Namaste Icon
Ad

रिपोर्टिङ गरिरहेकै समयमा इजरायली सेनाको आक्रमणबाट पत्रकारको मृत्यु

रिपोर्टिङ गरिरहेकै समयमा इजरायली सेनाको आक्रमणबाट पत्रकारको मृत्यु

काठमाडौं । अलजजिराकी वरिष्ठ पत्रकार शिरिन अबु अकलेहलाई इजरायली फौजको कब्जामा रहेको वेस्ट बैंकमा गोली हानी हत्या गरिएको छ । अलजजिराका अनुसार ५१ वर्षीया पत्रकार अकलेह त्यहाँ रहेको जेनिन शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणबारे समाचार संकलनको क्रममा थिइन् ।

'प्रेस भेस्ट' लगाएर रिपोर्टिङ गरररहेको अवस्थामा उनीमाथि इजरायली सेनाले गोली हानेको अलजजिराले जनाएको छ । यस क्रममा अर्का एक प्यालेस्टाइनी पत्रकार अली अल समौदी घाइते भएका छन् ।

यस घटनाप्रति आपत्ति जनाउँदै अजजिराले एक विज्ञप्ति जारी गरेको छ । साथै पत्रकार शिरिनको हत्या गरिएको भन्दै अलजजिराले इजरायली सेनालाई जिम्मेवार बनाउन बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

 

सम्बन्धित समाचारहरु

भारतकाे एक भवनमा आगलागी हुँदा २० जनाको मृत्यु, ४० व्यक्ति घाइते

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित एक भवनमा भएको आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । भारतीय राजधानी नयाँ दिल्लीको मुन्डका मेट्रो स्टेसनमा रहेको एक भवनमा शुक्रबार राति आगो लागेको हो ।

यूएईका राष्ट्रपति शेख खालिफाको निधन

यूएईका राष्ट्रपति शेख खालिफाको निधन

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षिय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस