जेठमा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिने भद्र सहमति गरेका छन् । बैंकर्स संघको मंगलबार बसेको बैठकले चैत र वैशाखका लागि तोकिएको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही दिनअघि जेठमा ब्याजदर बढ्न सक्ने बताएका थिए । गभर्नर अधिकारीले सार्वजनिक मञ्चबाटै ब्याजदर बढ्न सक्ने बताए पनि बैंकर्स संघले भने स्थिर राख्ने निर्णय गरेको हो । बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
काठमाडौं । भारतबाट नेपाल आयल निगमले खरिद गर्ने पेट्रोलियम पदार्थको मुल्य फेरि बढेर आएको छ। निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको हो। यसअघि नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.३६ रुपैयाँमा थियो। भारतीय निगमले पठाएको मूल्यसूचीअनुसार नयाँ खरिद लागत पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको बताए ।
रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गरेका छन् भने कुवेतको जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान पहिलोपटक विमानस्थलमा अवतरण भएको छ ।