# भर्खरै
Namaste Icon
Ad

टेलिकमले ल्यायाे सस्ताे निर्वाचन अफर

टेलिकमले ल्यायाे सस्ताे निर्वाचन अफर

काठमाडाैं । आगामी बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । रु. ९८ मा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो ।

यो अफर आगामी बैशाख २५ देखि जेठ ४ गते सम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । कम्पनीले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउने छ । ३ दिन सम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा रु. ९८ मा उपलब्ध हुनेछ । ३ दिन सम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक पनि रु. ९८ मा उपलब्ध हुनेछ ।

त्यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ ।  बैशाख २५ देखि जेठ ४ गते सम्म आफ्नो मोबाइलबाट *१४१५* ११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले गरेको छ ।

सम्बन्धित समाचारहरु

घट्यो टेलिकमको नाफा

घट्यो टेलिकमको नाफा

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा नाफा घटेको कम्पनीले जानकारी दिएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ थियो । जुन, यो वर्षको सोही अवधिमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँमा आइपुगेको छ । यो, ४४ करोड ९१ लाख २५ हजार रुपैयाँको गिरावट हो ।

स्थानीय निर्वाचन लक्षित एनसेलको बोनस डेटा अफर

स्थानीय निर्वाचन लक्षित एनसेलको बोनस डेटा अफर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा एनसेल एपमार्फत ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबीदेखि ५ सय एमबी डेटा प्राप्त गर्न सक्ने उल्लेख छ । यो अफर वैशाख २३ बाट लागू भइसकेको छ । जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् । एपमार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्नेले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा, १ सय देखि १ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ३ दिन समय सीमा भएको २ सय एमबी डेटा पाउने एनसलेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस