Namaste Icon
Ad

भारोत्तोलन खेलाडी सञ्जुको अन्तिम संस्कार बर्दियामा !

भारोत्तोलन खेलाडी सञ्जुको अन्तिम संस्कार बर्दियामा !

काठमाडौं । मंगलबार निधन भएकी भारोत्तोलन खेलाडी सञ्जु चौधरीको शव बर्दिया लगिने भएको छ । राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरेपछि अन्तिम संस्कारका लागि उनको शव गृहजिल्ला बर्दिया लैजान लागिएको हो । उनको परिवारलाई काठमाडौंमै आउन भनिएको तर गृहजिल्लामै अन्तिम संस्कार गर्ने इच्छा व्यक्त गरेका कारण बर्दियादर्फ पठाउन लागिएको नेपाल भारोत्तोलन संघले जनाएको छ ।

मंगलबार राखेपमा चौधरीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न प्रतिनिधिसभाका सदस्य एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाएका थिए ।

यस्तै राखेपका विभागीय प्रमुख, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, कर्मचारी, खेलाडी तथा खेलकर्मीहरुले स्व. चौधरीको सवमा अविर तथा फुलमालाले श्रद्धान्जली ब्यक्त गरेका थिए ।

 

 

 

सम्बन्धित समाचारहरु

टेबलटेनिसको गर्ल्स क्याटेडमा नेपालले जित्याे एक रजत र दुई कांस्य

काठमाडौं । नेपालले माल्दिभ्सको मालेमा भइरहेको दक्षिण एसियाली जुनियर एन्ड क्याटेड टेबलटेनिसको गर्ल्स क्याटेडमा मंगलबार रजत पदक जितेको छ । फाइनलमा नेपाली टिम भारतको हातबाट ३–० ले पराजित रह्यो । सोसियल सेन्टर इन्डोर हलमा भएको फाइनलमा नेपालका लागि इभान्स थापामगर, बियन्का राई र शुभश्री श्रेष्ठले चुनौती पेस गरेका थिए ।

एसियन गेम्सका लागि भलिबल खेलाडी छनोट

एसियन गेम्सका लागि भलिबल खेलाडी छनोट

काठमाडाैं । चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एसियाडका लागि भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ । संघका महासचिव जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौं आर.बी.बी.– एन.भी.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग–०७९ बाट उक्त खेलाडी छनोट गरेको हो । 

प्रतिक्रिया दिनुहोस