# भर्खरै
Namaste Icon
Ad

होण्डाकाे ग्राहकमुखी उपहार योजना 'होण्डा छ साथ साथ’

होण्डाकाे ग्राहकमुखी उपहार योजना 'होण्डा छ साथ साथ’

काठमाडौं । नेपालको लागि होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । नेपालभर सातै प्रदेशका ग्राहकहरूले सहभागिता जनाउन सक्ने यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन मार्फत रु. १ लाख सम्मको क्यासब्याक प्राप्त गर्न सकिन्छ भने योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरू मध्ये प्रत्येक प्रदेशबाट एक एक जना गरि सातै प्रदेशबाट सातजना ग्राहकहरूले लक्की ड्र मार्फत आकर्षक सामसुङ ए फिफ्टी मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सक्नुहुनेछ ।


साथै बम्पर लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले नगद रु. ७ लाख नगद उपहार पाउनुहुनेछ । स्याकार इन्भेष्टमेन्टमार्फत हुने १% इएमआइ पेमेन्ट स्किम बाहेकको अन्य नगद तथा फाइनान्स खरिद दुबैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ । योजना २०७९ वैशाख २५ गते देखि जेठ १७ गतेसम्म नेपालभर लागू भएको छ ।

सम्बन्धित समाचारहरु

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य (सुचिसहित)

काठमाडौं । भारतबाट नेपाल आयल निगमले खरिद गर्ने पेट्रोलियम पदार्थको मुल्य फेरि बढेर आएको छ। निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको हो। यसअघि नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.३६ रुपैयाँमा थियो। भारतीय निगमले पठाएको मूल्यसूचीअनुसार नयाँ खरिद लागत पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको बताए ।

प्रधानमन्त्री देउवाद्वारा  गौतमबुद्ध विमानस्थलको उद्घाटन

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गरेका छन् भने कुवेतको जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान पहिलोपटक विमानस्थलमा अवतरण भएको छ ।

प्रतिक्रिया दिनुहोस