Namaste Icon
Ad

अल्मुताइरी र खेलाडीबीचको विवाद छानबिन गर्न तीन सदस्यीय कार्यदल गठन

अल्मुताइरी र खेलाडीबीचको विवाद छानबिन गर्न तीन सदस्यीय कार्यदल गठन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादबारे छानबिन गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)को आइतबार तीन सदस्यीय समस्या पहिचान र सिफारिस कार्यदल बनाएको छ । एन्फा मुख्यालयमा बसेको एन्फा कार्यसमितिको आकस्मिक बैठकले नेपालका पूर्वखेलाडी तथा अवकाशप्राप्त मेजर जनरल भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यमा पूर्वखेलाडी विदुर विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा छन् ।

एन्फाले कार्यदललाई सात दिनभित्र सुझाव बुझाउन समयसीमा तोकेको छ । एन्फाले यही वैशाख २१ गते पनि मेजर जनरल राणाको संयोजकत्वमा एकल सदस्यीय छानबिन समिति गठन गरेको समाचार आफ्नो वेबसाइटमा राखेको थियो । तर, लगत्तै एन्फाले उक्त समाचार आफ्नो वेबसाइटबाट हटाएको थियो । खेलाडीहरूले वैशाख १९ गते एन्फालाई पत्र बुझाएर छानबिन गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेका थिए । त्यसअघि, मुख्य प्रशिक्षक अल्मुताइरीले पनि वैशाख १८ गते एन्फा महासचिवलाई पत्र लेख्दै खेलाडीको गल्तीमा माफी दिन आग्रह गरेका थिए ।

राष्ट्रिय फुटबल टोलीका महत्त्वपूर्ण १० खेलाडीले वैशाख १३ गते राति टिम बसेको होटेल छाडेका थिए । त्यसपछि उनीहरूले वैशाख १५ गते पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अल्मुताइरीको ज्यादतीका कारण टिम छाड्नुपरेको बताएका थिए । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले पनि वैशाख २३ गते एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई ज्ञापनपत्र बुझाउँदै विवादको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको थियो । नेपाली राष्ट्रिय फुटबल टोली अहिले एएफसी एसियन कप २०२३ छनोटको तयारीमा छ ।

सम्बन्धित समाचारहरु

टेबलटेनिसको गर्ल्स क्याटेडमा नेपालले जित्याे एक रजत र दुई कांस्य

काठमाडौं । नेपालले माल्दिभ्सको मालेमा भइरहेको दक्षिण एसियाली जुनियर एन्ड क्याटेड टेबलटेनिसको गर्ल्स क्याटेडमा मंगलबार रजत पदक जितेको छ । फाइनलमा नेपाली टिम भारतको हातबाट ३–० ले पराजित रह्यो । सोसियल सेन्टर इन्डोर हलमा भएको फाइनलमा नेपालका लागि इभान्स थापामगर, बियन्का राई र शुभश्री श्रेष्ठले चुनौती पेस गरेका थिए ।

एसियन गेम्सका लागि भलिबल खेलाडी छनोट

एसियन गेम्सका लागि भलिबल खेलाडी छनोट

काठमाडाैं । चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एसियाडका लागि भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ । संघका महासचिव जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौं आर.बी.बी.– एन.भी.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग–०७९ बाट उक्त खेलाडी छनोट गरेको हो । 

प्रतिक्रिया दिनुहोस