Namaste Icon
Ad

प्रावि तह शिक्षकको नतिजा सार्वजनिक

प्रावि तह शिक्षकको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गरेको प्राथमिक तह (तृतीय श्रेणी) शिक्षक पदको सामान्य तर्फको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले चैत १९ गते १३ हजार २ सय ९७ रिक्त पदका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा एक लाख दुई हजार ६ सय ५८ सहभागी मध्ये १८ प्रतिशत अर्थात् १९ हजार तीन सय ८५ जना मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश एकमा २१ हजार चार सय ६६ जना सहभागीमध्ये १९ प्रतिशत अर्थात् चार हजार दुई सय ४७ जना, मधेस प्रदेशमा १० हजार एक सय नौ जना सहभागी मध्ये सबैभन्दा कम नौ प्रतिशत अर्थात् नौ सय ५२ जना, बागमती प्रदेशमा १७ हजार दुई सय २३ जनामध्ये २१ प्रतिशत अर्थात् तीन हजार सात सय ८९ जना उत्तीर्ण भएका छन् ।

यस्तै गण्डकी प्रदेश १५ हजार सात सय ९७ सहभागीमध्ये सबैभन्दा धेरै २२ प्रतिशत अर्थात् तीन हजार ६ सय ६ जना, लुम्बिनी प्रदेशमा १६ हजार नौ सय ९६ जना मध्ये २० प्रतिशत अर्थात् तीन हजार चार सय ६८ जना, कर्णाली प्रदेशमा आठ हजार दुई सय २१ जनामध्ये १४ प्रतिशत अर्थात् एक हजार एक सय ९१ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार आठ सय ४६ जनामध्ये १६ प्रतिशत अर्थात् दुई हजार एक सय ३२ जना उत्तीर्ण भएका छन् ।

नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीले अगामी जेठ ६ गतेसम्म दुई सय ५० रुपैयाँ शुल्क तिरेर आवेदन दिन सक्ने आयोगले जनाएको छ । आयोगका अनुसार प्राथमिक तह (तृतीय श्रेणी) को विषयगत परीक्षा असार १३ गते सञ्चालन हुनेछ । परीक्षा बिहान आठ बजेदेखि सञ्चालन हुनेछ ।

जसमा प्रदेश एकको मोरङमा, मधेस प्रदेशको धनुषामा, बागमती प्रदेशको मकवानपुरमा, गण्डकी प्रदेशको कास्कीमा, लुम्बिनी प्रदेशको रुपन्देहीमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको कैलालीमा परीक्षा सञ्चालन हुने जनाइएको छ ।

 

सम्बन्धित समाचारहरु

त्रिभुवन विश्वविद्यालयले आइतबार विदा नदिने

त्रिभुवन विश्वविद्यालयले आइतबार विदा नदिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हप्ताको ६ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु संचालन गर्ने भएको छ । नेपाल सरकारले परीक्षणका रूपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यही सन्दर्भमा विश्वविद्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि साबिकबमोजिम नै आइतबारसमेत विश्वविद्यालयका सेवाहरु संचालनमा रहने जनाएको हो ।

आइतबार विद्यालयमा बिदा नदिन आग्रह

आइतबार विद्यालयमा बिदा नदिन आग्रह

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन) ले विद्यालयमा हप्तामा दुई दिन (आइतबारसमेत) बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ । नेसनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले आज विज्ञप्ति जारी विभिन्न बन्द हडताल र कोभिड–१९ का कारण विगत दुई वर्षयता नियमित पठनपाठन नभई विद्यार्थीको सिकाइमा असर परेका कारण दूरगामी असर पर्ने गरी कुनै निर्णय नगर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस