Namaste Icon
Ad

आर्थिक संकट चुलिँदै गएपछि श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा

आर्थिक संकट चुलिँदै गएपछि श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा

कोलम्बो । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । श्रीलंकामा आर्थिक संकट चुलिँदै गएपछि राजापाक्षेले राजीनामा दिएका हुन् । प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा माग गर्दै चर्को दाबाब दिँदै आएको थियो ।

बीसीसीका अनुसार प्रधानमन्त्री राजापाक्षेले राष्ट्रपति गोटवायालाई सोमबार राजीनामा बुझाएका छन् । राष्ट्रपति गोटावायाले सोमबारै प्रधानमन्त्रीलाई डाकेर राजीनामा दिन आग्रह गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपतिको आग्रहपछि प्रधानमन्त्रीले राजीनामा दिएको बताइएको छ ।

महिन्दा राजापाक्षेले आफ्नो राजीनामाले आर्थिक संकट समाधान हुन्छ भने राजीनामा दिन तयार रहेको राष्ट्रपति समक्ष बताएका थिए । आर्थिक संकट चुलिएपछि श्रीलंकामा खाद्यान्न, पेट्रोललगायत अति आवश्यक वस्तुको चरम अभाव छ ।

सम्बन्धित समाचारहरु

भारतकाे एक भवनमा आगलागी हुँदा २० जनाको मृत्यु, ४० व्यक्ति घाइते

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । भारतीय राजधानी नयाँ दिल्लीको मुन्डका मेट्रो स्टेसनमा रहेको एक भवनमा शुक्रबार राति आगो लागेको हो ।

यूएईका राष्ट्रपति शेख खालिफाको निधन

यूएईका राष्ट्रपति शेख खालिफाको निधन

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस