Namaste Icon
Ad

एसियन गेम्सका लागि भलिबल खेलाडी छनोट

एसियन गेम्सका लागि भलिबल खेलाडी छनोट
फाइल तस्विर

काठमाडाैं । चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एसियाडका लागि भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ । संघका महासचिव जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौं आर.बी.बी.– एन.भी.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग–०७९ बाट उक्त खेलाडी छनोट गरेको हो । 

यसअघि गरेको उच्च प्रदर्शनलाई आधार मान्दै एशियन गेम्सका लागि महिला भलिबललाई पनि एसियन गेम्समा समाविष्ट गर्ने निर्णय भएको छ । पहिला चरणमा छनोट हुन सफल खेलाडीहरूमा प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, संगम महतो, कविता भट्ट, मनिषा चौधरी, सलिना श्रेष्ठ, अरुणा शाही, जानकी भण्डारी, प्रगति नाथ, सरस्वती जैशी, कामना विष्ट, लक्ष्मी चन्द, पुनम चन्द, शान्तिकला तामाङ्ग, निशा चौधरी, पुजा थारु, कृपा अधिकारी, आरती सुवेदी, भावना डाँगी, सृष्टि खड्गी, कमला पुन, सरस्वती कट्टेल, रिमा कुँवर, बालमिका आचार्य, भुवनेश्वरी चन्द, एन्जिला प्रधान, सलिना बुढामगर, रेस्मा भण्डारी, हिरा के.सी., उषा विष्ट, मनिष खाण रहेका छन् ।

महासचिव चन्दको संयोजकत्वमा हिमाल दाहाल (उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग), प्रज्वल बहादुर सिंह (मुख्य प्रशिक्षक), जगदिश भट्ट (प्रशिक्षक) र भरत यादव (प्रशिक्षक) सहितको छनोट समितिले पहिलो चरणका लागि खेलाडी छनोट गरेको हो ।

नेपाली टिम
प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, संगम महतो, कविता भट्ट, मनिषा चौधरी, सलिना श्रेष्ठ, अरुणा शाही, जानकी भण्डारी, प्रगति नाथ, सरस्वती जैशी, कामना विष्ट, लक्ष्मी चन्द, पुनम चन्द, शान्तिकला तामाङ्ग, निशा चौधरी, पुजा थारु, कृपा अधिकारी, आरती सुवेदी, भावना डाँगी, सृष्टि खड्गी, कमला पुन, सरस्वती कट्टेल, रिमा कुँवर, बालमिका आचार्य, भुवनेश्वरी चन्द, एन्जिला प्रधान, सलिना बुढामगर, रेस्मा भण्डारी, हिरा के.सी., उषा विष्ट, मनिषा खाण

सम्बन्धित समाचारहरु

टेबलटेनिसको गर्ल्स क्याटेडमा नेपालले जित्याे एक रजत र दुई कांस्य

काठमाडौं । नेपालले माल्दिभ्सको मालेमा भइरहेको दक्षिण एसियाली जुनियर एन्ड क्याटेड टेबलटेनिसको गर्ल्स क्याटेडमा मंगलबार रजत पदक जितेको छ । फाइनलमा नेपाली टिम भारतको हातबाट ३–० ले पराजित रह्यो । सोसियल सेन्टर इन्डोर हलमा भएको फाइनलमा नेपालका लागि इभान्स थापामगर, बियन्का राई र शुभश्री श्रेष्ठले चुनौती पेस गरेका थिए ।

भारोत्तोलन खेलाडी सञ्जुको अन्तिम संस्कार बर्दियामा !

काठमाडौं । मंगलबार निधन भएकी भारोत्तोलन खेलाडी सञ्जु चौधरीको शव बर्दिया लगिने भएको छ । राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरेपछि अन्तिम संस्कारका लागि उनको शव गृहजिल्ला बर्दिया लैजान लागिएको हो । उनको परिवारलाई काठमाडौंमै आउन भनिएको तर गृहजिल्लामै अन्तिम संस्कार गर्ने इच्छा व्यक्त गरेका कारण बर्दियादर्फ पठाउन लागिएको नेपाल भारोत्तोलन संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस