जेठ ७ मा सार्वजनिक गरिदैं सरकारको नीति तथा कार्यक्रम

काठमाडौं । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आउँदो जेठ ७ गते संसदमा प्रस्तुत गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गतेका लागि संसद् अधिवेशन आह्वान गरेकी छन् । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसद्मा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए ।
हरेक वर्षको जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम सार्वजनिक गरिन्छ । सरकारको नीति तथा कार्यक्रममाथि जेठ ८ देखि ११ गतेसम्म छलफल हुने उनले बताए । बजेट अधिवेशनका लागि संसद् सचिवालयले सुरक्षा, स्वास्थ्य सुरक्षाका मापदण्डलगायत भौतिक तयारी पूरा गरेको उनले जानकारी दिए ।
जेठ ३ गते प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम छ । जेठ ४ र ५ गते संसद्मा प्रि–बजेटमाथि छलफल हुने प्रवक्ता डा. पाण्डेले बताए ।
अर्थमन्त्री शर्माले जेठ १२ वा १३ गते संसद्मा आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव पेस गर्ने र संवैधानिक प्रावधानानुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको उनले उल्लेख गरे । जेठ १५ गतेपछि जेठ महिनाभर संसदमा आर्थिक विधेयक तथा अरू कार्यक्रमहरू निरन्तर रूपमा चल्ने उनले बताए ।
काठमाडौं । भारतबाट नेपाल आयल निगमले खरिद गर्ने पेट्रोलियम पदार्थको मुल्य फेरि बढेर आएको छ। निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको हो। यसअघि नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.३६ रुपैयाँमा थियो। भारतीय निगमले पठाएको मूल्यसूचीअनुसार नयाँ खरिद लागत पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको बताए ।
रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गरेका छन् भने कुवेतको जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान पहिलोपटक विमानस्थलमा अवतरण भएको छ ।