# भर्खरै
Namaste Icon
Ad

मलाइका र अर्जुनको विवाहको चर्चा

मलाइका र अर्जुनको विवाहको चर्चा

काठमाडौं । बलिउडका कलाकारद्वय मलाइका अरोडा र अर्जुन कपुर आफ्नो प्रेम सम्बन्धलाई लिएर चर्चामा छाइरहन्छन् । अहिले भने उनीहरु प्रेमभन्दा एक चरण माथिको सम्बन्धलाई लिएर चर्चामा आएका छन् । उनीहरु दुवैले आफ्नो प्रेम सम्बन्धलाई अब विवाहमा बदलिने संकेत दिन थालेका छन् ।

हालसालै मलाइकाले एक अन्तर्वातामा आफ्नो र अर्जुनको सम्बन्धको भविष्यको बारेमा सोच्न थालेको बताएकी थिइन् । उनले अब के गर्ने भन्ने विषयमा तयारी गरिरहेको बताइन् । उनले भनिन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा हामी आफ्नो भविष्यसँगै चाहन्छौं । त्यसैले अबको यात्रा र पाइला के हुन्छ भन्नेमा हामी तयारी गरिरहेका छौं । यो यात्रा मेरो लागि पवित्र र महत्त्वपूर्ण हुनेछ ।’

मलाइकाको यस्तो भनाईसँगै अहिले उनीहरुको विवाहको विषय चर्चामा आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुले छिट्टै नै आफ्नो विवाहको विषयलाई सार्वजनिक गर्ने देखिएको छ । बलिउडका लबबर्डस् मलाइका र अर्जुन २०१९ देखि आफ्नो सम्बन्धको औपचारिक घोषणा गरेर प्रेममा छन् । पूर्वपति अरबाज खानसँगको सम्बन्ध विच्छेदपछि अर्जुनसँग प्रेम सम्बन्धमा रहेकी मलाइकाको एक छोरा पनि छन् ।

सम्बन्धित समाचारहरु

गायक राजु लामाले गरे सर्वोच्च शिखर सगरमाथा आरोहण

गायक राजु लामाले गरे सर्वोच्च शिखर सगरमाथा आरोहण

काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए । इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए ।

बाफ्टाको क्वालिफाइङ फेस्टिभलमा नेपाली फिल्म 'हल्कारा' छनोट

काठमाडौं । नेपाली फिल्म 'हल्कारा : द पोस्टम्यान' ब्रिटिश एकेडेमी फिल्म अवार्ड(बाफ्टा)को क्वालिफाइङ फेस्टिभलमा छनोट भएको छ । विक्रम सापकोटाको निर्देशनमा बनेको फिल्म बाफ्टाको कर्माथन बे फिल्म फेस्टिभलअन्तर्गत छनोट भएको हो ।

प्रतिक्रिया दिनुहोस