Namaste Icon
Ad

धर्मश्री च्याम्पियन बने उमेश राई

धर्मश्री च्याम्पियन बने उमेश राई

काठमाडौं । झापाका उमेश राई १६ औं धर्मश्री च्याम्पियन बनेका छन् । एनआरके फिटनेशका राईले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । राईले नगद १० लाख, ट्रफी, मेडल, प्रमाण पत्र र अन्य उपहार प्राप्त गरे ।

यस्तै धिमालले उपविजेता भए बापत नगद ५ लाख हात पारे। तृतीय स्थानमा मसल्स एण्ड फिटनेश नयाँ बजारका कृष्णबहादुर सूर्यबंशी रहे । उनले नगद २ लाख प्राप्त गरे । नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा उमेश राई ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधिको ओभर अल राउण्डमा प्रवेश गरेका थिए । यस्तै धिमाल ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउण्डमा प्रवेश गरेका थिए । सूर्यवंशीले ७५ केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए ।

सम्बन्धित समाचारहरु

टेबलटेनिसको गर्ल्स क्याटेडमा नेपालले जित्याे एक रजत र दुई कांस्य

काठमाडौं । नेपालले माल्दिभ्सको मालेमा भइरहेको दक्षिण एसियाली जुनियर एन्ड क्याटेड टेबलटेनिसको गर्ल्स क्याटेडमा मंगलबार रजत पदक जितेको छ । फाइनलमा नेपाली टिम भारतको हातबाट ३–० ले पराजित रह्यो । सोसियल सेन्टर इन्डोर हलमा भएको फाइनलमा नेपालका लागि इभान्स थापामगर, बियन्का राई र शुभश्री श्रेष्ठले चुनौती पेस गरेका थिए ।

एसियन गेम्सका लागि भलिबल खेलाडी छनोट

एसियन गेम्सका लागि भलिबल खेलाडी छनोट

काठमाडाैं । चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एसियाडका लागि भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ । संघका महासचिव जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौं आर.बी.बी.– एन.भी.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग–०७९ बाट उक्त खेलाडी छनोट गरेको हो । 

प्रतिक्रिया दिनुहोस