Namaste Icon
Ad

स्थानीय निर्वाचन लक्षित एनसेलको बोनस डेटा अफर

स्थानीय निर्वाचन लक्षित एनसेलको बोनस डेटा अफर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा एनसेल एपमार्फत ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबीदेखि ५ सय एमबी डेटा प्राप्त गर्न सक्ने उल्लेख छ । यो अफर वैशाख २३ बाट लागू भइसकेको छ । जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् । एपमार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्नेले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा, १ सय देखि १ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ३ दिन समय सीमा भएको २ सय एमबी डेटा पाउने एनसलेले जनाएको छ ।

त्यसैगरी २ सय रुपैया वा सो भन्दा माथिको रिचार्जमा ५०० एमबी डेटा पाउने जनाइएको छ ।नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।


डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकका लागि कम्बो प्याक रहेको छ । जसमा ५जीबी डेटा भोल्युम र १०० मिनेट अलनेट टक टाइम पाइन्छ । यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।

 

सम्बन्धित समाचारहरु

घट्यो टेलिकमको नाफा

घट्यो टेलिकमको नाफा

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा नाफा घटेको कम्पनीले जानकारी दिएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ थियो । जुन, यो वर्षको सोही अवधिमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँमा आइपुगेको छ । यो, ४४ करोड ९१ लाख २५ हजार रुपैयाँको गिरावट हो ।

टेलिकमले ल्यायाे सस्ताे निर्वाचन अफर

टेलिकमले ल्यायाे सस्ताे निर्वाचन अफर

काठमाडाैं । आगामी बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । रु. ९८ मा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो ।

प्रतिक्रिया दिनुहोस