Namaste Icon
Ad

बाफ्टाको क्वालिफाइङ फेस्टिभलमा नेपाली फिल्म 'हल्कारा' छनोट

बाफ्टाको क्वालिफाइङ फेस्टिभलमा नेपाली फिल्म 'हल्कारा' छनोट

काठमाडौं । नेपाली फिल्म 'हल्कारा : द पोस्टम्यान' ब्रिटिश एकेडेमी फिल्म अवार्ड(बाफ्टा)को क्वालिफाइङ फेस्टिभलमा छनोट भएको छ । विक्रम सापकोटाको निर्देशनमा बनेको फिल्म बाफ्टाको कर्माथन बे फिल्म फेस्टिभलअन्तर्गत छनोट भएको हो ।

महेश त्रिपाठी र विनिता थापा मगरको मुख्य भूमिका रहेको फिल्ममा हुलाकीको कथा रहेको छ । यसअघि पनि विभिन्न अन्तरराष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको फिल्म मे १८ मा बेलायतमा प्रदर्शन हुनेछ । छिट्टै नेपालका हलमा पनि प्रदर्शन गर्ने तयारीमा निर्माण टोली रहेको छ ।

फिल्मका अभिनेता त्रिपाठीले ह्युस्टन फिल्म फेस्टिभलमा हलकाराका लागि उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । त्यस्तै चिन्तन राजभण्डारीले उत्कृष्ट छायांकारको रूपमा अवार्ड हात पारेका थिए । कालिपार स्टुडियो र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको फिल्मलाई आकाश बराल, विप्लव प्रतीक र निर्देशक सापकोटाले संयुक्त रूपमा लेखेका हुन् ।

 

सम्बन्धित समाचारहरु

गायक राजु लामाले गरे सर्वोच्च शिखर सगरमाथा आरोहण

गायक राजु लामाले गरे सर्वोच्च शिखर सगरमाथा आरोहण

काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए । इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए ।

‘नाइँ नभन्नु ल ६’ मा आँचल र आशीर्वाद

‘नाइँ नभन्नु ल ६’ मा आँचल र आशीर्वाद

काठमाडौं । विकासराज आचार्यले निर्देशन गर्ने चलचित्र ‘नाइँ नभन्नु ल ६’ मा अभिनेताको रुपमा आशीर्वाद क्षत्री भित्रिएका छन् । आचार्यले चलचित्रको प्रमुख भूमिकामा आशीर्वादलाई लिएको जनाए । आशीर्वादले चलचित्रमा अभिनेत्री आँचल शर्मासँग रोमान्स गर्ने छन् । यसै चलचित्रबाट अभिनयमा पाइला हालेका उनले आफूले सकेसम्म राम्रो काम गर्ने बताए । लामो समयदेखि चलचित्रको तयारी गरिरहेको र आशीर्वाद कथामा फिट भएकाले अनुबन्ध गरिएको निर्देशक आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस