Namaste Icon
Ad

घट्यो टेलिकमको नाफा

घट्यो टेलिकमको नाफा

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा नाफा घटेको कम्पनीले जानकारी दिएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ थियो । जुन, यो वर्षको सोही अवधिमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँमा आइपुगेको छ । यो, ४४ करोड ९१ लाख २५ हजार रुपैयाँको गिरावट हो ।

कोभिड महामारीको तेस्रो लहर र ओभर द टप (ओटीटी)को बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तर आबद्धता सेवाको प्रयोगमा कमी आउँदा गत नाफा घटेको कम्पनीले बताएको छ । गत वर्ष २०७८ को माघ महिनामा चलेको कोभिड–१९ को महामारीको तेस्रो लहरले नाफा ह्वात्तै घटेको जनाइएको छ ।

यसैगरी, अन्तरआवद्वता शुल्क सम्बन्धी निर्देशिका अनुसार घरेलु अन्तरआवद्वता शूल्क ट्यारिफ घट्दाको प्रभाव समेत नाफामा देखिएको छ । सेवा व्यापकरुपमा विस्तार गरेकाले मर्मत सम्भार खर्चमा वृद्धि हुँदा समेत खुद मुनाफामा कमी आएको बताइएको छ । यस्तै, महामारीमा मोबाइल डाटाको खपत बढेपनि जीएसएमतर्फको सेवा शूल्क घटाउँदाको प्रभाव समेत तेस्रो त्रैमासको नाफामा देखिएको छ । यद्यपी, यस अवधिमा कम्पनीको कूल सञ्चालन आए २.८ प्रतिशतले बढ्दै २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपैयाँ पुगेको छ । यस्तै, कूल आय २.७२ प्रतिशतले बढेर ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचारहरु

स्थानीय निर्वाचन लक्षित एनसेलको बोनस डेटा अफर

स्थानीय निर्वाचन लक्षित एनसेलको बोनस डेटा अफर

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा एनसेल एपमार्फत ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबीदेखि ५ सय एमबी डेटा प्राप्त गर्न सक्ने उल्लेख छ । यो अफर वैशाख २३ बाट लागू भइसकेको छ । जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् । एपमार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्नेले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा, १ सय देखि १ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ३ दिन समय सीमा भएको २ सय एमबी डेटा पाउने एनसलेले जनाएको छ ।

टेलिकमले ल्यायाे सस्ताे निर्वाचन अफर

टेलिकमले ल्यायाे सस्ताे निर्वाचन अफर

काठमाडाैं । आगामी बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । रु. ९८ मा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो ।

प्रतिक्रिया दिनुहोस