Namaste Icon
Ad

निमावि तह शिक्षकको नतिजा सार्वजनिक

निमावि तह शिक्षकको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ७६ हजार ८०६ सहभागी परीक्षार्थी मध्ये २० हजार ९८२ जना उत्तीर्ण भएका छन् ।

प्रदेश १ मा १९ हजार २० सहभागी मध्ये ५ हजार १८२ जना, मधेश प्रदेशमा पाँच हजार ८५३ मध्ये १ हजार ११ जना, बागमती प्रदेशमा ११ हजार ५२६ सहभागी मध्ये तीन हजार ५७७ जना उत्तीर्ण भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा १४ हजार २०६ जना मध्ये चार हजार ३४१ जना, लुम्बिनी प्रदेशमा ११ हजार ८४४ मध्ये ३ हजार ३६१ ज्ना, कर्णाली प्रदेशमा चार हजार ६८८ मध्ये १ हजार ६९ जना र सुदुरपश्चिम प्रदेशमा ९ हजार ६६९ मध्ये दुई हजार ४४१ जना उत्तीर्ण भएका छन् ।

आयोगले गत १७ चैतमा २ हजार ५९८ रिक्त पदको लागि सामान्य तर्फको परीक्षा सञ्चालन गरेको थियो । आयोगले नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले ३ जेठसम्म कार्यलय समयभित्र आयोगले तोकेको कागजात सहित आवेदन दिन सकिने जनाएको छ ।

सम्बन्धित समाचारहरु

त्रिभुवन विश्वविद्यालयले आइतबार विदा नदिने

त्रिभुवन विश्वविद्यालयले आइतबार विदा नदिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हप्ताको ६ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु संचालन गर्ने भएको छ । नेपाल सरकारले परीक्षणका रूपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यही सन्दर्भमा विश्वविद्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि साबिकबमोजिम नै आइतबारसमेत विश्वविद्यालयका सेवाहरु संचालनमा रहने जनाएको हो ।

आइतबार विद्यालयमा बिदा नदिन आग्रह

आइतबार विद्यालयमा बिदा नदिन आग्रह

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन) ले विद्यालयमा हप्तामा दुई दिन (आइतबारसमेत) बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ । नेसनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले आज विज्ञप्ति जारी विभिन्न बन्द हडताल र कोभिड–१९ का कारण विगत दुई वर्षयता नियमित पठनपाठन नभई विद्यार्थीको सिकाइमा असर परेका कारण दूरगामी असर पर्ने गरी कुनै निर्णय नगर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस