साना किसानको कृषि व्यवसायमा वित्तीय सहयोग प्रदान गर्न मेगा बैक र आइडीई नेपालबीच सम्झौता

काठमाडौं । मेगा बैंकले साना किसानको कृषि व्यवसाय प्रवद्र्धन गर्न डिजिटल बैंकिङ मार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइडीई नेपालको नेपाल प्रमुख कोरी ओ हाराले हस्ताक्षर गरेका हुन ।
आइडीई नेपालसँगको सम्झौतापछि बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवं साना तथा मझौला कृषकलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्न आईडीई नेपालको सिफारिसमा साना तथा मझौला कर्जा दिने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रहि सहुलियतपूर्ण कर्जा प्रदान गरिने बताइएको छ ।
बैंकका कामु प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्नुका साथै सहुलियतपूर्ण कर्जा सेवा बैंकको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लाहरु कञ्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ र कपिलवस्तु जिल्लामा रहेका बैंकका शाखामार्फत छिटो छरितो ढंगले सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन ।
आइडीई नेपालका प्रमुख हारा तथा ईनोभेटिभ सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिता नेमाफुकीले बैंकले साना किसान, महिला, विपन्न वर्गलाई प्राथमिकता दिई साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकताका साथ वितरण गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताए । आइडीई नेपालसँगको सम्झौता अन्तर्गत बैंकले प्रवद्र्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण मेगा किसान कार्ड मार्फत २५ सय जना कृषकहरुलाई किसान कार्ड वितरण गर्ने लक्ष्य रहेको पनि उल्लेख छ ।
काठमाडौं । भारतबाट नेपाल आयल निगमले खरिद गर्ने पेट्रोलियम पदार्थको मुल्य फेरि बढेर आएको छ। निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको हो। यसअघि नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.३६ रुपैयाँमा थियो। भारतीय निगमले पठाएको मूल्यसूचीअनुसार नयाँ खरिद लागत पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको बताए ।
रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गरेका छन् भने कुवेतको जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान पहिलोपटक विमानस्थलमा अवतरण भएको छ ।