १ प्रतिशत भिडियोहरु अपलोड भएको २४ घण्टा नबित्दै हटाइएको थियो भने ९५ दशमलब २ प्रतिशत भिडियोहरु कसैले रिपोर्ट गर्नुअघि नै हटाइएको थियो । यस्तै, ९० दशमलब १ प्रतिशत भिडियोमा कुनै भ्यु आउनु अघि नै हटाइएको जनाइएको छ ।

 

सम्बन्धित समाचारहरु

घट्यो टेलिकमको नाफा

घट्यो टेलिकमको नाफा

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा नाफा घटेको कम्पनीले जानकारी दिएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ थियो । जुन, यो वर्षको सोही अवधिमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँमा आइपुगेको छ । यो, ४४ करोड ९१ लाख २५ हजार रुपैयाँको गिरावट हो ।

स्थानीय निर्वाचन लक्षित एनसेलको बोनस डेटा अफर

स्थानीय निर्वाचन लक्षित एनसेलको बोनस डेटा अफर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा एनसेल एपमार्फत ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबीदेखि ५ सय एमबी डेटा प्राप्त गर्न सक्ने उल्लेख छ । यो अफर वैशाख २३ बाट लागू भइसकेको छ । जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् । एपमार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्नेले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा, १ सय देखि १ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ३ दिन समय सीमा भएको २ सय एमबी डेटा पाउने एनसलेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस