Namaste Icon
Ad

टेबलटेनिसको गर्ल्स क्याटेडमा नेपालले जित्याे एक रजत र दुई कांस्य

टेबलटेनिसको गर्ल्स क्याटेडमा नेपालले जित्याे एक रजत र दुई कांस्य

काठमाडौं । नेपालले माल्दिभ्सको मालेमा भइरहेको दक्षिण एसियाली जुनियर एन्ड क्याटेड टेबलटेनिसको गर्ल्स क्याटेडमा मंगलबार रजत पदक जितेको छ । फाइनलमा नेपाली टिम भारतको हातबाट ३–० ले पराजित रह्यो । सोसियल सेन्टर इन्डोर हलमा भएको फाइनलमा नेपालका लागि इभान्स थापामगर, बियन्का राई र शुभश्री श्रेष्ठले चुनौती पेस गरेका थिए ।

सेमिफाइनलमा नेपालले श्रीलंकालाई हराएको थियो । पहिलो चरणमा भने नेपालले बंगलादेशलाई रोकेको थियो । नेपालले ब्वाइजको जुनियर टिम र डबल्समा कांस्य पदक जितेको छ । मालेमा रहेका अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यका अनुसार राउन्ड रोबिनको आधारमा भएको टिम स्पर्धामा नेपाल तेस्रो स्थानमा रह्यो ।

नेपालका लागि संयोग कपाली, प्रिन्स थापा, उज्ज्वल मानन्धर र रुबिन महर्जनले खेलेका थिए । ब्वाइज जुनियर डबल्सको सेमिफाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भयो । त्यसमा नेपालका लागि उज्ज्वल र प्रिन्सले खेलेका थिए ।

 

सम्बन्धित समाचारहरु

एसियन गेम्सका लागि भलिबल खेलाडी छनोट

एसियन गेम्सका लागि भलिबल खेलाडी छनोट

काठमाडाैं । चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एसियाडका लागि भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ । संघका महासचिव जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौं आर.बी.बी.– एन.भी.ए. राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग–०७९ बाट उक्त खेलाडी छनोट गरेको हो । 

भारोत्तोलन खेलाडी सञ्जुको अन्तिम संस्कार बर्दियामा !

काठमाडौं । मंगलबार निधन भएकी भारोत्तोलन खेलाडी सञ्जु चौधरीको शव बर्दिया लगिने भएको छ । राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरेपछि अन्तिम संस्कारका लागि उनको शव गृहजिल्ला बर्दिया लैजान लागिएको हो । उनको परिवारलाई काठमाडौंमै आउन भनिएको तर गृहजिल्लामै अन्तिम संस्कार गर्ने इच्छा व्यक्त गरेका कारण बर्दियादर्फ पठाउन लागिएको नेपाल भारोत्तोलन संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस