Namaste Icon
Ad

मदनकृष्णको ‘एउटा सपना छ’ सार्वजनिक

मदनकृष्णको ‘एउटा सपना छ’ सार्वजनिक

काठमाडौं । हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको स्वरमा ‘एउटा सपना छ’ गीतको लिजेन्डरी संस्करण सार्वजनिक भएको छ । श्रेष्ठको ७२औं जन्मदिनको अवसरमा मंगलबार साँझ गीत सार्वजनिक गरिएको हो । गीतको भिडिओमा गायक मदन कृष्णसँगै आँचल शर्मा, राजेन्द्र हुमागाईं र आराध्या खड्काको अभिनय छ ।

सराना श्रेष्ठको कथा, परिकल्पना र निर्देशन गरेको गीतमा शब्द तथा संगीत पुष्पन प्रधानको रहेको छ । जोनी योञ्जन तामाङको एरेन्ज रहेको गीतमा मित्र मगर तथा गौरव योनजहाङले वाद्यबाधनमा साथ दिएका छन् ।  उत्तम हुमागाईंले छायांकन गरेको गीतको भिडिओलाई हरि हुमागाईंले सम्पादन गरेका छन् । उक्त गीतमा महिला भर्सनमा मुन प्रसाईंको स्वर रहेको थियो भने पुरुष भर्जनमा पुष्पन प्रधानको स्वर थियो ।

सम्बन्धित समाचारहरु

गायक राजु लामाले गरे सर्वोच्च शिखर सगरमाथा आरोहण

गायक राजु लामाले गरे सर्वोच्च शिखर सगरमाथा आरोहण

काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए । इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए ।

बाफ्टाको क्वालिफाइङ फेस्टिभलमा नेपाली फिल्म 'हल्कारा' छनोट

काठमाडौं । नेपाली फिल्म 'हल्कारा : द पोस्टम्यान' ब्रिटिश एकेडेमी फिल्म अवार्ड(बाफ्टा)को क्वालिफाइङ फेस्टिभलमा छनोट भएको छ । विक्रम सापकोटाको निर्देशनमा बनेको फिल्म बाफ्टाको कर्माथन बे फिल्म फेस्टिभलअन्तर्गत छनोट भएको हो ।

प्रतिक्रिया दिनुहोस