Namaste Icon
Ad

इजरायलमा बन्चरो र छुरा प्रहार गरी तीनजनाको हत्या

इजरायलमा बन्चरो र छुरा प्रहार गरी तीनजनाको हत्या

जेरुसलेम । इजरायलमा बन्चरो र छुरा प्रहार गरी तीनजनाको हत्या भएको छ । उनीहरूको हत्या गरेको आरोपमा दुईजना संदिग्ध प्यालेस्टाइनी खोजी गरिरहेको त्यहाँको प्रहरीले जनाएको छ । अति कट्टर यहुदीहरूको बाक्लो बसोबास रहेको एलाड सहरमा बिहीबार राति यो घटना घटेको हो । यस आक्रमणमा घाइते भएका अरु सातमध्ये दुईजनाको स्थिति चिन्ताजनक रहेको बताइएको छ ।

गत मार्चको उत्तरार्ध यता इजरायलमा प्यालेस्टाइनी वा इजरायली अरबहरूबाट हुँदै आएका भयानक आक्रमणको यो पछिल्लो घटना हो । घटनालगत्तै इजरायली सुरक्षाकर्मीहरूले पश्चिमी क्षेत्रका थुप्रै स्थानमा छापा मारेका छन् । इजरायली प्रहरीले एलाडको आक्रमणमा संलग्न प्यालेस्टाइनीहरू उत्तरी पश्चिम किनारको जेनिन जिल्लाबाट आएको बताएको छ । यसैसाता वार्षिक स्मृति र स्वाधीनता दिवस मनाउन लागेकाले इजरायलले सुरक्षालाई व्यवस्थालाई मध्यनजर गर्दै मंगलबारदेखि नै पश्चिम किनारका प्रवेश द्वारहरु बन्द गरेको थियो ।

स्वाधीनता दिवस मनाउन मानिसहरू परिवार सहित एलाडस्थित एउटा पार्क र मूल सडकमा भेला भइरहेका बेला आक्रमण भएको हो । दुवै व्यक्तिले ‘अल्लाह अकबर’ भनेर चिच्याउँदै आक्रमण गरेका थिए । मारिनेमा एकजना ३५ र दुईजना ४० वर्षीय पुरुष रहेका छन् । उनीहरूको शुक्रबार सामूहिक अन्त्येष्टि गरिएको छ । इजरायली प्रधानमन्त्री नाफ्टाली बेन्नेटले हत्यारालाई पक्रेर कारबाही गरिने बताएका छन् ।

सम्बन्धित समाचारहरु

भारतकाे एक भवनमा आगलागी हुँदा २० जनाको मृत्यु, ४० व्यक्ति घाइते

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । भारतीय राजधानी नयाँ दिल्लीको मुन्डका मेट्रो स्टेसनमा रहेको एक भवनमा शुक्रबार राति आगो लागेको हो ।

यूएईका राष्ट्रपति शेख खालिफाको निधन

यूएईका राष्ट्रपति शेख खालिफाको निधन

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस